logo

सूचना प्रवाह प्रभावकारी बनाउन महोत्तरीमा सूचना अधिकारीको बैठक सम्पन्न, सूचना छिटो, छरितो र पारदर्शी रूपमा उपलब्ध गराउने निर्णय

      २०८३ भदौ ४ गते ०४: २८ मा प्रकाशित     42   पटक पढिएको

वीरगञ्ज । महोत्तरीका सबै कार्यालयका सूचना अधिकारी सहितको बैठकले सार्वजनिक निकायबाट नागरिकले मागेको सूचना छिटो, छरितो र पारदर्शी रूपमा उपलब्ध गराउने निर्णय गरेको छ । 


बैठकले  कार्यालयका कामकारबाहीलाई थप जवाफदेही बनाउने उद्देश्यले  बैठकले सातबुँदे निर्णय गरेको छ।

 

सूचना अधिकारीहरूको बैठकले विगतमा प्राप्त भएका सूचना मागसम्बन्धी निवेदन तथा उपलब्ध गराइएको सूचना विवरणको समीक्षा गर्दै आगामी दिनमा कानुनबमोजिम सूचना मागकर्तालाई छिटो र पारदर्शी रूपमा सूचना उपलब्ध गराउने निर्णय गरेको हो।

 

बैठकले कार्यालयबाट सम्पादन भएका मुख्य–मुख्य कार्य, नागरिक वडापत्र तथा स्वीकृत कार्यक्रमहरूको विवरण कार्यालयको आधिकारिक वेबसाइट र फेसबुक पेजमा नियमित रूपमा अद्यावधिक गर्ने निर्णय गरेको छ।

 

त्यसैगरी, सूचनाको हक सम्बन्धी ऐन, २०६४ को दफा ५ बमोजिम प्रत्येक तीन–तीन महिनामा गर्नुपर्ने स्वतः प्रकाशनको विवरण परिमार्जन गरी नियमित रूपमा कार्यालयको वेबसाइटमा राख्ने निर्णय गरिएको छ। ऐनले सार्वजनिक निकायलाई आफ्ना सम्बन्धित सूचना अद्यावधिक गरी तोकिएका विवरण प्रकाशन गर्नुपर्ने व्यवस्था गरेको छ।

 

बैठकले २०८३ बैशाख १ गते देखी ०८३ साउन ३१  गतेसम्म माग भएका सूचनाको वर्गीकरण गरी अभिलेख तथा तथ्याङ्क राख्ने निर्णयसमेत गरेको छ। दिन नमिल्ने सूचना माग भए त्यसको विवरणसमेत अभिलेख राखी जिल्ला प्रशासन कार्यालय, महोत्तरीमा जानकारी पठाउने निर्णय भएको  छ।

 

यसैगरी जिल्लास्थित सम्पूर्ण सरकारी कार्यालयका सूचना अधिकारीको विवरण जिल्ला हुलाक कार्यालय, महोत्तरीले अद्यावधिक गरी आफ्नो वेबसाइटमार्फत सार्वजनिक गर्ने निर्णय भएको छ।

 

बैठकले कार्यालयमा रहेका भौतिक अभिलेखको डिजिटाइजेसन तथा संरक्षणसम्बन्धी कार्य नियमित रूपमा अघि बढाउने र सेवाग्राहीसँग आउने फोन तथा कार्यालयको आधिकारिक इमेलमा प्राप्त पत्रहरूको जवाफ समयमै दिने निर्णय पनि गरेको छ।

 

सूचनाको हकसम्बन्धी कानुनी व्यवस्थाअनुसार प्रत्येक नेपाली नागरिकलाई सार्वजनिक निकायमा रहेको सूचनामा पहुँचको हक छ। सार्वजनिक निकायले सूचना प्रवाहका लागि सूचना अधिकारीको व्यवस्था गर्नुपर्ने कानुनी प्रावधानसमेत रहेको छ।

 

बैठकमा महोत्तरीका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादव , प्रहरी प्रमुख लगायतको उपस्थिति रहेको थियो ।

May be an illustration of text

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

पत्रकार धम्काउने जर्मनी दूतावासका प्रथम सचिवलाई कारबाही गर्न पत्रकार महासंघ युरोपको माग

वीरगंज । जर्मनीको बर्लिनस्थित नेपाली राजदूतावासका प्रथम सचिव रन्जन यादवले पत्रकार दीपेन्द्र गजुरेललाई धम्की दिएको आरोप लगाउँदै उक्त घटनाको निष्पक्ष छानबिन गरी कारबाही गर्न माग गरिएको छ।

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समाज

पत्रकारद्वय गुप्ता र सर्राफलाई साधारण तारेखमा रिहा गर्न पर्सा जिल्ला अदालतको आदेश

वीरगञ्ज । पत्रकार राहुल गुप्ता र श्याम सर्राफ पर्सा जिल्ला अदालतबाट साधारण तारेखमा रिहा भएका छन । उनीहरु बिरुद्ध पर्सा क्षेत्र नं १ का साँसद बुद्धिप्रसाद पन्तले बिधुतीय कारोवार ऐन अन्र्तगत मुद्धा  गरेका थिए ।

सात विश्व कीर्तिमान बनाएका डा.आशिश विष्ट देशको सेवा गर्न भन्दै नेपाल फर्किए

काठमाडौं । डा.आशिष विष्टले आफूले विश्वस्तरमा सात वटा शैक्षिक कीर्तिमान तथा ४ वटा ग्लोबल उपाधि हासिल गरेको प्रमाणहरु सार्वजनिक गरेका छन् ।

खेलकुद

ठोरीमा भदौ ६ देखि ७ ए–साइड फुटबल प्रतियोगिता संचालन हुने

वीरगंज । ठोरी गाउँपालिका–३, नयाँबस्ती ब्रह्मनगरमा रहेको आईटी कलेज खेल मैदानमा चौथो संस्करणको ७ ए–साइड फुटबल प्रतियोगिता आयोजना हुने भएको छ ।

नारायणी रंगशालाको स्तरउन्नतीकालागि १५ करोड बिनियोजन

वीरगंज । नेपालकै महत्वपूर्ण रंगशलाको रुपमा रहेको वीरगंजको नारायणी रंगशालाको र त्याहा रहेको बहुउद्धेश्यीय कर्भडहलको स्तरउन्नतीकोलागि १२ करोड ५० लाख रुपैयाँ बजेट विनियोजन भएको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.