logo

सिर्सियामा जेनजी युवाहरुको साथ एमाले उम्मेदवार रिमा यादवलाई

 इसीमाना सम्बाददाता     २०८२ फागुन १६ गते १०: १६ मा प्रकाशित     548   पटक पढिएको

वीरगञ्ज । पर्साको क्षेत्र नं २ मा नेकपा एमालेको तर्फबाट प्रतिनिधि सभा सदस्यका उम्मेदवार रिम यादवलाई जीताउन भन्दै वीरगंज महानगरपलिका वडा २५ को कोनिया टोलका जेनजी युवाहरु नेकपा एमालेमा प्रवेश गरेका छन । 

 


वडामा आयोजित विशेष कार्यक्रममार्फत विभिन्न राजनीतिक दल तथा स्वतन्त्र रूपमा सक्रिय युवाहरू एमालेमा प्रवेश गरेको पार्टीको मधेश प्रदेश कमिटीक उपाध्यक्ष बिचारी यादवले जानकारी दिए ।

 

प्रवेश गर्ने युवाहरूले मुलुकको रक्षा, स्वाधिनता ,समृद्धि, स्थायित्व र विकासका लागि एमाले नै उपयुक्त विकल्प भएको निष्कर्षसहित पार्टी रोजेको बताएका छन्।

 

नेकपा एमालेका केन्द्रीय सदस्य बिजय कुमार सरावगीले  युवाशक्तिको साथ र समर्थनले नेकपा एमालेको उम्मेदवारी अझ मजबुत बनेको बताए।

 

उनले नयाँ पुस्ताको ऊर्जा, सोच र प्रविधिमैत्री दृष्टिकोणलाई राजनीतिमा समेट्दै पर्सा–२ को समग्र विकासका लागि ठोस योजना नेकपा एमालेले कार्यन्वन गर्ने  प्रतिबद्धता व्यक्त गरे।

 

युवाहरूले पनि अबको राजनीति विकासमुखी, पारदर्शी र जवाफदेही हुनुपर्नेमा जोड दिँदै रिमा यादवलाई अत्यधिक मतले विजयी गराउ उनले अपिल गरे ।

वीरगञ्ज–२५ मा भएको  प्रवेश कार्यक्रमले स्थानीय राजनीतिक वृत्तमा नयाँ तरंग पैदा गरेको छ। निर्वाचन नजिकिँदै जाँदा विभिन्न दलहरूबीच युवाको समर्थन आकर्षित गर्ने प्रतिस्पर्धा तीव्र बन्दै गएको छ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

समाज

पर्सागढीबाट जुवाडे पक्राउ सार्बजनिक शान्ति विरुद्दको कसुरमा मुद्धा चल्ने

वीरगंज । पर्सागढीको विरुवागुठीमा दिलमाया तामाङले सञ्चालन गरेकी गौरो कटेज खाजा पसलबाट चार जना ब्यक्तिहरु जुवा खेलीरहेको अवस्थामा पक्राउ परेका छन ।

महोत्तरीमा मोटरसाइकल दुर्घटनामा परि एसइ परिक्षा दिएर फर्किएका बिद्यार्थीको मृत्यु

बर्दिवास । महोत्तरीको जलेश्वर बर्दिबास सडकखण्डको बथनाहा मा मोटरसाइकल दुर्घटनामा परि तीन जना बिद्यार्थीको मृत्यु भएको छ ।

खेलकुद

नवौँ गोलबजार मेयर गोल्डकप फुटबल प्रतियोगितामाअ आज  चात्यासा फुटबल क्लब र विराटनगर भिड्ने

गोलबजार  । सिरहाको गोलबजार नगरपालिकाद्वारा आयोजित नवौँ गोलबजार मेयर गोल्डकप फुटबल प्रतियोगिताको दोस्रो दिनको खेलमा सलहेश युवा क्लब, सिरहा विजयी भएको छ।

गोलबजार मेयर गोल्ड कप चैत तेस्रो सातादेखि, बिजेताले ४ लाख ४४ हजार ४ सय ४४ रुपैया पुरस्कार पाउने

गोबजार ।  नवौँ संस्करणको मेयर गोल्ड कप फुटबल प्रतियोगिता चैत २३ देखि २९ गतेसम्म सञ्चालन हुने भएको छ । गोलबजार नगरपालिकाले पत्रकार सम्मेलनमार्फत प्रतियोगिताको तालिका सार्वजनिक गरेको हो ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.