logo

वीरगंजको नगवामाकांग्रेसको घरदैलो मतदाता मुद्दामुखी बहसमा केन्द्रित

 इसीमाना सम्वाददाता     २०८२ फागुन १६ गते ०२: ४८ मा प्रकाशित     293   पटक पढिएको

वीरगंज ।  मुलुकको आर्थिक राजधानी वीरगंजमा  प्रतिनिधि सभा निर्वाचन नजिकिँदै जाँदा राजनीतिक दलका कार्यक्रमहरु  झनै बढी हुदै गएका छन ।

 

 प्रतिनिधि सभा क्षेत्र नं. १ मा विभिन्न दलका उम्मेदवारहरूले आफ्नो अभियान तीव्र बनाएका छन्ज । नेपाली कांग्रेसले शािनार नगवामा घरदैलो गरेको छ ।

 

वीरगंज महानगर भित्र सबै भन्दा बढी मतदाता भएको वडाको रुपमा रहेको नगवा राजनीतिको पनि केन्द्र बनेको छ । नेपाली कांग्रेसका उममेदवार अनिल रुङ्गटा सहितको टोलीले  घर दैलो गरेको हो । 

 

नेपाली कांग्रेस सहित अन्य दलका उम्मेदवारहरू घरदैलो, कोणसभा र अन्तरक्रियामार्फत मतदातासम्म पुगिरहेका छन्। टोल–टोलमा छलफल र भेटघाट बढेसँगै स्थानीयवासीहरू पनि चुनावी मुद्दाबारे खुला बहसमा सहभागी हुन थालेका छन्।

 


नगवाका व्यापारी, युवा, महिला समूह तथा सामाजिक अभियन्ताहरूले विशेषगरी आर्थिक गतिविधि विस्तार, बजार व्यवस्थापन, ट्राफिक सुधार र पूर्वाधार विकासलाई प्राथमिक एजेन्डा बनाउनुपर्नेमा जोड दिएका छन्। “हामीलाई नारा होइन, काम गर्ने प्रतिनिधि चाहिन्छ,” एक स्थानीय युवाले भने, “जो सहरको दीर्घकालीन विकासमा स्पष्ट योजना ल्याउन सक्छ।”

 

नगवामा सडक विस्तार, ढल तथा खानेपानी व्यवस्थापन, सरसफाइ र रोजगारी सिर्जना जस्ता विषय मतदाताको मुख्य चासोका रूपमा देखिएका छन्।

 

 विभिन्न उम्मेदवारहरूले आ–आफ्ना प्रतिबद्धता सार्वजनिक गरिरहे पनि मतदाताहरू योजना कार्यान्वयनमा बढी चासो राखेको बताउँछन्।

 

राजनीतिक विश्लेषकहरूका अनुसार घना बस्ती र आर्थिक रूपमा प्रभावशाली क्षेत्र भएकाले नगवाको मत परिणामले समग्र क्षेत्र नं. १ को निर्वाचन नतिजामा निर्णायक भूमिका खेल्न सक्छ।

 

निर्वाचनको मिति नजिकिँदै जाँदा नगवामा चुनावी गतिविधि, बहस र राजनीतिक चहलपहल थप बढ्दै गएको छ। अब मतदाताको रोजाइ कसको पक्षमा पर्छ भन्ने चासो सबैमा देखिएको छ।

तपाईं हामीसंग फेसबुक र ट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

पत्रकार धम्काउने जर्मनी दूतावासका प्रथम सचिवलाई कारबाही गर्न पत्रकार महासंघ युरोपको माग

वीरगंज । जर्मनीको बर्लिनस्थित नेपाली राजदूतावासका प्रथम सचिव रन्जन यादवले पत्रकार दीपेन्द्र गजुरेललाई धम्की दिएको आरोप लगाउँदै उक्त घटनाको निष्पक्ष छानबिन गरी कारबाही गर्न माग गरिएको छ।

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समाज

तरकारीका थोक कारोवारीलाई वीरगंज महानगरको २१ दिने अल्टिमेटम, व्यवस्थित थोक बजारमा जान निर्देश

वीरगंज । वीरगंज महानगरपालिकाले सडक तथा सार्वजनिक स्थानमा जथाभावी तरकारी तथा फलफूलको थोक बजार सञ्चालन नगर्न निर्देशन दिँदै व्यवसायीलाई २१ दिनभित्र तोकिएको स्थानमा स्थानान्तरण हुन अल्टिमेटम दिएको छ।

बारा–पर्साका ग्रामीण बस्ती जोड्न साझा यातायातको तयारी, अध्ययन समिति गठन

वीरगंज । बारा र पर्साका विभिन्न पालिकाका ग्रामीण बस्तीलाई सार्वजनिक यातायातमार्फत जोड्ने योजना अघि बढेको छ। वीरगंज महानगरपालिकासहित अन्तरपालिका सार्वजनिक यातायात सेवा सञ्चालन गर्ने तयारीसँगै आवश्यक अध्ययनका लागि समिति गठन गरिएको छ।

खेलकुद

चाफीमा फुटबलको रोमाञ्च, उद्घाटन खेलमै कञ्चनपुरको शानदार विजय

रंगपुर । पर्साको पटेर्वा सुगौली गाउँपालिका–२ स्थित चाफी खेलकुद मैदानमा विजया दशमी, दीपावली तथा छठ पर्वको अवसरमा खुला नकआउट फुटबल प्रतियोगिता सुरु भएको छ।

सेढवामा भेट्रान फुटबलको तयारी तीव्र, विजेतालाई ५० हजार पुरस्कार

वीरगन्ज । पर्साको जिराभवानी गाउँपालिका–२ सेढवामा जिराभवानी भेट्रान क्लबको आयोजनामा भेट्रान फुटबल प्रतियोगिता हुने भएको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.