logo

अधिवक्ता गुप्ताको परिवारले बुवाको सम्झनामा आमाको माया छात्रावासका बिद्यार्थीलाई खाना र छात्रावासलाई  सहयोग हस्तान्तरण

 इसीमाना सम्वाददाता     २०८३ भदौ ६ गते ०५: २२ मा प्रकाशित     248   पटक पढिएको

वीरगंज । वीरगञ्ज कपडा बैंकका संस्थापक सल्लाहकार एवं नेपाल बार एसोसिएसन पर्साका पूर्वअध्यक्ष समाजसेवी अधिवक्ता पन्नालाल गुप्ताले आफ्ना स्वर्गीय बुवा रघुनाथ साह कानुको स्मृतिमा ‘आमाको माया छात्रावास, वीरगञ्जका विद्यार्थीलाई  भोजन गराएका छन ।

 

साथै उनले  छात्रावासलाई एउटा प्रेसर कुकर र एउटा साउन्ड सिस्टमसमेत सहयोग स्वरुप उपलब्ध गराएका छन ।

 

अधिवक्ता गुप्ताको परिवारका  सदस्य समेत उपस्थित थिए। सबैसँगै बसेर आफ्नै हातले खाना खुवाएपछि उनले छात्रावास प्रमुख सुजल चौधरीलाई सहयोगका सामग्री हस्तान्तरण गरे।

 

असहाय र पीडामा परेका मानिसहरूको सेवा गर्नुपर्छ भन्ने बुवाको निर्देश सम्झदै उनले भने “दान–पुण्य गर्दा कहिल्यै कमी हुँदैन, बरु वृद्धि हुन्छ”।

 

उनले बुवाको आर्दशलाई सम्झदै भने त्यसैले हाम्रो सम्पूर्ण परिवार नै सेवाभावमा समर्पित छ।

 

यो आश्रम मेरो घरबाट केही मिनेटको दूरीमा छ  आश्रम वास्तवमै मानवताको मन्दिर हो उनले भने “यहाँ देशभरिका असहाय तथा अनाथ बालबालिकालाई आश्रय दिएर खाना, कपडा र शिक्षा प्रदान गर्दै असल नागरिक बनाउने काम भइरहेको छ”। 

 

अधिवक्ता गुप्ताले आश्रम सञ्चालन गर्ने परिवार तथा सहयोग गर्ने सबैप्रति धन्यवाद व्यक्त गरे। आगामी दिनमा पनि आवश्यकता परेको अवस्थामा हाम्रो परिवार आश्रमको साथमा रहनेछ। सबैलाई यस महान् कार्यमा हातेमालो गर्न आग्रह गर्दछु उनले भने ।”

 

त्यस अवसरमा छात्रावास प्रमुख सुजल चौधरीले गुप्ता परिवारप्रति आभार व्यक्त गर्दै भन्नुभयो, “गुप्ता परिवार यहाँ आएर बालबालिकासँग प्रेमपूर्वक मिठो खाना खुवाउनुभयो।

 

आश्रमका लागि आवश्यक प्रेसर कुकर र साउन्ड सिस्टमसमेत प्रदान गर्नुभयो र आगामी दिनमा पनि साथ दिने प्रतिबद्धता व्यक्त गर्नुभयो। यसका लागि सम्पूर्ण गुप्ता परिवारलाई हृदयदेखि धन्यवाद दिन चाहन्छु।

 

‘आमाको माया छात्रावास’को सुरुवात वीरगञ्जबाट भएको हो र अहिले देशभरि ३२ बाल शाखा तथा ३ बालिका शाखासहित ३५ वटा शाखा सञ्चालनमा छन्। ३५० भन्दा बढी असहाय बालबालिकालाई आश्रय दिएर शिक्षा प्रदान गरिँदै आएको छ। 

 

कार्यक्रममा वीरगञ्ज कपडा बैंकका अध्यक्ष तथा सामाजिक अभियन्ता लालबाबु सिंह पनि उपस्थित थिए । 

तपाईं हामीसंग फेसबुक र ट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

पत्रकार धम्काउने जर्मनी दूतावासका प्रथम सचिवलाई कारबाही गर्न पत्रकार महासंघ युरोपको माग

वीरगंज । जर्मनीको बर्लिनस्थित नेपाली राजदूतावासका प्रथम सचिव रन्जन यादवले पत्रकार दीपेन्द्र गजुरेललाई धम्की दिएको आरोप लगाउँदै उक्त घटनाको निष्पक्ष छानबिन गरी कारबाही गर्न माग गरिएको छ।

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समाज

पञ्चगावामा दुई महिलासहित २५ जना स्थानीय युवाले रक्तदान गरे

पचगावा । पर्साको सखुवा प्रसौनी गाउँपालिका–२ पञ्चगावामा आयोजित रक्तदान कार्यक्रममा २५ जनाले रक्तदान गरेका छन्।

पर्यटन प्रर्वद्धनमा हिडेका  बाइक राइडरलाई ठोरीमा भव्य स्वागत

ठोरी । पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले ठोरी आइपुगेका बाइक राइडरहरूलाई ठोरीमा भव्य स्वागत गरिएको छ।

खेलकुद

सेढवामा भेट्रान फुटबलको तयारी तीव्र, विजेतालाई ५० हजार पुरस्कार

वीरगन्ज । पर्साको जिराभवानी गाउँपालिका–२ सेढवामा जिराभवानी भेट्रान क्लबको आयोजनामा भेट्रान फुटबल प्रतियोगिता हुने भएको छ।

सिमरामा अन्तर्राष्ट्रिय आमन्त्रण महिला फुटबल प्रतियोगिता हुँदै

सिमरा । बाराको सिमरामा असोज १० देखि १७ गतेसम्म ‘एक्स्ट्रिम जीतपुरसिमरा अन्तर्राष्ट्रिय आमन्त्रण महिला फुटबल प्रतियोगिता’ हुने भएको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.