वीरगन्ज । नेपाली कांग्रेसबाट पर्सा क्षेत्र नम्बर–१ मा प्रतिनिधि सभा सदस्यका उम्मेदवार अनिल रुंग्टाले निर्वाचन अभियान औपचारिक रूपमा अघि बढाएका छन्।
चुनावी अभियानको सुरुआतका क्रममा उनले वीरगन्जस्थित गहवामाइँ मन्दिरमा पुगेर धार्मिक अनुष्ठान गरेका थिए। त्यसपछि मतदातासँग प्रत्यक्ष संवाद गर्ने उद्देश्यसहित उनी चुनावी मैदानमा सक्रिय भएका छन्।
रुंग्टाले प्रचारप्रसार, कार्यकर्तासँग समन्वय, मतदातासँग भेटघाट तथा घरदैलो कार्यक्रमलाई तीव्र बनाइसकेको उनको सचिवालयले जनाएको छ।
आगामी दिनहरूमा निर्वाचन क्षेत्रभरि विभिन्न कार्यक्रममार्फत जनतामाझ पुग्ने तयारी गरिएको बताइएको छ।
कांग्रेसको उम्मेदवारका रूपमा मैदानमा उत्रिएका रुंग्टाले जनताको विश्वास र समर्थन हासिल गर्ने लक्ष्यसहित चुनावी गतिविधि अघि बढाइरहेको सचिवालयको भनाइ छ।
तपाईको प्रतिक्रिया