logo

प्रेस चौतारी नेपाल पर्साको बैठक सम्पन्न, निर्वाचन केन्द्रित गतिविधिमा थप सक्रिय बनाउने निष्कर्ष

 इसीमाना सम्वाददाता     २०८२ माघ १५ गते ०६: ४० मा प्रकाशित     384   पटक पढिएको

वीरगन्ज । प्रेस चौतारी नेपाल पर्साको बैठक बिहिवार सम्पन्न भएको छ। बैठकले आसन्न प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गर्दै नेकपा एमालेका तर्फबाट पर्साका चारवटै निर्वाचन क्षेत्रमा प्रतिस्पर्धामा रहेका उम्मेदवारहरूको पक्षमा सक्रिय रूपमा उभिने निर्णय गरेको छ।

 

बैठकले निर्वाचन अभियान प्रभावकारी भूमिका निर्वाह गर्न बिभिन्न योजना निर्माण गर्ने निर्णय गरेको छ । बैठकले  चौतारीका नेता तथा कार्यकर्ताहरू उम्मेदवारहरूसँग समन्वय गर्दै तथ्यपरक र प्रभावकारी समाचार सम्प्रेषणमा भूमिका खेल्ने निर्णय समेत गरेको छ।

 

कार्यक्रममा प्रेस चौतारी नेपालका प्रदेश इन्चार्ज अच्युत पौडेल, मधेश प्रदेश अध्यक्ष लालबाबु शेख, नेकपा एमाले पर्साका जिल्ला सचिव महेश दास, प्रचार विभाग प्रमुख सुन्दर प्रसाद कुर्मी तथा प्रेस चौतारी पर्साका इन्चार्ज तुलसी भण्डारी लगायतले संगठनको वर्तमान जिम्मेवारी र आगामी रणनीतिबारे आ–आफ्ना धारणा राखेका थिए।

 

बैठकका प्रमुख अतिथि तथा नेकपा एमाले पर्साका जिल्ला सचिव महेश दासले पार्टी निकट रहेका पत्रकारहरूले निर्वाचन अवधिमा निर्वाह गर्नुपर्ने भूमिका र जिम्मेवारीबारे स्पष्ट निर्देशन दिएका थिए ।

 

प्रेस चौतारी नेपाल पर्साका अध्यक्ष निरञ्जन मिश्रको अध्यक्षतामा सम्पन्न बैठकले संगठनलाई निर्वाचन केन्द्रित गतिविधिमा थप सक्रिय बनाउने निष्कर्ष निकालेको छ।

 

तपाईं हामीसंग फेसबुक र ट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

पत्रकार धम्काउने जर्मनी दूतावासका प्रथम सचिवलाई कारबाही गर्न पत्रकार महासंघ युरोपको माग

वीरगंज । जर्मनीको बर्लिनस्थित नेपाली राजदूतावासका प्रथम सचिव रन्जन यादवले पत्रकार दीपेन्द्र गजुरेललाई धम्की दिएको आरोप लगाउँदै उक्त घटनाको निष्पक्ष छानबिन गरी कारबाही गर्न माग गरिएको छ।

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समाज

पञ्चगावामा दुई महिलासहित २५ जना स्थानीय युवाले रक्तदान गरे

पचगावा । पर्साको सखुवा प्रसौनी गाउँपालिका–२ पञ्चगावामा आयोजित रक्तदान कार्यक्रममा २५ जनाले रक्तदान गरेका छन्।

पर्यटन प्रर्वद्धनमा हिडेका  बाइक राइडरलाई ठोरीमा भव्य स्वागत

ठोरी । पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले ठोरी आइपुगेका बाइक राइडरहरूलाई ठोरीमा भव्य स्वागत गरिएको छ।

खेलकुद

सेढवामा भेट्रान फुटबलको तयारी तीव्र, विजेतालाई ५० हजार पुरस्कार

वीरगन्ज । पर्साको जिराभवानी गाउँपालिका–२ सेढवामा जिराभवानी भेट्रान क्लबको आयोजनामा भेट्रान फुटबल प्रतियोगिता हुने भएको छ।

सिमरामा अन्तर्राष्ट्रिय आमन्त्रण महिला फुटबल प्रतियोगिता हुँदै

सिमरा । बाराको सिमरामा असोज १० देखि १७ गतेसम्म ‘एक्स्ट्रिम जीतपुरसिमरा अन्तर्राष्ट्रिय आमन्त्रण महिला फुटबल प्रतियोगिता’ हुने भएको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.