logo

भूमिहीन सुकुम्वासीको समस्या  केवल कागजी प्रक्रिया नभई सामाजिक न्यायसँग गहिरो रूपमा जोडिएको छः अध्यक्ष अहमद

 इसीमाना सम्वाददाता     २०८२ माघ २२ गते ०३: ४१ मा प्रकाशित     563   पटक पढिएको

वीरगञ्ज । भूमि समस्या समाधान आयोग जिल्ला समिति पर्साले भूमिहीन दलित, सुकुम्बासी तथा अव्यवस्थित बसोबासीहरूको लगत सङ्कलन सम्बन्धी तालिम समापन भएको छ ।

 

 लगत संकलन त्यसको डिजिटल प्रविष्टि कार्यलाई थप प्रभावकारी बनाउने उद्देश्यले  एकदिने कम्प्युटर तालिम आयोजना गरिएको थियो। वीरगञ्जमा बिहीबार सम्पन्न उक्त तालिममा जिल्लाभरिका प्राविधिक कर्मचारीहरूको सक्रिय सहभागिता रहेको थियो।

 

तालिम समापन कार्यक्रममा  आयोग पर्साका जिल्ला अध्यक्ष तबरेज अहमदले भूमिहीनको विषय केवल कागजी प्रक्रिया नभई सामाजिक न्यायसँग गहिरो रूपमा जोडिएको संवेदनशील मुद्दा भएको बताए ।

 

 उनले सरकारद्वारा अगाडि बढाइएको लालपूर्जा वितरण अभियानलाई सफल बनाउन यथार्थपरक, सही र पारदर्शी तथ्याङ्क अनिवार्य रहेको उल्लेख गरे। “लगतमा सानो त्रुटिले पनि वास्तविक हकदार अन्यायमा पर्न सक्छन्, त्यसैले प्रविधिको सही प्रयोग अपरिहार्य छ,” उनले भने ।

 

अध्यक्ष अहमदले स्थानीय तह, आयोग र प्राविधिक जनशक्तिबीचको समन्वय मजबुत भए मात्र भूमिहीन समस्या समाधानमा ठोस उपलब्धि हासिल गर्न सकिने धारणा राख्दै तालिम प्राप्त कर्मचारीहरूलाई जिम्मेवारीपूर्वक काम गर्न प्रेरित गरे।

 

कार्यक्रमको अध्यक्षता आयोगका जिल्ला सदस्य–सचिव राकेश झाले आयोगको डिजिटल प्रणाली सञ्चालनका क्रममा देखिने प्राविधिक चुनौती समाधान गर्न तालिम केन्द्रित रहेको जानकारी दिए । उनले तालिममा प्राप्त ज्ञानलाई व्यवहारमा उतारेर लगत प्रविष्टि कार्यलाई छरितो, व्यवस्थित र विश्वसनीय बनाउन आग्रह गरे  ।

 

तालिम सत्रमा सहभागीहरूलाई लगत फारम इन्ट्री प्रक्रिया, डाटा व्यवस्थापन, त्रुटि सच्याउने तरिका तथा प्रतिवेदन तयारीसम्बन्धी व्यावहारिक अभ्यास गराइएको थियो। कार्यक्रममा आयोगका विज्ञ सदस्य सन्तोष पासवान, सदस्य शिव नारायण राम लगायत जिल्लास्थित प्राविधिक कर्मचारीहरूको उल्लेख्य उपस्थिति रहेको थियो।

 

सहभागीहरूले यस्ता सीपमूलक तालिमले कार्यक्षेत्रमा देखिने समस्या समाधान गर्न सहयोग पुगेको र आत्मविश्वास बढाएको प्रतिक्रिया दिएका छन्। आयोगले आगामी दिनहरूमा पनि कर्मचारी तथा प्राविधिकहरूको क्षमता विकासका लागि यस्ता तालिम कार्यक्रमलाई निरन्तरता दिने जनाएको छ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

पत्रकार धम्काउने जर्मनी दूतावासका प्रथम सचिवलाई कारबाही गर्न पत्रकार महासंघ युरोपको माग

वीरगंज । जर्मनीको बर्लिनस्थित नेपाली राजदूतावासका प्रथम सचिव रन्जन यादवले पत्रकार दीपेन्द्र गजुरेललाई धम्की दिएको आरोप लगाउँदै उक्त घटनाको निष्पक्ष छानबिन गरी कारबाही गर्न माग गरिएको छ।

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समाज

लायन्स म्याराथन प्रतियोगिता सम्पन्न,डेसिमलका हुसेन र बिपीएसकी शर्मा प्रथम

वीरगञ्ज। स्वस्थ जीवनशैली, अनुशासन, खेलकुद प्रवर्द्धन तथा सामाजिक सेवाको सन्देश प्रवाह गर्ने उद्देश्यले अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा वीरगञ्जमा लायन्स म्याराथन प्रतियोगिता उत्साहजनक सहभागिताबीच भव्य रूपमा सम्पन्न भएको छ ।

खेलकुद

ठोरीमा भदौ ६ देखि ७ ए–साइड फुटबल प्रतियोगिता संचालन हुने

वीरगंज । ठोरी गाउँपालिका–३, नयाँबस्ती ब्रह्मनगरमा रहेको आईटी कलेज खेल मैदानमा चौथो संस्करणको ७ ए–साइड फुटबल प्रतियोगिता आयोजना हुने भएको छ ।

नारायणी रंगशालाको स्तरउन्नतीकालागि १५ करोड बिनियोजन

वीरगंज । नेपालकै महत्वपूर्ण रंगशलाको रुपमा रहेको वीरगंजको नारायणी रंगशालाको र त्याहा रहेको बहुउद्धेश्यीय कर्भडहलको स्तरउन्नतीकोलागि १२ करोड ५० लाख रुपैयाँ बजेट विनियोजन भएको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.