बीरगंज १६ बैशाख ।बीरगंज उपमहानगरपालिकाको वडां नं १६ मा रहेको पोखरीको सफाई गरिएको छ । नगवाको नजिक रहेकोडवरीटोला पोखरिको सफाई गरिएको सर सफाई बिज्ञ तवरेज अहमदले बताए ।
पोखरिको छेउछाउमा दिशा गर्ने र पोखरिमै दिशाधुने परिपाटी नियन्त्रणकालागि समुदायको सहभागितामा पोखरि सफा अभियान संचालन गरिएको छ । खुला दिशामुक्त क्षेत्र अभियानलाई टेवा पुर्याउने उद्धेश्यले बीरगंज उपमहानगरपालिकाले बीरगंज नगर क्षेत्रका ४५ वटा पोखरिको सफाई अभियान शुरु गरेको छ । डवरीटोल पोखरिमा वडा सचिव राजेश्वर साहले खुला दिशामुक्त भण्डा गाडेर सफाई अभियान शुरु गरिएको हो । स्थानीय सातोमाई आमा समुह,टोल बिकास संस्था ,वडा नागरिक मंच नागरिक सचेतना केन्द्रका पदाधिकारी सदस्य सामुदायिक प्रहरी र स्थानीय जनताको सहभागितामा पोखरिको सफाई गरिएको हो ।
धार्मिक र सास्कृतिक रुपमा पनि तराईमा पोखरिको महत्व अति भएकोले पोखरिको संरक्षण गर्न स्थानीय समुदायलाई बीरगंज उपमहानगरपालिकाले अपिल गरेको छ ।
तपाईको प्रतिक्रिया