logo

एमाले जेनजी उम्मेदवार यादव पर्सागढीमा समाधानमुखी योजना बनाउने प्रतिवद्धता ब्यक्त

 इसीमाना सम्वाददाता     २०८२ माघ २२ गते ०४: ५५ मा प्रकाशित     425   पटक पढिएको

वीरगंज । पर्सा निर्वाचन क्षेत्र नम्बर २ बाट नेकपा एमालेकी प्रतिनिधिसभा उम्मेदवार रिमा कुमारी यादवले पर्सागढी नगरपालिका–३ झबराहाका जनतासंग भेट गरेकी छिन ।

 

प्रतिनिधिसभा निर्वाचनलाई लक्षित उक्त कार्यक्रममा स्थानीयवासीको सक्रिय सहभागिता देखिएको थियो।

 

 उम्मेदवार यादवले घर–घर पुगेर नागरिकसँग प्रत्यक्ष संवाद गर्दै उनीहरूका समस्या, आवश्यकता र सुझावहरू सुनीन। शिक्षा, स्वास्थ्य सेवा, रोजगारीको अवसर, सडक पूर्वाधार र सुरक्षित खानेपानीजस्ता विषयमा उठेका प्रश्नहरूप्रति ध्यान दिँदै उहाँले समाधानमुखी योजना अघि बढाउने बताइन ।

 

कार्यक्रमलाई सम्बोधन गर्दै यादवले नेकपा एमालेको “समृद्ध नेपाल, सुखी नेपाली” अभियानलाई पर्सा–२ मा व्यवहारमा उतार्ने अठोट व्यक्त गरिन। स्थानीय जनताको विश्वास नै विकासको आधार हुने उल्लेख गर्दै उनले नागरिकबाट प्राप्त समर्थनले आफूलाई थप उत्तरदायी बनाएको बताउनुभयो।

 

कार्यक्रममा सहभागी स्थानीय अगुवा, युवाहरू तथा बुद्धिजीवी वर्गले उम्मेदवार यादवको सरल व्यक्तित्व, जनमुखी दृष्टिकोण र विकासप्रति प्रतिबद्ध नेतृत्व क्षमताको प्रशंसा गरेका थिए।

 

 उनीहरूले यस पटकको प्रतिनिधिसभा निर्वाचनमा पर्सा–२ बाट एमालेको पक्षमा जनमत बलियो बन्दै गएको एमालेका समानुपातिक उम्मेदवार समेत रहेका नेता बचिारी यादवले प्रतिक्रिया दिएका छन।

 

निरन्तर जनसम्पर्क, संगठित पार्टी संरचना र बढ्दो स्थानीय समर्थनका कारण पर्सा निर्वाचन क्षेत्र नम्बर २ मा नेकपा एमालेको चुनावी माहोल अनुकूल बन्दै गएको एमाले नेता बिजय कुमार सरावगीको भनाइ छ।

तपाईं हामीसंग फेसबुक र ट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

पत्रकार धम्काउने जर्मनी दूतावासका प्रथम सचिवलाई कारबाही गर्न पत्रकार महासंघ युरोपको माग

वीरगंज । जर्मनीको बर्लिनस्थित नेपाली राजदूतावासका प्रथम सचिव रन्जन यादवले पत्रकार दीपेन्द्र गजुरेललाई धम्की दिएको आरोप लगाउँदै उक्त घटनाको निष्पक्ष छानबिन गरी कारबाही गर्न माग गरिएको छ।

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समाज

वीरगंजमा मालपाेत कर अब वडामै संकलन गरिने

वीरगंजमा मालपाेत कर अब वडामै संकलन गरिने

२५ वर्षे शैक्षिक सेवा पूरा गरेका प्रधानाध्यापक भोजराज गौतमको सम्मानसहित बिदाइ

रंगपुर । पर्साको पटेर्वा सुगौली गाउँपालिका–२ रंगपुरस्थित श्री नेपाल राष्ट्रिय माध्यमिक विद्यालयले करिब २५ वर्ष लामो शैक्षिक सेवा पूरा गरेका प्रधानाध्यापक भोजराज गौतमलाई सम्मानसहित बिदाइ गरेको छ।

खेलकुद

सेढवामा भेट्रान फुटबलको तयारी तीव्र, विजेतालाई ५० हजार पुरस्कार

वीरगन्ज । पर्साको जिराभवानी गाउँपालिका–२ सेढवामा जिराभवानी भेट्रान क्लबको आयोजनामा भेट्रान फुटबल प्रतियोगिता हुने भएको छ।

सिमरामा अन्तर्राष्ट्रिय आमन्त्रण महिला फुटबल प्रतियोगिता हुँदै

सिमरा । बाराको सिमरामा असोज १० देखि १७ गतेसम्म ‘एक्स्ट्रिम जीतपुरसिमरा अन्तर्राष्ट्रिय आमन्त्रण महिला फुटबल प्रतियोगिता’ हुने भएको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.