सुवर्णपुर १२ चैत ।
पर्साको जीतपुर गाउँ बिकास समिति खुल्ला दिशा मुक्त गाउँ बिकास समिति हुने तैयारी अन्तिम चरण मा पुगेको छ।
डिवास सीसीले आज गरेको अनुगमनको क्रममा खुल्ला दिशा मुक्त घोषणाको तैयारी अन्तिम चरणमा पुगेको पाइएको हो।
उक्त गाबिस मा १ हजार ७ घरधुरी रहेकोमा सबै घरमा शैचालय बनी प्रयोगमा आइसकेको पाइएको अनुगमना सहभागी एकले जनाए। जितपुर गाबिस लाई यहि चैत्र मसान्त भित्रमा घोषणा गरिने गाबिस सचिव माधव पोखरेलले जानकारी दिए ।
अनुगमन टोलिमा युएन हैबिटेट का पर्सा संयोजक सरोज चौरसिया , गाबिस सचिव माधव पोखरेल ,जिल्ला शिक्षा कार्यालय पर्साका प्रतिनिधि छोटेलाल प्रसाद,बिकास नेपालका शिवनाथ यादव,जिल्ला जन स्वास्थका प्रतिनिधि अनिल सिंह ,जिल्ला समन्वय समितीका प्रतिनिधि बिनोद पाण्डे ,ईलाका प्रहरी कार्यालय सेढवाका प्रनानी भानुभक्त आचार्य , नेपाल पत्रकार महासघ पर्साका सचीव युराज खड्का , कृष्ण मोहन साह, ओम प्रकाश चौधरी लगाएतको उपस्थित रहेको थियो।
तपाईको प्रतिक्रिया