पर्सागढी । सबैया साझेदारी वन उपभोक्ता समूह, सबैयाटाँडीको लामो समयदेखि रोकिएको साधारणसभा अन्ततः सम्पन्न भएको छ। साधारणसभाबाट लखनलाल साह सर्वसम्मत अध्यक्ष निर्वाचित भएका छन्। उपाध्यक्षमा असलम आलम र सदस्यमा शेख नेसाद अहमद सर्वसम्मत चयन भए।
साधारणसभा प्रतिनिधि छनोट विवादपछि लामो समय रोकिएको थियो। अदालतले प्रतिनिधि छनोट प्रक्रियालाई वैधानिक ठहर गरेपछि वन नियमावली २०७९ को नियम ५६ अनुसार सभा सम्पन्न भएको हो।
सभामा मधेस प्रदेशका वन तथा वातावरण मन्त्री शंकर चौधरी, जिल्ला समन्वय समिति पर्साका प्रमुख निरन्जन साह सोनार, र साझेदारी वनका संस्थापक तथा नेताहरूले शुभकामना व्यक्त गरेका थिए। सभा पछि रोकिएका वनसम्बन्धी कामहरू सुचारु हुने विश्वास व्यक्त गरिएको छ।
सबैया साझेदारी वनमा वीरगञ्जका ३० र पर्सागढीका २ वडासहित कुल २५८ प्रतिनिधि रहेका छन्।
तपाईको प्रतिक्रिया