logo

मतदातालाई मत परिर्वतन गर्न रास्वपा उम्मेदवार पन्तको अपिल

 इसीमाना सम्वाददाता     २०८२ फागुन १६ गते ०४: ०४ मा प्रकाशित     500   पटक पढिएको

वीरगञ्ज, ।  प्रतिनिधिसभा निर्वाचन नजिकिँदै जाँदा पर्सा क्षेत्र नम्बर–१ मा चुनावी सरगर्मी तीव्र बन्दै गएको छ। यसै सन्दर्भमा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार हरि पन्तले आफ्नो चुनावी अभियानलाई थप तीव्र बनाएका छन्।

 


वीरगञ्ज महानगरपालिका–हरपतगन्जमा आयोजित कोणसभामा उम्मेदवार पन्तले मतदातासमक्ष आफ्नो चुनावी एजेन्डा प्रस्तुत गर्दै पुराना राजनीतिक दलप्रति असन्तुष्टि जनाए। महेश यादवको सभापतित्वमा सम्पन्न उक्त सभामा उनले विगतका सरकारले जनअपेक्षाअनुसार काम गर्न नसकेको आरोप लगाए।

 

“पुरानै राजनीतिक शैलीबाट देशको समुचित विकास सम्भव छैन,” पन्तले भने, “नयाँ सोच, स्पष्ट भिजन र जनउत्तरदायी नेतृत्व आवश्यक छ। रास्वपा त्यसैका लागि चुनावी मैदानमा उत्रिएको हो।”

 

उनले मतदातालाई यसपटक मत परिवर्तन मार्फत देशमा ठोस परिवर्तनको आधार तयार गर्न आग्रह गरे। “जनताको अपेक्षा अनुसार काम गर्ने प्रतिबद्धतासहित हामी अघि बढेका छौं,” उनले दोहोर्‍याए।

 

कार्यक्रममा सहभागी स्थानीय वक्ताहरूले यसपटक घण्टी छापका उम्मेदवार पन्तलाई विजयी गराउन प्रतिबद्ध रहेको जनाए। उनीहरूले क्षेत्रीय विकास, रोजगारी सृजना र सुशासनका लागि पन्त नै उपयुक्त विकल्प भएको दाबी गरे।


त्यसैगरी, वीरगञ्ज महानगरपालिका वडा नम्बर–२२ जगरनाथपुरमा पनि रास्वपाले कोणसभा सम्पन्न गरेको छ। पार्टीका संयोजक युवराज पटेलको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा जिल्ला सभापति तथा उम्मेदवार हरि पन्त प्रमुख अतिथिका रूपमा सहभागी भए।

 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

पत्रकार धम्काउने जर्मनी दूतावासका प्रथम सचिवलाई कारबाही गर्न पत्रकार महासंघ युरोपको माग

वीरगंज । जर्मनीको बर्लिनस्थित नेपाली राजदूतावासका प्रथम सचिव रन्जन यादवले पत्रकार दीपेन्द्र गजुरेललाई धम्की दिएको आरोप लगाउँदै उक्त घटनाको निष्पक्ष छानबिन गरी कारबाही गर्न माग गरिएको छ।

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समाज

चिया चौतारो छाडेर,श्रमदानमाबाटै हुलाकी सडक सफा गर्दै सुवर्णपुरका स्थानीय

ठोरी । ठोरी गाउँपालिका–५ सुवर्णपुरस्थित ओरिया खोला पुल नजिकको बागमोर्चा क्षेत्रका स्थानीयवासीले शनिबार बिदाको समय सदुपयोग गर्दै हुलाकी सडक सरसफाइ गरेका छन।

विपद् राहत कोषमा मदिना जामे मस्जिदद्वारा १ लाख १ हजार रुपैयाँ सहयोग

वीरगञ्ज ।वीरगञ्ज महानगरपालिका–६ स्थित मदिना जामे मस्जिदले नेपाल सरकारको प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ लाख १ हजार रुपैयाँ सहयोग गरेको छ।

खेलकुद

ठोरीमा भदौ ६ देखि ७ ए–साइड फुटबल प्रतियोगिता संचालन हुने

वीरगंज । ठोरी गाउँपालिका–३, नयाँबस्ती ब्रह्मनगरमा रहेको आईटी कलेज खेल मैदानमा चौथो संस्करणको ७ ए–साइड फुटबल प्रतियोगिता आयोजना हुने भएको छ ।

नारायणी रंगशालाको स्तरउन्नतीकालागि १५ करोड बिनियोजन

वीरगंज । नेपालकै महत्वपूर्ण रंगशलाको रुपमा रहेको वीरगंजको नारायणी रंगशालाको र त्याहा रहेको बहुउद्धेश्यीय कर्भडहलको स्तरउन्नतीकोलागि १२ करोड ५० लाख रुपैयाँ बजेट विनियोजन भएको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.