वीरगन्ज। सरकारले मोहम्मद जयन्तीको अवसरमा बुधबार नेपाली मुस्लिम धर्मावलम्बीका लागि सार्वजनिक बिदा दिने निर्णय गरेको छ।
गृह मन्त्रालयले मंगलबार सूचना जारी गर्दै मोहम्मद जयन्तीका दिन मुस्लिम समुदायका लागि मात्रै सार्वजनिक बिदा दिइएको जनाएको हो।
वि=सं= २०८२ फागुन १८ गते नेपाल राजपत्रमा प्रकाशित सूचनाअनुसार मोहम्मद जयन्तीका अवसरमा नेपाली मुस्लिम धर्मावलम्बीका लागि सार्वजनिक बिदा दिने व्यवस्था छ।
मुस्लिम आयोगबाट बुधबार मोहम्मद जयन्ती परेको जानकारी प्राप्त भएपछि सोही व्यवस्थाअनुसार बिदा दिने निर्णय गरिएको गृह मन्त्रालयले जनाएको छ।
मन्त्रालयले मोहम्मद जयन्तीको अवसरमा देश तथा विदेशमा रहेका सम्पूर्ण मुस्लिम धर्मावलम्बीमा शुभकामना समेत व्यक्त गरेको छ।
तपाईको प्रतिक्रिया