logo

पर्सा क्षेत्र नं ३ मा एमाले उम्मेदवार पाण्डे सुरक्षीत, पाए आशीक अन्तरिम आदेश

 इसीमाना सम्वाददाता     २०८२ फागुन १७ गते ०४: ०१ मा प्रकाशित     356   पटक पढिएको

वीरगंज ।  पर्साको निर्वाचन क्षे नं ३ मा नेकपा एमालेका उम्मेदवार रुपेश पाण्डेको बिरुद्ध परेको रिटमा सर्वोच्च अदालतले अन्तरिम आदेश जारी गरेन । 


सर्वोच्च अदालतका न्यायधीश  हरिप्रसाद फुयाल, नित्यानन्द पाण्डेयको संयुक्त इजलाशले स्वय पाण्डेको पक्षमा भने आशीक अन्तरिम आदेश जारी गरेको छ ।

 
नेपाली कम्युनिष्ट पार्टीका उम्मेदवार छोटेलाल यादवले पाण्डेको उम्मेदवारी खारेजीको माँग गर्दै सर्वोच्च अदालतमा दायर गरेको रिटमा सुनवाई गर्दै अदालतले अन्तरिम आदेश जारी नहुने  भनेको हो ।

 

यादवले पाण्डेले उम्मेदवारको रुपमा निर्वाचन सहभागी हुन नपाउनकालागि अन्तरिम आदेश समेत माँग गरेका थिए ।

 

उम्मेदवार पाण्डेले भने नेपाल इन्भेष्टमेन्ट मेगा बैंक लिमिटेडको केन्द्रीय कार्यालय दरवारमार्ग , कर्जा सुरक्ष केन्द्र निर्वाचन आयोगको केन्द्रीय कार्यालय र निर्वाचन अधिकृतको कार्यालय पर्सा क्षेत्र नं ३ लाई बिपक्षी बनाई  अन्तरिम आदेश माँग गरेका थिए ।

 

अदालतले पाण्डेको पक्षमा भने आशीक अन्तरिम आदेश जारी गरेको छ । यो आंशीक अन्तरिम आदेशसंगै पाण्डे पूर्ण रुपमा सुरक्षीत रहेका छन ।

 

अदालतको आदेशसँगै पाण्डेमाथि लाग्दै आएको कानुनी अनिश्चितता अन्त्य भएको छ भने एमाले वृत्तले यसलाई “सत्यको जित” र “राजनीतिक षड्यन्त्रको पराजय” का रूपमा व्याख्या गरेको छ।

 

पर्सा–३ मा अब चुनावी प्रतिस्पर्धा कानुनी विवादबाट मुक्त भई प्रत्यक्ष राजनीतिक मुद्दामा केन्द्रित हुने देखिन्छ। सर्वोच्चको आदेशपछि रूपेश कुमार पाण्डेको उम्मेदवारीले नयाँ ऊर्जा पाएको छ भने समग्र निर्वाचन प्रक्रिया थप स्पष्ट र प्रतिस्पर्धात्मक बन्ने संकेत देखिएको छ।

तपाईं हामीसंग फेसबुक र ट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

पत्रकार धम्काउने जर्मनी दूतावासका प्रथम सचिवलाई कारबाही गर्न पत्रकार महासंघ युरोपको माग

वीरगंज । जर्मनीको बर्लिनस्थित नेपाली राजदूतावासका प्रथम सचिव रन्जन यादवले पत्रकार दीपेन्द्र गजुरेललाई धम्की दिएको आरोप लगाउँदै उक्त घटनाको निष्पक्ष छानबिन गरी कारबाही गर्न माग गरिएको छ।

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समाज

तरकारीका थोक कारोवारीलाई वीरगंज महानगरको २१ दिने अल्टिमेटम, व्यवस्थित थोक बजारमा जान निर्देश

वीरगंज । वीरगंज महानगरपालिकाले सडक तथा सार्वजनिक स्थानमा जथाभावी तरकारी तथा फलफूलको थोक बजार सञ्चालन नगर्न निर्देशन दिँदै व्यवसायीलाई २१ दिनभित्र तोकिएको स्थानमा स्थानान्तरण हुन अल्टिमेटम दिएको छ।

बारा–पर्साका ग्रामीण बस्ती जोड्न साझा यातायातको तयारी, अध्ययन समिति गठन

वीरगंज । बारा र पर्साका विभिन्न पालिकाका ग्रामीण बस्तीलाई सार्वजनिक यातायातमार्फत जोड्ने योजना अघि बढेको छ। वीरगंज महानगरपालिकासहित अन्तरपालिका सार्वजनिक यातायात सेवा सञ्चालन गर्ने तयारीसँगै आवश्यक अध्ययनका लागि समिति गठन गरिएको छ।

खेलकुद

चाफीमा फुटबलको रोमाञ्च, उद्घाटन खेलमै कञ्चनपुरको शानदार विजय

रंगपुर । पर्साको पटेर्वा सुगौली गाउँपालिका–२ स्थित चाफी खेलकुद मैदानमा विजया दशमी, दीपावली तथा छठ पर्वको अवसरमा खुला नकआउट फुटबल प्रतियोगिता सुरु भएको छ।

सेढवामा भेट्रान फुटबलको तयारी तीव्र, विजेतालाई ५० हजार पुरस्कार

वीरगन्ज । पर्साको जिराभवानी गाउँपालिका–२ सेढवामा जिराभवानी भेट्रान क्लबको आयोजनामा भेट्रान फुटबल प्रतियोगिता हुने भएको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.