logo

रुँगटाको चुनावी सम्पर्क कार्यालय सञ्चालनमा, नेपाली कांग्रेस संस्थागत रुपमा बढ्दै

 इसीमाना सम्वाददाता     २०८२ माघ १० गते ०६: ४४ मा प्रकाशित     79   पटक पढिएको

वीरगञ्ज ।  पर्सा जिल्लाको निर्वाचन क्षेत्र नम्बर–१ मा नेपाली काँग्रेसका प्रतिनिधिसभा उम्मेदवार अनिल रुँगटाले तेजराथ टोलामा आफ्नो निर्वाचन सम्पर्क कार्यालय औपचारिक रूपमा सञ्चालनमा ल्याएका छन्।

 

कार्यालय  उद्घाटन समारोहमा कांग्रेसका पुराना तथा नयाँ नेताहरू एकै मञ्चमा देखिएपछि पार्टीभित्र उत्साह र एकताको सन्देश गएको बताइएको छ।

 

 

कार्यक्रममा सहभागी नेताहरूले संगठन मजबुत बनाउँदै मतदातासँग प्रत्यक्ष सम्पर्क विस्तार गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।

 

उद्घाटन कार्यक्रममा नेपाली काँग्रेस पर्साका कार्यवाहक सभापति रामनारायण कुर्मी, पूर्व सभापति अजय द्विवेदी, सचिव इम्तियाज आलम, पूर्व नगर सभापति विजय सर्राफ, अरबिन्द गुप्ता, भोला कलवारलगायत क्षेत्रीय, नगर तथा जिल्ला तहका नेता–कार्यकर्ताहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।

 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

हैदराबाद–बेंगलुरु जाँदै गरेको बसमा आगलागी, कम्तीमा २१ जनाको मृत्यु

वीरगंज ।  हैदराबादबाट बेंगलुरु जाँदै गरेको एक एयर–कन्डिसन्ड स्लीपर बसमा शुक्रबार बिहान आगलागी हुँदा २१ जनाको जलेर मृत्यु भएको र केही अन्य यात्रु घाइते भएका छन्। दुर्घटना कुर्नुल जिल्लाको चिन्नेतेकुरु गाउँ नजिकै राष्ट्रिय राजमार्ग ४४ मा बिहान करिब २ः ४५ बजे भएको हो।

तामिलनाडु भागदौडमा ३९ जनाको ज्यान गयो,प्रति परिवारलाई ३२ लाख राहत दिइने

नयाँ दिल्ली। शनिबार तमिलनाडुको करूरमा अभिनेता–नेता विजयको र्‍यालीमा भादौड मच्चिदा ३९ जनाको ज्यान गएको  छ ।  १ सय  भन्दा बढी घाइते भएका छन, जसको  उपचार बिभिन्न अस्पतालमा भइरहेको छ।

समाज

रौतहटमा दुई मोटरसाइकल ठोक्किँदा दुई जनाको मृत्यु

रौतहट । रौतहटको राजदेवी नगरपालिका–१ स्थित पथरा स्कुल नजिक गौर–पिपरा भित्री सडक खण्डमा दुई मोटरसाइकल आपसमा ठक्कर खाँदा दुई जनाको मृत्यु भएको छ।

निर्वाचन सुरक्षाका लागि पर्सामा इजाजत प्राप्त हातहतियार बुझाउन प्रशासनको आग्रह

वीरगञ्ज । जिल्ला प्रशासन कार्यालय पर्साले आउँदो फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनलाई ध्यानमा राख्दै इजाजत प्राप्त हातहतियार समयमै बुझाउन सर्वसाधारणलाई आग्रह गरेको छ।

खेलकुद

एनपीएल सिजन–२ ,काठमाडौँ गोर्खाजको विजयी सुरुआत

काठमाडौं । दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट मा काठमाडौँ गोर्खाजले विजयी सुरुआत गरेको छ। जनकपुर बोल्ट्सले दिएको १३१ रनको लक्ष्य काठमाडौँले १८ ओभरमै ५ विकेट गुमाउँदै पूरा गर्‍यो।

ठोरी गोल्डकप–२०८२ ट्राइबेकरमा आयोजक प्रतिभा युवा क्लबको विजयी ,‘चौधरी म्यान अफ द म्याच’ र ‘बेस्ट किपर’ घोषित

ठोरी । स्व. रामबहादुर श्रेष्ठको स्मृतिमा आयोजित चौथो ठोरी गोल्डकप–२०८२ को उपाधि आयोजक प्रतिभा युवा क्लब, बिजयबस्तीले हात पारेको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.