logo

सखुवा प्रसौनीमा एमालेको कार्यकर्ता भेला सम्पन्न, बिकासलाई ब्यवहारमा देखाउने पाण्डेको भनाई

 इसीमाना सम्वाददाता     २०८२ माघ २२ गते ०४: ४१ मा प्रकाशित     560   पटक पढिएको

वीरगंज ।  नेकपा एमालेले पर्साको सखुवा प्रसौनी गाउँपालिकामा पालिकास्तरीय कार्यकर्ता भेटघाट तथा भेला कार्यक्रम सम्पन्न गरेको छ।

 

प्रतिनिधिसभा निर्वाचनलाई केन्द्रमा राखेर आयोजना गरिएको उक्त भेलाले पर्सा निर्वाचन क्षेत्र नं ३ मा पार्टीको संगठन सुदृढीकरण र चुनावी तयारीलाई नयाँ गति दिएको एमाले नेताहरूले बताएका छन्।

 

सखुवा प्रसौनी गाउँपालिका कमिटी अध्यक्ष शिवनरायण महतोको अध्यक्षतामा सम्पन्न कार्यक्रममा पार्टी केन्द्रीय कमिटी सदस्य तथा पर्सा जिल्ला इन्चार्ज प्रभु हजरा सखुवा प्रसौनी गाउँपालिका प्रमुख जसवंत यादव, नेतृ फुलमती चौधरी, बासुदेव थारूलगायत स्थानीय तहका नेता तथा कार्यकर्ताहरूको उल्लेखनीय सहभागिता रहेको थियो।

 

भेलालाई सम्बोधन गर्दै नेता हजराले मुलुकमा स्थायित्व, विकास र सुशासनका लागि नेकपा एमालेको नेतृत्व आवश्यक रहेको धारणा राखे। उनले  पर्सा–३ बाट उम्मेदवार बनेका युवा नेता रूपेश कुमार पाण्डे परिवर्तनको चाहना बोकेका मतदाताको विश्वासको केन्द्र बन्दै गएको उल्लेख गरे।

 

कार्यक्रममा बोल्दै पर्सा–३ का उम्मेदवार रूपेश कुमार पाण्डेले क्षेत्रका मुख्य समस्या र जनताले भोग्दै आएका कठिनाइहरूबारे चर्चा गर्दै समाधानमुखी योजना सार्वजनिक गरे ।

 

 शिक्षा, स्वास्थ्य, रोजगारी, कृषि र पूर्वाधार विकासलाई प्राथमिकतामा राख्दै उहाँले अब विकास नारामा सीमित नभई व्यवहारमा देखिनुपर्ने आवश्यकता औंल्याए ।

 

भेलामा सहभागी स्थानीय नेता–कार्यकर्ता तथा नागरिकहरूले युवा उम्मेदवार पाण्डेप्रति सकारात्मक प्रतिक्रिया व्यक्त गरेका थिए । 

तपाईं हामीसंग फेसबुक र ट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

पत्रकार धम्काउने जर्मनी दूतावासका प्रथम सचिवलाई कारबाही गर्न पत्रकार महासंघ युरोपको माग

वीरगंज । जर्मनीको बर्लिनस्थित नेपाली राजदूतावासका प्रथम सचिव रन्जन यादवले पत्रकार दीपेन्द्र गजुरेललाई धम्की दिएको आरोप लगाउँदै उक्त घटनाको निष्पक्ष छानबिन गरी कारबाही गर्न माग गरिएको छ।

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समाज

वीरगंजमा मालपाेत कर अब वडामै संकलन गरिने

वीरगंजमा मालपाेत कर अब वडामै संकलन गरिने

२५ वर्षे शैक्षिक सेवा पूरा गरेका प्रधानाध्यापक भोजराज गौतमको सम्मानसहित बिदाइ

रंगपुर । पर्साको पटेर्वा सुगौली गाउँपालिका–२ रंगपुरस्थित श्री नेपाल राष्ट्रिय माध्यमिक विद्यालयले करिब २५ वर्ष लामो शैक्षिक सेवा पूरा गरेका प्रधानाध्यापक भोजराज गौतमलाई सम्मानसहित बिदाइ गरेको छ।

खेलकुद

सेढवामा भेट्रान फुटबलको तयारी तीव्र, विजेतालाई ५० हजार पुरस्कार

वीरगन्ज । पर्साको जिराभवानी गाउँपालिका–२ सेढवामा जिराभवानी भेट्रान क्लबको आयोजनामा भेट्रान फुटबल प्रतियोगिता हुने भएको छ।

सिमरामा अन्तर्राष्ट्रिय आमन्त्रण महिला फुटबल प्रतियोगिता हुँदै

सिमरा । बाराको सिमरामा असोज १० देखि १७ गतेसम्म ‘एक्स्ट्रिम जीतपुरसिमरा अन्तर्राष्ट्रिय आमन्त्रण महिला फुटबल प्रतियोगिता’ हुने भएको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.