logo

नेकपा पर्सा–१ र २ मा क्षेत्रीय कार्यकर्ता भेला सम्पन्न, जेनजीका माँग पुरा गर्ने प्रतिवद्धता ब्यक्त

 इसीमाना सम्वाददाता     २०८२ माघ १० गते ०९: १० मा प्रकाशित     231   पटक पढिएको

वीरगंज । नेपाली कम्युनिष्ट पार्टी (नेकपा)ले पर्सा निर्वाचन क्षेत्र नं. १ र २ मा शनिबार भव्य क्षेत्रीय चुनावी कार्यकर्ता भेला सम्पन्न गरेको छ।

 

यी भेलाले आगामी प्रतिनिधि सभा निर्वाचनका लागि स्थानीय संगठन मजबुत बनाउने र पार्टीको मताधार विस्तार गर्ने उद्देश्य राखेको थियो।

 

पर्सा–२ मा सम्पन्न भेलामा प्रतिनिधि सभा सदस्यका उम्मेदवार मनोज चौधरीले नेकपा मात्र जेन–जी आन्दोलनका मागहरू पूरा गर्न सक्षम भएको दाबी गरे। उनले हालका निवर्तमान सांसद–मन्त्रीहरूको कार्यशैलीले देशमा ठूलो क्षति पुर्‍याएको बताए।

 

 चौधरीले कार्यकर्तालाई पार्टीको तारा छाप चिन्हमा मतदान गरी विजयी गराउन आह्वान गरे। कार्यक्रममा पार्टीका केन्द्रीय सदस्य नागेन्द्र चौधरी ,रामचन्द्र साह, रामश्रय राम, विपिन यादव, बिरेन्द्र यादव, फिरोज बादसाह, सावित्री पोखरेल लगायतको उपस्थिति उल्लेखनीय थियो।

 

त्यसैगरी, पर्सा–१ मा सम्पन्न भेलामा उम्मेदवार सीए अजय चौरसियाले शोषित र पीडित वर्गको हकअधिकारको पक्षमा निरन्तर संघर्ष गर्दै आएको बताए।

 

 

उनले निर्वाचनको समयमा प्रलोभनमा नपरी सही र योग्य उम्मेदवारको चयन आवश्यक रहेको औंल्याए। चौरसियाले आफू निर्वाचित भएपछि जनताको समस्या समाधान र नीति–नियम सुधारमा सक्रिय भूमिका खेल्ने प्रतिबद्धता व्यक्त गरे।

 

 

भेलामा पार्टीका बाबुराम कौशिक, बालगोपाल थापा, रामबाबु बैठक, मुस्कान खातुन, रामदरश कुश्वाहा लगायतका नेताहरू उपस्थित थिए।



भेलाले नेता कौशीकको नेतृत्वमा ५५१ सदस्यीय निर्वाचन परिचालन समिति गठन गरेको छ । 

 

दुबै क्षेत्रीय भेलाले नेकपा स्थानीय संगठन सुदृढ गर्ने, युवा नेतृत्व अघि सार्ने र आगामी निर्वाचनमा जनताको विश्वास जित्ने रणनीति स्पष्ट गरेको छ।

 

कार्यकर्ताहरूले उत्साहका साथ पार्टीका उम्मेदवारलाई समर्थन गर्ने र अभियानमा सक्रिय भूमिका खेल्ने प्रतिबद्धता व्यक्त गरेका छन्।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

पत्रकार धम्काउने जर्मनी दूतावासका प्रथम सचिवलाई कारबाही गर्न पत्रकार महासंघ युरोपको माग

वीरगंज । जर्मनीको बर्लिनस्थित नेपाली राजदूतावासका प्रथम सचिव रन्जन यादवले पत्रकार दीपेन्द्र गजुरेललाई धम्की दिएको आरोप लगाउँदै उक्त घटनाको निष्पक्ष छानबिन गरी कारबाही गर्न माग गरिएको छ।

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समाज

यस वर्षको सुबोध स्मृति पत्रकारिता  पुरस्कारबाट पत्रकार गौतम पुरस्कृत हुने

वीरगञ्ज । प्रतीक दैनिकले प्रदान गर्दै आएको सुबोध स्मृति पत्रकारिता पुरस्कार यस वर्ष वीरगञ्जका पत्रकार महेशचन्द्र गौतमलाई प्रदान गर्ने निर्णय गरेको छ ।

५८ जनाले गरे रक्तदान, राउन्ड टेबल नेपाल वीरगञ्ज र रोट्र्याक्ट क्लबलाई , रेडक्रस पर्साले दियो धन्यवाद

वीरगञ्ज । वीरगञ्जमा राउन्ड टेबल नेपाल वीरगञ्ज र रोट्र्याक्ट क्लब अफ वीरगञ्ज मेट्रोपोलिसको संयुक्त आयोजनामा वीरगंजमा ५८ जनाले रक्तदान गरेका छन्।

खेलकुद

नारायणी रंगशालाको स्तरउन्नतीकालागि १५ करोड बिनियोजन

वीरगंज । नेपालकै महत्वपूर्ण रंगशलाको रुपमा रहेको वीरगंजको नारायणी रंगशालाको र त्याहा रहेको बहुउद्धेश्यीय कर्भडहलको स्तरउन्नतीकोलागि १२ करोड ५० लाख रुपैयाँ बजेट विनियोजन भएको छ ।

मधेस प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता शुरु ,पूर्वमन्त्री जयसवालले गरे उद्धघाटन

सिमरा । मधेस प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता मंगलबारदेखि सिमरामा सुरु भएको छ । राष्ट्रिय स्तरको राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा सहभागी हुने खेलाडी छनोट गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको हो ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.