logo

इनरुवामा रास्वपाको सम्पर्क कार्यालय उद्घाटन, इनरुवाको विश्वासलाई  सधैं सम्मान गर्ने पन्तको भनाई

 इसीमाना सम्वाददाता     २०८२ फागुन ६ गते ०३: ३८ मा प्रकाशित     241   पटक पढिएको

वीरगंज । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) पर्सा जिल्ला समितिका सभापति तथा पर्सा–१ का उम्मेदवार हरि पन्तले वीरगंजको वडा नं १६ पार्टीका् चुनावी  सम्पर्क कार्यालय उद्घाटन गरेका छन ।

 

समारोहमा स्थानीय कार्यकर्ता, शुभेच्छुक तथा नेताहरूको उल्लेख्य उपस्थिति रहेको थियो। कार्यालय उद्घाटन गर्दै सभापति पन्तले इनरुवाबासीप्रति आफ्नो विशेष आत्मीयता रहेको बताए ।

 

 उनले नगवाका नागरिकहरूले पार्टीप्रति देखाएको माया र विश्वासप्रति आभार व्यक्त गरे। उनले जनताको अपेक्षा अनुसार काम गर्दै पारदर्शी र जवाफदेही राजनीतिक अभ्यासलाई अघि बढाउने प्रतिबद्धता जनाए।

 

उनले इनरवाबाटै रास्वपाको संगठन विस्तारलाई गति दिने र जनताका मुद्दालाई प्राथमिकतामा राखेर अघि बढ्ने प्रतिबद्धता व्यक्त गरे।

 

पन्तका अनुसार सम्पर्क कार्यालयले स्थानीयस्तरमा पार्टी गतिविधि समन्वय, नागरिक गुनासो संकलन र संगठन सुदृढीकरणमा महत्त्वपूर्ण भूमिका खेल्नेछ।

 

कार्यक्रममा बोल्दै उनले सम्पर्क कार्यालय केवल प्रशासनिक केन्द्र मात्र नभई जनताको समस्या सुन्ने, सुझाव लिने र समाधान खोज्ने साझा प्लेटफर्मका रूपमा सञ्चालन गरिने बताए। “जनताको माया र समर्थन नै हाम्रो मुख्य शक्ति हो,” उनले भने, “इनरुवाको विश्वासलाई हामी सधैं सम्मान र कदर गर्नेछौं।”

 

बिजय साहको सभापतित्वमा सम्पन्न कार्यक्रमको सहजीकरण सन्तोष पटेलले गरेका थिए। कार्यक्रममा महानगर सभापति अमन आलम, जिल्ला सचिव सुदिश प्रजापति, दिलिप कुर्मी, मुकेश पटेललगायत पार्टीका नेता तथा कार्यकर्ताहरूको उपस्थिति रहेको थियो।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

समाज

मुस्ताङमा अनुमति बिना मानवरहित ड्रोन क्यामरा उडाउँदै  गरेका भारतीय पर्यटकको क्यामरा नियन्त्रणमा

मुस्ताङ । अन्नपूर्ण संरक्षित क्षेत्र मुस्ताङमा अनुमति बिना मानवरहित ड्रोन क्यामेरा उडाउँदै गरेको अवस्थामा प्रहरीले एक भारतीय पर्यटकको ड्रोन क्यामरा नियन्त्रणमा लिएको छ ।

राजनीतिकर्मी साहको पहलमा बिद्यालयको भवन बन्दै, एक कार्यक्रमका वीच गरियो शुरुवात

वीरगंज । पकाहा मैनपुर गाउँपालिकाको वडा नं ४ मा रहेको नेपाल राष्ट्रिय आधारभूत बिद्यालय श्यामपुर भेलाहमा नयाँ भवनको बिहिवार एक कार्यक्रमकावीच शिलान्यास गरिएको छ ।

खेलकुद

नारायणी रंगशालाको स्तरउन्नतीकालागि १५ करोड बिनियोजन

वीरगंज । नेपालकै महत्वपूर्ण रंगशलाको रुपमा रहेको वीरगंजको नारायणी रंगशालाको र त्याहा रहेको बहुउद्धेश्यीय कर्भडहलको स्तरउन्नतीकोलागि १२ करोड ५० लाख रुपैयाँ बजेट विनियोजन भएको छ ।

मधेस प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता शुरु ,पूर्वमन्त्री जयसवालले गरे उद्धघाटन

सिमरा । मधेस प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता मंगलबारदेखि सिमरामा सुरु भएको छ । राष्ट्रिय स्तरको राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा सहभागी हुने खेलाडी छनोट गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको हो ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.