logo

कोहडीमा टोलबिकास संस्था गठन

      4/23/2017 गते 00 00 मा प्रकाशित     1757   पटक पढिएको

वीरगन्ज, १० बैशाख
    पर्साको साविक उदयपुरघुर्मी गाविस हालको वीरगन्ज उपमहानगरपालिकाको वडा नम्बर २७ मा स्थानीयको सहभागीतामा दुईवटा टोल विकास संस्था गठन भएको छ । युनिसेफको सहयोग र वीरगन्ज उपमहानगरपालिकाको अगुवाईमा एकै पटक दुईवटा टोल विकास सस्था गठन भएको हो । आफ्नो टोलका सरसफाइ लगायत वास्तविक समस्या पहिचान गरी विकासको गतिमा तीव्ररुपले अगाडी बढाउन स्थानीय नै अग्रसर हुनुपर्ने संघिय नियम अनुसार नगरका सबै वडाहरुमा स्थानीयकै सहभागीतामा टोल विकास संस्था गठन गरिएको वीरगन्ज उपमहानगरपालिकाका प्रमुख कार्यकारी अधिकृत पिताम्बर अधिकारीले बताए । उदयपुरघुर्मीको कुहडी टोलमा गठित दुईवटा टोल विकास संस्थामा रामरहिम टोल विकास संस्था र बजरंग टोल विकास संस्था रहेको उनको भनाइ छ । निर्विरोध गठन भएका टोल विकास संस्थामा रामरहिम टोल विकास संस्थाको अध्यक्ष महमद अलि हुसेन र बजरंग टोल विकास संस्थाको अध्यक्ष धनन्जय यादव रहेका छन् । उनीहरुको नेतृत्वमा ११ ⁄११ सदस्य कमिटि निर्विरोध गठन भएको वीरगन्ज उपमहानगरपालिकाका सामाजिक शाखा प्रमुख सुनिल कर्णले बताएका छन् । सो संस्थाको गठनमा कार्यक्रममा नेपाल पत्रकार महासंघका पूर्व अध्यक्ष केसी लामिछाने, उपाध्यक्ष मायामितु न्यौपाने सह सचिव आर.के पटेल पत्रकारहरु बिजय भण्डारी रितेश त्रिपाठप् वीरगन्ज उपमहानगरपालिकाका राजकृष्ण ताम्राकार, साविक उदयपुर गाउ विकास समितिका पूर्व अध्यक्ष नागेन्द्र यादव, एमालेका स्थानीय नेता प्रभु पासवान, उदयपुरघुर्मी वडाका वडा सचिव दिपेन्द्र पटेल, सो वडाका सामाजिक परिचालक राज बहादुर यादव लगायतको सहभागीता रहेको थियो । कार्यक्रममा टोल बिकास संसंस्थाको उद्धेश्यमाथि सामाजिक बिकासका ज्ञाता तवरेज अहमदले प्रकाश पारेका थिए । टोल किास संस्थाको माध्यमले स्थानीय स्तरमा सरसफाईमा बिशेष ध्यान दिन आफना समस्याहरुको हलका निम्ति पहल लिन स्थानीय समुदाय अग्रसर होउन भन्ने उद्धेश्यले काम गरिएको परामर्शदाता महेश अर्यालले बताए ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

पत्रकार धम्काउने जर्मनी दूतावासका प्रथम सचिवलाई कारबाही गर्न पत्रकार महासंघ युरोपको माग

वीरगंज । जर्मनीको बर्लिनस्थित नेपाली राजदूतावासका प्रथम सचिव रन्जन यादवले पत्रकार दीपेन्द्र गजुरेललाई धम्की दिएको आरोप लगाउँदै उक्त घटनाको निष्पक्ष छानबिन गरी कारबाही गर्न माग गरिएको छ।

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समाज

प्रधानमन्त्री राहतकोषमा बिभन्न बैक, मधेश प्रदेशका पदाधिकारी र ब्यक्तिद्वारा सहयोग रकम उपलब्ध गराइदै

वीररगंज ।ग्लोबल आइएमई बैंकले भोटेकोशी नदीको भीषण बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत तथा पुनर्स्थापनाका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ५ करोड रुपैयाँ सहयोग गर्ने घोषणा गरेको छ ।

जन्मदिनको खर्च कटौती गरेर मातृभूमीमा परेको संकटमा राहतकालागि नेपालले गरे १ लाख सहयोग दिने निर्णय

वीरगंज । नेपालमा बाढी पहिरोबाट सृजीत दुख्द अवस्थाबाट प्रभावित नागरिकको राहत र उद्धारकालागि बेल्जीयमको लुभेन शहर निवासी लोकेन्द्र नेपालले १ लाख रुपैया सहयोग गर्ने भएका छन ।

खेलकुद

ठोरीमा भदौ ६ देखि ७ ए–साइड फुटबल प्रतियोगिता संचालन हुने

वीरगंज । ठोरी गाउँपालिका–३, नयाँबस्ती ब्रह्मनगरमा रहेको आईटी कलेज खेल मैदानमा चौथो संस्करणको ७ ए–साइड फुटबल प्रतियोगिता आयोजना हुने भएको छ ।

नारायणी रंगशालाको स्तरउन्नतीकालागि १५ करोड बिनियोजन

वीरगंज । नेपालकै महत्वपूर्ण रंगशलाको रुपमा रहेको वीरगंजको नारायणी रंगशालाको र त्याहा रहेको बहुउद्धेश्यीय कर्भडहलको स्तरउन्नतीकोलागि १२ करोड ५० लाख रुपैयाँ बजेट विनियोजन भएको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.