logo

वीरगञ्ज २३ पर्सौनी बिर्तामा रास्वपाको घरदैलो, मतदातासँग प्रत्यक्ष संवादमा उम्मेदवार पन्त

 इसीमाना सम्वाददाता     २०८२ माघ २२ गते ०५: १२ मा प्रकाशित     497   पटक पढिएको

वीरगंज ।  राष्ट्रिय स्वतन्त्र पार्टीका पर्सा निर्वाचन क्षेत्र नं. १ का उम्मेदवार हरि पन्तले वीरगञ्ज महानगरपालिका–२३ अन्तर्गत पर्सौनी बिर्तामा मतदाता भेटघाट तथा घरदैलो कार्यक्रम सम्पन्न गरेका छन। उम्मेदवार पन्तले स्थानीय हनुमान मन्दिरमा पूजा–अर्चना गर्दै अभियानको सुरुवात गरिएको थियो।

 

 

घरदैलो क्रममा उम्मेदवार पन्त विभिन्न टोल–बस्तीमा पुगेर स्थानीय मतदातासँग प्रत्यक्ष संवादमा सहभागी भए। उनले  स्थानीयस्तरमा देखिएका समस्या, जनचासो र अपेक्षाहरू सुन्दै राजनीतिक परिवर्तनका लागि नागरिकको सक्रिय भूमिकाको आवश्यकता औंल्याए ।

 

 

पन्तले रास्वपाले अघि सारेको सुशासन, पारदर्शिता र जवाफदेही नेतृत्वको अवधारणाबारे जानकारी गराउँदै परम्परागत राजनीतिक अभ्यासभन्दा फरक र परिणाममुखी राजनीति आवश्यक रहेको धारणा राखे । स्थानीय नागरिकसँगको संवादले नीतिनिर्माणमा जनताको आवाज प्रत्यक्ष समेटिने विश्वास व्यक्त गरे।

 

 

कार्यक्रममा सहभागी मतदाताहरूले उम्मेदवार पन्तप्रति चासो देखाउँदै समसामयिक विषयमा प्रश्न र सुझाव प्रस्तुत गरेका थिए। रास्वपाले आगामी दिनहरूमा पनि यस्ता प्रत्यक्ष जनसम्पर्क कार्यक्रमलाई निरन्तरता दिँदै मतदातासँग नजिकबाट संवाद गर्ने जनाएको छ।

तपाईं हामीसंग फेसबुक र ट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

पत्रकार धम्काउने जर्मनी दूतावासका प्रथम सचिवलाई कारबाही गर्न पत्रकार महासंघ युरोपको माग

वीरगंज । जर्मनीको बर्लिनस्थित नेपाली राजदूतावासका प्रथम सचिव रन्जन यादवले पत्रकार दीपेन्द्र गजुरेललाई धम्की दिएको आरोप लगाउँदै उक्त घटनाको निष्पक्ष छानबिन गरी कारबाही गर्न माग गरिएको छ।

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समाज

वीरगंजमा मालपाेत कर अब वडामै संकलन गरिने

वीरगंजमा मालपाेत कर अब वडामै संकलन गरिने

२५ वर्षे शैक्षिक सेवा पूरा गरेका प्रधानाध्यापक भोजराज गौतमको सम्मानसहित बिदाइ

रंगपुर । पर्साको पटेर्वा सुगौली गाउँपालिका–२ रंगपुरस्थित श्री नेपाल राष्ट्रिय माध्यमिक विद्यालयले करिब २५ वर्ष लामो शैक्षिक सेवा पूरा गरेका प्रधानाध्यापक भोजराज गौतमलाई सम्मानसहित बिदाइ गरेको छ।

खेलकुद

सेढवामा भेट्रान फुटबलको तयारी तीव्र, विजेतालाई ५० हजार पुरस्कार

वीरगन्ज । पर्साको जिराभवानी गाउँपालिका–२ सेढवामा जिराभवानी भेट्रान क्लबको आयोजनामा भेट्रान फुटबल प्रतियोगिता हुने भएको छ।

सिमरामा अन्तर्राष्ट्रिय आमन्त्रण महिला फुटबल प्रतियोगिता हुँदै

सिमरा । बाराको सिमरामा असोज १० देखि १७ गतेसम्म ‘एक्स्ट्रिम जीतपुरसिमरा अन्तर्राष्ट्रिय आमन्त्रण महिला फुटबल प्रतियोगिता’ हुने भएको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.