logo

वीरगञ्जमा एमाले उम्मेदवार प्रदीप यादवको घरदैलो, सूर्य चिन्हमा मतदान गर्न अपिल

 इसीमाना सम्वाददाता     २०८२ फागुन १६ गते ०३: १३ मा प्रकाशित     279   पटक पढिएको

वीरगञ्ज । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का तर्फबाट पर्सा निर्वाचन क्षेत्र नम्बर–१ का प्रतिनिधिसभा सदस्य उम्मेदवार प्रदीप यादव ले शनिबार बिहान वीरगञ्ज महानगरपालिका–३० अन्तर्गत लालपर्सा र प्रसोतीपुरमा घरदैलो कार्यक्रम सम्पन्न गरेका छन्।

 

कार्यक्रममा स्थानीय बासिन्दाको उत्साहजनक सहभागिता देखिएको थियो। उम्मेदवार यादवलाई मतदाताले फूलमाला तथा गम्छा ओढाएर स्वागत गरेका थिए। घरदैलोका क्रममा यादवले आफूले दुई कार्यकालमा गरेका कामका आधारमा मूल्यांकन गर्न मतदातासँग आग्रह गरे।

 

उनले सुख–दुःखमा सधैं साथ दिएको उल्लेख गर्दै मधेश आन्दोलनको बलबाट स्थापित संघीयता जोगाउन पनि मतदान गर्न अपिल गरे। वर्तमान समयमा मुलुक जोगाउने र अस्थिरता निम्त्याउने शक्तिबीच ध्रुवीकरण भइरहेको उल्लेख गर्दै उनले देशको स्थायित्व र विकासका लागि एमालेको सूर्य चुनाव चिन्हमा मतदान गर्न आग्रह गरे।

 

आफूले जिम्मेवारी सम्हाल्दा क्षेत्रको अवस्था कस्तो थियो भन्ने स्मरण गर्न मतदातालाई अनुरोध गर्दै उनले पूर्वाधार क्षेत्रमा भएको प्रगतिबारे चर्चा गरे। सडक, विद्यालय, धार्मिक स्थल, खेलमैदानलगायतका संरचना निर्माण भएको दाबी गर्दै आफू स्थानीय टोल–बस्ती र समस्यासँग प्रत्यक्ष परिचित उम्मेदवार भएको बताए। अन्य प्रतिस्पर्धीहरू स्थानीय यथार्थसँग अपरिचित रहेको उनको संकेत थियो।

 

एमालेले अघि सारेको राष्ट्रियता सुदृढीकरण, आर्थिक समृद्धि तथा समाजवाद उन्मुख विकासको मार्गलाई आत्मसात् गर्दै अघि बढेको उनले बताए। चुनावी समयमा मात्र सक्रिय हुने नेतृत्वबाट सतर्क रहन उनले मतदातालाई आग्रह गरे।

 

गरिबी न्यूनीकरण, रोजगारी सिर्जना, कृषि तथा पर्यटन प्रवर्द्धन, स्थानीय उद्योग विस्तार, महिला सशक्तीकरण तथा युवालाई अवसर सृजना आफ्ना प्राथमिकता रहने उनले प्रतिबद्धता व्यक्त गरे।

 

 विगतमा सडक, विद्यालय, अस्पताल, धार्मिक संरचना, मसानघाट, खानेपानी, सिँचाइ तथा विद्युत् विस्तारका क्षेत्रमा काम गरेको दाबी गर्दै संसद्मा पर्साका मुद्दाहरू निरन्तर उठाउँदै आएको उनले स्मरण गराए।

 

घरदैलो कार्यक्रमका क्रममा स्थानीयले उठाएका विभिन्न समस्याको समाधानका लागि पहल गर्ने प्रतिबद्धता पनि उनले जनाए। वर्तमान राजनीतिक परिस्थितिमा राष्ट्रिय अखण्डता, संविधान तथा संघीय संरचना सुदृढ गर्न एमाले नेतृत्वको भूमिका महत्वपूर्ण रहने उनको धारणा थियो।

कार्यक्रममा एमालेका नेता अमानत मियासहित विभिन्न तहका नेता–कार्यकर्ता, युवा, महिला तथा ज्येष्ठ नागरिकहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।

 
 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

पत्रकार धम्काउने जर्मनी दूतावासका प्रथम सचिवलाई कारबाही गर्न पत्रकार महासंघ युरोपको माग

वीरगंज । जर्मनीको बर्लिनस्थित नेपाली राजदूतावासका प्रथम सचिव रन्जन यादवले पत्रकार दीपेन्द्र गजुरेललाई धम्की दिएको आरोप लगाउँदै उक्त घटनाको निष्पक्ष छानबिन गरी कारबाही गर्न माग गरिएको छ।

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समाज

सम्झौता कार्यान्वयनमा ढिलाइप्रति आक्रोश, देवानगञ्जका मृतकलाई शहीद घोषणा गर्न माग

काठमाडौं । सुनसरीको देवानगञ्ज घटनाका मृतकलाई तत्काल शहीद घोषणा गर्न तथा पीडित परिवारसँग सरकारले गरेको लिखित सम्झौता अविलम्ब कार्यान्वयन गर्न विभिन्न राजनीतिक दलका नेता तथा स्थानीय जनप्रतिनिधिहरूले माग गरेका छन्।

वन व्यवस्थापन तथा काठ उपभोगसम्बन्धी झन्झटिला नियमलाई सरल बनाउन पहल आवश्यक छः  वनमन्त्री चौधरी

बीरगंज ।मधेश प्रदेश सरकारका वन तथा वातावरणमन्त्री शंकरप्रसाद चौधरीले एउटा रुख काट्दा कम्तीमा दशवटा रुख रोप्ने नीति अवलम्बन गर्न साझेदारी वन उपभोक्ता समूहलाई सुझाव दिएका छन।

खेलकुद

ठोरीमा भदौ ६ देखि ७ ए–साइड फुटबल प्रतियोगिता संचालन हुने

वीरगंज । ठोरी गाउँपालिका–३, नयाँबस्ती ब्रह्मनगरमा रहेको आईटी कलेज खेल मैदानमा चौथो संस्करणको ७ ए–साइड फुटबल प्रतियोगिता आयोजना हुने भएको छ ।

नारायणी रंगशालाको स्तरउन्नतीकालागि १५ करोड बिनियोजन

वीरगंज । नेपालकै महत्वपूर्ण रंगशलाको रुपमा रहेको वीरगंजको नारायणी रंगशालाको र त्याहा रहेको बहुउद्धेश्यीय कर्भडहलको स्तरउन्नतीकोलागि १२ करोड ५० लाख रुपैयाँ बजेट विनियोजन भएको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.