logo

पर्सा क्षेत्र नं ३ मा एमाले उम्मेदवार पाण्डे सुरक्षीत, पाए आशीक अन्तरिम आदेश

 इसीमाना सम्वाददाता     २०८२ फागुन १७ गते ०४: ०१ मा प्रकाशित     219   पटक पढिएको

वीरगंज ।  पर्साको निर्वाचन क्षे नं ३ मा नेकपा एमालेका उम्मेदवार रुपेश पाण्डेको बिरुद्ध परेको रिटमा सर्वोच्च अदालतले अन्तरिम आदेश जारी गरेन । 


सर्वोच्च अदालतका न्यायधीश  हरिप्रसाद फुयाल, नित्यानन्द पाण्डेयको संयुक्त इजलाशले स्वय पाण्डेको पक्षमा भने आशीक अन्तरिम आदेश जारी गरेको छ ।

 
नेपाली कम्युनिष्ट पार्टीका उम्मेदवार छोटेलाल यादवले पाण्डेको उम्मेदवारी खारेजीको माँग गर्दै सर्वोच्च अदालतमा दायर गरेको रिटमा सुनवाई गर्दै अदालतले अन्तरिम आदेश जारी नहुने  भनेको हो ।

 

यादवले पाण्डेले उम्मेदवारको रुपमा निर्वाचन सहभागी हुन नपाउनकालागि अन्तरिम आदेश समेत माँग गरेका थिए ।

 

उम्मेदवार पाण्डेले भने नेपाल इन्भेष्टमेन्ट मेगा बैंक लिमिटेडको केन्द्रीय कार्यालय दरवारमार्ग , कर्जा सुरक्ष केन्द्र निर्वाचन आयोगको केन्द्रीय कार्यालय र निर्वाचन अधिकृतको कार्यालय पर्सा क्षेत्र नं ३ लाई बिपक्षी बनाई  अन्तरिम आदेश माँग गरेका थिए ।

 

अदालतले पाण्डेको पक्षमा भने आशीक अन्तरिम आदेश जारी गरेको छ । यो आंशीक अन्तरिम आदेशसंगै पाण्डे पूर्ण रुपमा सुरक्षीत रहेका छन ।

 

अदालतको आदेशसँगै पाण्डेमाथि लाग्दै आएको कानुनी अनिश्चितता अन्त्य भएको छ भने एमाले वृत्तले यसलाई “सत्यको जित” र “राजनीतिक षड्यन्त्रको पराजय” का रूपमा व्याख्या गरेको छ।

 

पर्सा–३ मा अब चुनावी प्रतिस्पर्धा कानुनी विवादबाट मुक्त भई प्रत्यक्ष राजनीतिक मुद्दामा केन्द्रित हुने देखिन्छ। सर्वोच्चको आदेशपछि रूपेश कुमार पाण्डेको उम्मेदवारीले नयाँ ऊर्जा पाएको छ भने समग्र निर्वाचन प्रक्रिया थप स्पष्ट र प्रतिस्पर्धात्मक बन्ने संकेत देखिएको छ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

समाज

पर्सागढीबाट जुवाडे पक्राउ सार्बजनिक शान्ति विरुद्दको कसुरमा मुद्धा चल्ने

वीरगंज । पर्सागढीको विरुवागुठीमा दिलमाया तामाङले सञ्चालन गरेकी गौरो कटेज खाजा पसलबाट चार जना ब्यक्तिहरु जुवा खेलीरहेको अवस्थामा पक्राउ परेका छन ।

महोत्तरीमा मोटरसाइकल दुर्घटनामा परि एसइ परिक्षा दिएर फर्किएका बिद्यार्थीको मृत्यु

बर्दिवास । महोत्तरीको जलेश्वर बर्दिबास सडकखण्डको बथनाहा मा मोटरसाइकल दुर्घटनामा परि तीन जना बिद्यार्थीको मृत्यु भएको छ ।

खेलकुद

नवौँ गोलबजार मेयर गोल्डकप फुटबल प्रतियोगितामाअ आज  चात्यासा फुटबल क्लब र विराटनगर भिड्ने

गोलबजार  । सिरहाको गोलबजार नगरपालिकाद्वारा आयोजित नवौँ गोलबजार मेयर गोल्डकप फुटबल प्रतियोगिताको दोस्रो दिनको खेलमा सलहेश युवा क्लब, सिरहा विजयी भएको छ।

गोलबजार मेयर गोल्ड कप चैत तेस्रो सातादेखि, बिजेताले ४ लाख ४४ हजार ४ सय ४४ रुपैया पुरस्कार पाउने

गोबजार ।  नवौँ संस्करणको मेयर गोल्ड कप फुटबल प्रतियोगिता चैत २३ देखि २९ गतेसम्म सञ्चालन हुने भएको छ । गोलबजार नगरपालिकाले पत्रकार सम्मेलनमार्फत प्रतियोगिताको तालिका सार्वजनिक गरेको हो ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.