logo

ज्याला माग्दा महिला श्रमीक उपर हिंसा

      4/28/2017 गते 00 00 मा प्रकाशित     2260   पटक पढिएको

रशना ढकाल  
काठमाण्डौ १५ बैशाख ।  
मनोरन्जन क्षेत्रमा भैरहेको श्रम शोषणको विरुद्ध सरकारले नै कडा कदम चाल्नु पर्ने मनोरन्जन क्षेत्रमा कार्यरत श्रमिक महिलाहरुले बताएका छन् । 
  १२८ औ अन्तराष्ट्रिय श्रम दिवसको सन्दर्भ पारेर महिलाको निम्ति महिला मञ्च नेपालले आयोजना गरेको श्रम अधिकार तथा श्रम शोषण विरुद्ध न्यायिक पहलको  कार्यक्रममा श्रमिक महिलाहरुले यस्तो बताएका हुन । 
सरकारले, श्रमिकले पाउनु पर्ने न्युनतम ज्याला ९ हजार ७ सय  तोके पनि मनोरन्जन क्षेत्रमा सरकारी नियम लागु भएको छैन ,  न्यूनतम ज्याला लागु हुनु त कता हो कता ब्यवसायीले तोकेको ज्याला माग्दा समेत महिला श्रमीकहरु हिंसामा पर्ने गरेको बताउछन । 
कार्यक्रममा श्रम कार्यालयका प्रतिनिधि शिव जि रेग्मी शर्माले मनोरन्जन क्षेत्रमा सरकारको त्यति ध्यान नगएको कारण यो समस्या उत्पन्न भएको स्विकार गरेका छन्। उनले शंशोधन भएर छलफलको लागि व्यवस्थापिका ससदमा जान लागेको श्रम ऐनमा मनोरन्जन क्षेत्रको सवाललाई प्रमुखताको साथ उठान गर्नु पर्ने मा जोड दिए । सञ्चालकबाट श्रमिक महिलाहरुमाथि श्रम शोषणका घटनाका सम्बन्धमा श्रम कार्यालयमा उजुरी दिन आग्रह गर्दै उनले श्रमिकहरुलाई न्यायका लागि पहल गर्ने प्रतिवद्धता जनाए ।  फ्रान्समा पनि सरकारले न्यूनतम ज्यालाको लागि महिलाहरुलाई विभेद गरेको कुरा  नेपालको मानव बेचविखन र बैदेशिक रोजगारमा जाने महिलाहरुको अनुसन्धान गर्न आएकी   फ्रन्सकि फोटो पत्रकार लिजिले बताइन् । कार्यक्रमलाई सहयोग गर्दै आइरहेको द एशिया फाउनडेशनकी रिना पाठकले सबै श्रमिकहरु संगठित भएर आवाज उठाए मात्र अधिकार प्राप्त हुनेमा जोड दिइन  ।  
अनौपचारिक तथा मनोरन्जन क्षेत्रमा कार्यरत श्रमिक महिलाहरुको विभिन्न सवाललाई मुद्दाको रुपमा उठान गर्दै आइरहेको महिलाको निम्ति महिला मञ्च नेपालले सन २०१३ देखि  श्रमिक महिलाहरुकै नेतृत्वमा अन्तराष्ट्रिय श्रमिक दिवस मनाउदै आइरहेको छ । 
नजिकिदै गरेको १ मई अन्तराष्ट्रिय श्रमिक दिवसको अवसरमा महिलाको निम्ति महिला मञ्च नेपालले एक हप्तासम्म विभिन्न कार्यक्रम गरेर मनाउन लागेको सस्थाका कार्यकारि निर्देशक सृजना पुनले बताइन । 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

पत्रकार धम्काउने जर्मनी दूतावासका प्रथम सचिवलाई कारबाही गर्न पत्रकार महासंघ युरोपको माग

वीरगंज । जर्मनीको बर्लिनस्थित नेपाली राजदूतावासका प्रथम सचिव रन्जन यादवले पत्रकार दीपेन्द्र गजुरेललाई धम्की दिएको आरोप लगाउँदै उक्त घटनाको निष्पक्ष छानबिन गरी कारबाही गर्न माग गरिएको छ।

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समाज

प्रधानमन्त्री राहतकोषमा बिभन्न बैक, मधेश प्रदेशका पदाधिकारी र ब्यक्तिद्वारा सहयोग रकम उपलब्ध गराइदै

वीररगंज ।ग्लोबल आइएमई बैंकले भोटेकोशी नदीको भीषण बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत तथा पुनर्स्थापनाका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ५ करोड रुपैयाँ सहयोग गर्ने घोषणा गरेको छ ।

जन्मदिनको खर्च कटौती गरेर मातृभूमीमा परेको संकटमा राहतकालागि नेपालले गरे १ लाख सहयोग दिने निर्णय

वीरगंज । नेपालमा बाढी पहिरोबाट सृजीत दुख्द अवस्थाबाट प्रभावित नागरिकको राहत र उद्धारकालागि बेल्जीयमको लुभेन शहर निवासी लोकेन्द्र नेपालले १ लाख रुपैया सहयोग गर्ने भएका छन ।

खेलकुद

ठोरीमा भदौ ६ देखि ७ ए–साइड फुटबल प्रतियोगिता संचालन हुने

वीरगंज । ठोरी गाउँपालिका–३, नयाँबस्ती ब्रह्मनगरमा रहेको आईटी कलेज खेल मैदानमा चौथो संस्करणको ७ ए–साइड फुटबल प्रतियोगिता आयोजना हुने भएको छ ।

नारायणी रंगशालाको स्तरउन्नतीकालागि १५ करोड बिनियोजन

वीरगंज । नेपालकै महत्वपूर्ण रंगशलाको रुपमा रहेको वीरगंजको नारायणी रंगशालाको र त्याहा रहेको बहुउद्धेश्यीय कर्भडहलको स्तरउन्नतीकोलागि १२ करोड ५० लाख रुपैयाँ बजेट विनियोजन भएको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.