logo

माझीको उपचारमा आर्थिक सहयोग जुटदै

      4/11/2017 गते 00 00 मा प्रकाशित     1982   पटक पढिएको

बीरगंज २९ चैत । 
एबडोमिनल एब्सट्रक्सनबाट पीडित भई उपचार गराई रहेका सिकेन्द्र माझिलाई आर्थीक सहयोग प्राप्त भइरहेको छ । सामाजिक संस्था जिल्ला समन्वय समिति पर्साको तर्फबाट अध्यक्ष रामनरेश यादवले माझीलाई अस्पतालमै गएर सहयोग राशी प्रदान गरे । संस्थाको तर्फबाट ५ हजार  कर्मचारीहरुको तर्फबाट संकलन गरिएको थप १ हजार २ सय यादवले माझीलाई हस्तान्तरण गरेको माझी बचाऔ अभियानका प्रकाश थारुले बताए । उनको स्वासथ्य अवस्थामा सुधार आइरहेको  उनको उपचारकोलागि अर्थ संकलनको अभियान संचालन गर्ने अभियान्ता प्रकाश थारुले बताए । बीरगंजको नेशनल मेडिकल क्लेजमा उपचार गराई रहेका सिकेन्द्र माझी आन्द्रा फूटेर शरीर भरि संक्रमणबाट पीडित छन । उनको ससम्पतीको नाममा एक श्रीमती ३ छोरा २ छोरी मात्र छन । जेठो छोरी ९ वर्ष कान्छो छोरा डेढ वर्षका छन । आर्थिक अभावमा बीरगंजकाृ नारायणी उपक्षेत्रीय अस्पतालमा जीवन संग संघर्ष गरिरहेका माझीलाई सामाजिक अभियान्ता प्रकाश थारुले  फाल्गुन १३  बीरगंजको नेशनल मेडिकल कलेजमा उपचारकालागि भर्ना गराएका थिए । सानो आन्द्रामा गाठो परेर फुटे पछि नारायणी अस्पतालले नेशनल मेडिकल क्लेजमा रिफर गरेको थियो । आफूसंग भएको पैसाले माझीको उपचार शुरु गरेका थारुले त्यही दिन सामाजिक संजालमा “पैसा नभए अउपचारको अभावमा मान्छे मर्ने रहेछ” भन्दै सन्देश लेखे । उनको यो सन्देश पढनेहरुले त्यही दिन सहयोगी हातहरु बढाए र उपचारका लागि २१ हजार रुपैया त्यही दिन उठ्यो । सहयोग जुटने कुराले उत्साहित भएका थारुलाई यो अभियानमा  युवासंचारकर्मी राजेन्द्र सिंहको पनि महत्वपूर्ण सहयोग रहेको छ ।  । माझीको जीवन जोगाउनकालागि अझै पनि रकमको आवशयकता भएकोले सहयोगी मनहरुलाई सहयोग जुटाउन अभियान्ता थारु र सिंहले अपिल गरेका छन । अहिले माझीको स्वास्थ्यमा सुधार आएको उनीहरुको भनाई छ ।
 

तपाईं हामीसंग फेसबुक र ट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

पत्रकार धम्काउने जर्मनी दूतावासका प्रथम सचिवलाई कारबाही गर्न पत्रकार महासंघ युरोपको माग

वीरगंज । जर्मनीको बर्लिनस्थित नेपाली राजदूतावासका प्रथम सचिव रन्जन यादवले पत्रकार दीपेन्द्र गजुरेललाई धम्की दिएको आरोप लगाउँदै उक्त घटनाको निष्पक्ष छानबिन गरी कारबाही गर्न माग गरिएको छ।

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समाज

पर्यटन प्रर्वद्धनमा हिडेका  बाइक राइडरलाई ठोरीमा भव्य स्वागत

ठोरी । पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले ठोरी आइपुगेका बाइक राइडरहरूलाई ठोरीमा भव्य स्वागत गरिएको छ।

एक वर्षदेखि सम्पर्कविहीन महिलाको मानवसेवा आश्रमको पहलमा पारिवारिक पुनर्मिलन

वीरगञ्ज। एक वर्षदेखि परिवारको सम्पर्कबाट टाढा रहेकी भारतकी एक महिलाको मानवसेवा आश्रम वीरगञ्जको पहलमा पारिवारिक पुनर्मिलन भएको छ।

खेलकुद

सेढवामा भेट्रान फुटबलको तयारी तीव्र, विजेतालाई ५० हजार पुरस्कार

वीरगन्ज । पर्साको जिराभवानी गाउँपालिका–२ सेढवामा जिराभवानी भेट्रान क्लबको आयोजनामा भेट्रान फुटबल प्रतियोगिता हुने भएको छ।

सिमरामा अन्तर्राष्ट्रिय आमन्त्रण महिला फुटबल प्रतियोगिता हुँदै

सिमरा । बाराको सिमरामा असोज १० देखि १७ गतेसम्म ‘एक्स्ट्रिम जीतपुरसिमरा अन्तर्राष्ट्रिय आमन्त्रण महिला फुटबल प्रतियोगिता’ हुने भएको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.