काठमाण्डौं । आइतबार राजधानीको संवाद डबलीमा भएको कार्यक्रममा त्रिपाठीले नागरिकले बोल्न पाउने अधिकारको हनन गरेकोसमेत आरोप लगाएका छन् ।
राष्ट्रिय जागरण अभियानका संयोजकसमेत रहेका परियारको कोही छैन भनेर राज्यले उनको आवाज थुनेर अरुलाई तर्साउन खोजेको त्रिपाठीको दाबी छ ।
“अरु शक्तिसालीहरुलाई छुननसक्ने, रास्वपाका अराजक व्यक्तिको संरक्षण गर्ने तर जनक जस्तो दुर्गमबाट आएको दलितको छोरो भनेर ‘होचाको मुखमा घोचो’ गरेर सरकारले ठूलो भूल गरेको छ, यदि त्यस्तो हो भने अब हामी उनको साथमा छौं” त्रिपाठीले भने ।
सत्तासीनहरुले नागरिकको आलोचनालाई सुझाव ठान्नुको सट्टा चुनौतिकारुपमा लिएर आवाज थुन्ने कार्यले उसको असफलता निश्चित भएको त्रिपाठीको कथन छ ।
अधिवक्ता यमकुरमारी ददेलले जनक परियारलाई थुनेर जनताको वाक तथा अभिव्यक्ति स्वतन्त्रतालाई कुण्ठित गर्न खोजेको जनाईन् ।
ददेलले परियारलाई पक्राउ गर्दा ‘जरुरी पक्राउ पूर्जि’ थमाएर गिरफ्तार गर्नु राज्यको तानाशही कदम भएको बताइन ।
जरुरी पक्राउपूर्जी जघन्य अपराधका आरोपीलाई मात्रै दिने कानुनी व्यवस्थालाई लत्याउँदै राज्यले शक्तिको दुरुपयोग गरेको ददेलको भनाई छ ।
दलित मुक्ति अभियानका दलमर्दन कामीले राज्यले तमाम शक्तिशाली व्यक्तिहरुलाई छुन नसकेर जनकलाई कमजोर ठानेर गिरफ्तार गरेको आरोप लगाए ।
श्रम संस्कृति पार्टीका युवा नेता निर्मल परियारले सरकारले राहत तथा उद्धार कार्यमा भएको उदाशिनता तथा सरकारका जनविरोधी कदमको विरोध गर्दा नागरिक थुन्ने विषय गम्भीर रहेको जनाए ।
बालेन सरकारले आफ्ना जनविरोधी हर्कतको ढाक–छोप गर्न जनक लगायतका नागरिकको आवाज थुन्ने कार्य गरेको आरोप लगाए ।
दलित अभियान्ता गणेश गोतामेले जनकलाई मात्रै राज्यले बारबार गिरफ्तार गर्ने विषयले सिंगो दिलित समुदाको रास्वपा सरकारप्रति गम्भिर प्रश्न खडा भएको बताए ।
राष्ट्रिय जागरण अभियानका संयोजकसमेत रहेका जनक परियारलाई शनिबार दिउँसो संवाद डबलीमा समसामयीक राजनीतिक विषयमा कार्यक्रम सम्पन्न गरिसकेपछि साँझा ५ः४५ बजे डबली प्राणङगण अनामनगरबाट प्रहरी परिसर भद्रकालीबाट आएको टोलिले गिरफ्तार गरेको थियो ।
तपाईको प्रतिक्रिया