logo

जनकपुरमा नेपाली कांग्रेसको  शक्ति प्रदर्शन , पर्साका एमाले नेता अन्सारी कांग्रेसमा प्रवेश

 इसीमाना सम्वाददाता     २०८२ फागुन ६ गते ०४: ५३ मा प्रकाशित     309   पटक पढिएको

जनकपुरधाम । नेकपा एमालेका मधेश प्रदेश कमिटीका पूर्व सदस्य बसरुदिन अन्सारी बुधवार नेपाली कांग्रेसमा प्रवेश गरेका छन । जनकपुरमा नेपाली कांग्रेस मधेश प्रदेशले आयोजना गरेको प्रतिज्ञासभामा पुगेर बसरुदिन  नेपाली कांग्रेसमा प्रवेश गरेका हुन ।

 

जनकपुरमा आयोजित भव्य आमसभाका बीच अन्सारीलाई नेपाली कांग्रेसका केन्द्रीय सभापति गगन थापाले खादा र माला लगाएर स्वागत गरे। 

 

०७४ सालमा भएको स्थानीय तहको निर्वाचनको बेला एमाले प्रवेश गरेर वीरगंज महानगरपालिकाको मेयरमा चुनाव लडेका अन्सरी त्यस देखी यता निरन्तर नेकपा एमालेमा क्रियाशिल रहेका थिए ।

 

पार्टीको ११ औं महाधिवेशनमा केन्द्रीय सदस्यको रुपमा प्रतिस्पर्धा गरेका अन्सारी पराजीत भएका थिए । उनी पराजय भएसंगै मधेश प्रदेश कमिटीबाट पनि बाहिरिएका थिए ।

 

नेकपा एमालेमा कुनै सागठानीक पदीय हैसियतमा नरहेका अन्सारी  यस पटक  पार्टीले प्रतिनिधि सभाको सदस्य पदकालागि टिकट नदिएपछि असन्तुष्ट थिए ।

 

त्यही असन्तुष्टि उनले नेपाली कांग्रेसमा लगरे बिसाएका छन । एकताका नेकपा एमालेका अध्यक्ष के.पी.ओलीको निकै नजिक रहेको मानिएका अन्सारीको पार्टी परित्यागको निर्णयले भने पार्टीलाई कुनै किसिमको प्रभाव नपार्ने एमालेका नेताले बताएका छन । 

 

उनीसंगै महिला नेतृ रन्जु फूयाल पनि नेपाली कांग्रेसमा प्रवेश गरेकी छिन । ११ महाधिवेशनमा केन्द्रीय सदस्यकालागि १ हजार भन्दा बढी मत ल्याएकी फूयाल अखिल नेपाल महिला संघको केन्द्रीय सदस्य पनि थिइन ।

 

एमाले पर्साका सदस्य इमरान अन्सारी पनि नेपाली कांग्रेसमा प्रवेश गरेका छन । उनीहरुको प्रवेशले राजनीति शक्ति संन्तुलनमा उलटफेर ल्याउने आशंका गर्न थालिएको छ । 

 

 स्थानीय विश्लेषकहरूका अनुसार अन्सारीको प्रभाव र संगठनात्मक अनुभवले पर्सामा कांग्रेसलाई थप बलियो बनाउने अपेक्षा गरिएको छ।

 

अन्सारीले देश र जनताको हितलाई केन्द्रमा राखेर निर्णय लिएको स्पष्ट पारे। उनले अब समावेशी, लोकतान्त्रिक र विकासमुखी राजनीतिक यात्रामा कांग्रेससँगै हुने  प्रतिबद्धता व्यक्त गरे। 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

पत्रकार धम्काउने जर्मनी दूतावासका प्रथम सचिवलाई कारबाही गर्न पत्रकार महासंघ युरोपको माग

वीरगंज । जर्मनीको बर्लिनस्थित नेपाली राजदूतावासका प्रथम सचिव रन्जन यादवले पत्रकार दीपेन्द्र गजुरेललाई धम्की दिएको आरोप लगाउँदै उक्त घटनाको निष्पक्ष छानबिन गरी कारबाही गर्न माग गरिएको छ।

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समाज

बाघको आक्रमणबाट ७० वर्षिय थारुको ज्यान गयो

सेढवा । पर्साको जिराभवानी गाउँपालिकामा बाघको आक्रमणबाट जिराभवानी गाउँपालिका–२ काठमाडौं टोल निवासी ७० वर्षीय नथुनी मिर्दाहा थारुको मृत्यु भएको छ ।

खाजा खर्च कटाएर विद्यार्थीले प्रधानमन्त्री राहत कोषमा गरे सहयोग

वीरगञ्ज । श्री नेपाल राष्ट्रिय आधारभूत विद्यालय, रामभौरी भाठाका विद्यार्थीहरूले आफ्नो खाजा खर्चबाट रकम बचत गरी प्रधानमन्त्री राहत कोषमा सहयोग गरेका छन्।

खेलकुद

ठोरीमा भदौ ६ देखि ७ ए–साइड फुटबल प्रतियोगिता संचालन हुने

वीरगंज । ठोरी गाउँपालिका–३, नयाँबस्ती ब्रह्मनगरमा रहेको आईटी कलेज खेल मैदानमा चौथो संस्करणको ७ ए–साइड फुटबल प्रतियोगिता आयोजना हुने भएको छ ।

नारायणी रंगशालाको स्तरउन्नतीकालागि १५ करोड बिनियोजन

वीरगंज । नेपालकै महत्वपूर्ण रंगशलाको रुपमा रहेको वीरगंजको नारायणी रंगशालाको र त्याहा रहेको बहुउद्धेश्यीय कर्भडहलको स्तरउन्नतीकोलागि १२ करोड ५० लाख रुपैयाँ बजेट विनियोजन भएको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.