logo

ग्यासकै लागि मन्त्री परिवर्तन गर्दै जाने हो भने ग्यासको लाइनभन्दा मन्त्रीहरूको लाइन लामो हुनेछः आशिका तामाङ

 इसीमाना सम्वाददाता     २०८३ भदौ २६ गते ०२: ५४ मा प्रकाशित     202   पटक पढिएको

काठमाडौँ । सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद आशिका तामाङले बजारमा ग्यासको अभाव हुँदा पनि सरकारले समस्या समाधान गर्न चासो नदिएको भन्दै आलोचना गरेकी छन् ।

 

शुक्रबार प्रतिनिधिसभाको बैठकमा बोल्दै सांसद तामाङले ग्यासको अभावका कारण सर्वसाधारण समस्यामा परेको बताइन् । उनका अनुसार पसलमा ग्यास भए पनि व्यवसायीले बिक्री नगर्दा उपभोक्ता थप समस्यामा परेका छन् ।

 

उनले भनिन्, ‘मलाई दिनमा हजारौँ फोन आउँछन् । आशिका दिदी, पसलमा ग्यास छ तर पसलेले ग्यास बेच्न मान्दैनन् भनेर जनताले गुनासो गरिरहेका छन्।’

 

सांसद तामाङले सरकारभन्दा बिचौलिया र माफिया शक्तिशाली भएको हो कि भन्दै प्रश्न गरिन् । जनताले दुई तिहाइ मत दिएर सरकारमा पठाए पनि अहिले जनताले ग्यास नपाएर दाउरा खोजेर खाना पकाउनुपर्ने अवस्था आउनु दुःखद भएको उनको भनाइ थियो ।

 

‘के यो देशमा सरकारभन्दा ठूलो माफिया नै हो त ? जनताले दुई तिहाइ मत दिएर पठाएको सरकारले आज जनतालाई दाउरा खोजेर भात पकाएर खाऊ भन्नुपर्ने हो ?’ उनले प्रश्न गरिन् ।

 

ग्यासका लागि सर्वसाधारणले लामो लाइन बस्नुपर्ने अवस्था रहे पनि सरकार भने मन्त्री परिवर्तनमै व्यस्त रहेको भन्दै उनले व्यङ्ग्य गरिन् ।

 

‘महिनैपिच्छे ग्यासकै लागि मन्त्री परिवर्तन गर्दै जाने हो भने ग्यासको लाइनभन्दा मन्त्रीहरूको लाइन लामो हुनेछ, सभामुख महोदय,’ उनले भनिन् ।

 

सांसद तामाङले बजारमा वास्तवमै ग्यासको अभाव भएको हो भने सरकारले स्पष्ट रूपमा घोषणा गरेर जनतालाई वास्तविक अवस्था जानकारी गराउनुपर्ने बताइन् ।

 

उनले सरकार जनताको समस्या र पिरमर्काप्रति संवेदनशील हुन नसकेको आरोप लगाउँदै ग्यासको आपूर्ति सहज बनाउन तत्काल आवश्यक कदम चाल्न माग गरिन् ।

तपाईं हामीसंग फेसबुक र ट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

पत्रकार धम्काउने जर्मनी दूतावासका प्रथम सचिवलाई कारबाही गर्न पत्रकार महासंघ युरोपको माग

वीरगंज । जर्मनीको बर्लिनस्थित नेपाली राजदूतावासका प्रथम सचिव रन्जन यादवले पत्रकार दीपेन्द्र गजुरेललाई धम्की दिएको आरोप लगाउँदै उक्त घटनाको निष्पक्ष छानबिन गरी कारबाही गर्न माग गरिएको छ।

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समाज

बारा–पर्साका ग्रामीण बस्ती जोड्न साझा यातायातको तयारी, अध्ययन समिति गठन

वीरगंज । बारा र पर्साका विभिन्न पालिकाका ग्रामीण बस्तीलाई सार्वजनिक यातायातमार्फत जोड्ने योजना अघि बढेको छ। वीरगंज महानगरपालिकासहित अन्तरपालिका सार्वजनिक यातायात सेवा सञ्चालन गर्ने तयारीसँगै आवश्यक अध्ययनका लागि समिति गठन गरिएको छ।

घटस्थापनासँगै बडादशैँ सुरु, घरघरमा जमरा राखियो

वीरगञ्ज । नेपालीहरूको महान् पर्व बडादशैँ आज घटस्थापनासँगै सुरु भएको छ। आश्विन शुक्ल प्रतिपदाका दिन मनाइने घटस्थापनाको अवसरमा देशभरका घरघरमा विधिपूर्वक पूजा–आराधना गरी जमरा राखिएको छ।

खेलकुद

चाफीमा फुटबलको रोमाञ्च, उद्घाटन खेलमै कञ्चनपुरको शानदार विजय

रंगपुर । पर्साको पटेर्वा सुगौली गाउँपालिका–२ स्थित चाफी खेलकुद मैदानमा विजया दशमी, दीपावली तथा छठ पर्वको अवसरमा खुला नकआउट फुटबल प्रतियोगिता सुरु भएको छ।

सेढवामा भेट्रान फुटबलको तयारी तीव्र, विजेतालाई ५० हजार पुरस्कार

वीरगन्ज । पर्साको जिराभवानी गाउँपालिका–२ सेढवामा जिराभवानी भेट्रान क्लबको आयोजनामा भेट्रान फुटबल प्रतियोगिता हुने भएको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.