logo

ठोरी वृद्धाश्रमको अक्षय कोषमा  श्रेष्ठद्वारा १ लाख १० हजार सहयोग

 इसीमाना सम्वाददाता     २०८३ असोज ११ गते ०८: २६ मा प्रकाशित     50   पटक पढिएको

ठोरी । ठोरी वृद्धाश्रमको दिगो व्यवस्थापनका लागि अक्षय कोष स्थापना गर्न सञ्चालन भइरहेको ‘रु. ५ अभियान’मा ठोरी गाउँपालिका–४, विजयबस्ती निवासी होमबहादुर श्रेष्ठले १ लाख १० हजार रुपैयाँ सहयोग गर्नुभएको छ ।

 

अभियान सुरु भएयता प्राप्त सहयोगमध्ये श्रेष्ठको यो हालसम्मकै ठूलो सहयोग भएको अभियानका सञ्चालक सन्तोष श्रेष्ठले बताए  ।

 

असहाय, अशक्त तथा वृद्धवृद्धाको दीर्घकालीन व्यवस्थापनका लागि अक्षय कोष स्थापना गर्ने उद्देश्यले सञ्चालन गरिएको अभियानप्रति श्रेष्ठ सुरुदेखि नै सकारात्मक रहँदै आएका थिए  ।

 

अक्षय कोषमा २० लाख रुपैयाँ पुर्‍याउने लक्ष्य रहेको र लक्ष्य पूरा गर्न केही रकम अपुग रहेको जानकारी पाएपछि उनले १ लाख १० हजार रुपैयाँ सहयोग गरेको सञ्चालक श्रेष्ठले जानकारी दिए  ।

 


सञ्चालक श्रेष्ठले आफ्नो फेसबुक पेजमार्फत सहयोगबारे सार्वजनिक जानकारी गराएपछि सामाजिक सञ्जालमा होमबहादुर श्रेष्ठको मानवीय सेवाप्रतिको योगदानको प्रशंसा भइरहेको छ ।

 

सहयोगदाता श्रेष्ठ पूर्व राष्ट्रिय बीमा संस्थानका कर्मचारी, निर्माण व्यवसायी तथा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ठोरी गाउँपालिका–४ वडा कार्यसमितिका सभापतिसमेत हुन  ।

 

अक्षय कोषमा प्राप्त हुने सहयोगले वृद्धाश्रमको नियमित सञ्चालन तथा असहाय, अशक्त र ज्येष्ठ नागरिकको दीर्घकालीन व्यवस्थापनमा महत्वपूर्ण योगदान पुग्ने अभियानले जनाएको छ ।

तपाईं हामीसंग फेसबुक र ट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

पत्रकार धम्काउने जर्मनी दूतावासका प्रथम सचिवलाई कारबाही गर्न पत्रकार महासंघ युरोपको माग

वीरगंज । जर्मनीको बर्लिनस्थित नेपाली राजदूतावासका प्रथम सचिव रन्जन यादवले पत्रकार दीपेन्द्र गजुरेललाई धम्की दिएको आरोप लगाउँदै उक्त घटनाको निष्पक्ष छानबिन गरी कारबाही गर्न माग गरिएको छ।

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समाज

वीरगंजमा मालपाेत कर अब वडामै संकलन गरिने

वीरगंजमा मालपाेत कर अब वडामै संकलन गरिने

२५ वर्षे शैक्षिक सेवा पूरा गरेका प्रधानाध्यापक भोजराज गौतमको सम्मानसहित बिदाइ

रंगपुर । पर्साको पटेर्वा सुगौली गाउँपालिका–२ रंगपुरस्थित श्री नेपाल राष्ट्रिय माध्यमिक विद्यालयले करिब २५ वर्ष लामो शैक्षिक सेवा पूरा गरेका प्रधानाध्यापक भोजराज गौतमलाई सम्मानसहित बिदाइ गरेको छ।

खेलकुद

सेढवामा भेट्रान फुटबलको तयारी तीव्र, विजेतालाई ५० हजार पुरस्कार

वीरगन्ज । पर्साको जिराभवानी गाउँपालिका–२ सेढवामा जिराभवानी भेट्रान क्लबको आयोजनामा भेट्रान फुटबल प्रतियोगिता हुने भएको छ।

सिमरामा अन्तर्राष्ट्रिय आमन्त्रण महिला फुटबल प्रतियोगिता हुँदै

सिमरा । बाराको सिमरामा असोज १० देखि १७ गतेसम्म ‘एक्स्ट्रिम जीतपुरसिमरा अन्तर्राष्ट्रिय आमन्त्रण महिला फुटबल प्रतियोगिता’ हुने भएको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.