logo

६ महिला सहित ७७ जनाले गरे रक्तदान 

      4/22/2017 गते 00 00 मा प्रकाशित     1303   पटक पढिएको

वीरगंज ९ बैशाख ।
दुर्गा पुजा सेवा समिति रानीघाटले सातौ पटक रक्तदान कार्यक्रम सम्पन्न गरेको छ  । रानीघाट चोकमा आयोजित रक्तदान कार्यक्रममा ६ महिला सहित ७७ जनाले रक्तदान गरेका हुन । कार्यक्रमको रानीघाटका स्थानीय डा.अगेन्द्र प्रसाद यादवले दिप प्रज्वलीत  गरि उद्घाटन गरेका थिए । कार्यक्रममा गीता मानन्धर, इसुधा खड्गी, श्रुती बर्मा, पुनम श्रीवास्तव, राजु गुप्ता, संजिव थापा, मनोज गुप्ता, नुरुल होदा, प्रणय कुमार, अबुलैश अंसारी, निरंजन साह, सतिश सिंह, बिरेन्द्र साह, संदिप साह, इमरान अंसारी, किरण गुप्ता, रामाशंकर सर्राफ, बासुदेव रौनियार, रोहित कुमार बर्णवाल, उमेश सर्राफ, सनोज गुप्ता, रंजित खड्गी, असु सर्राफ, राकेश मानन्धर, सागर बर्णवाल, सुवास कुमार साह, ओमजय साह, संतोष पासवान, राहुल राज सोनी लगायतकाले रक्तदान गरेका हुन । समितिले बर्षमा दुई पटक रक्तदान कार्यक्रमको आयोजना गर्ने गरेको समितीका सल्लाहकार सतिश सिंह राजपुतले बताए  । दुर्गा पुजा सेवा समितिका अध्यक्ष रबि रौनियारको अध्यक्षतामा सम्पन्न कार्यक्रममा समितिका सल्लाहकार संजिव थापा, रक्त संचार केन्द्रका प्रमुख प्रविण मानन्धर, रेडियो बिन्दासका संचालक आर.सि.यादव, समितिका संस्थापक अध्यक्ष अजय पौडेल ब्डल डोनर एशोसिएशन पर्साका सचिव अरबिन्द सिंह लगायत स्थानिय भद्रभलादमी, संचारकर्मीहरुको सहभागीता रहेको थियो । कार्यक्रमको सहजीकरण पत्रकार प्रणय कुमारले गरेका थिए ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

भारतको अप्रेशन  सिन्दुर,पाकिस्तान नियन्त्रित नौ स्थानमा मिसाइल आक्रमण

वीरगंज।  भारतले बुधबार  पाकिस्तान र पाकिस्तान नियन्त्रित कश्मीर (पीओके) मा रहेको ‘आतङ्कवादी केन्द्रहरु’ नौ स्थानमा हमला गरेको  घोषणा गरेको छ  ।

अमेरिकाको टेक्सस राज्य संसदद्वारा १३ मार्चलाई ‘नेपाली लुम्बिनी एड्भोकेसी डे’ घोषणा

टेक्सस ।  अमेरिकाको टेक्सस राज्य संसद्ले १३ मार्चलाई ‘नेपाली लुम्बिनी एड्भोकेसी डे’ घोषणा गरेको छ ।

समाज

मानव बेचबिखन आरोपमा धादिङको गल्छीका भूजेल पक्राउ

वीरगंज ।    मानव बेचबिखन तथा ओसार पसार कार्यमा सलंग्न रहेको आरोपमा पर्सा प्रहरीले २४ वर्षिय राजन भूजेललाई पक्राउ गरेको छ ।

राजावादी आन्दोलनमा ज्यान गुमाउनेलाई सहिद घोषणा गरिदैनः संचारमन्त्री गुरुङ

काठमाडौं ।  सञ्चार तथा सूचना प्रविधि मन्त्री तथा सरकारका प्रवक्ता पृथ्वी सुब्बा गुरुङले राजावादी आन्दोलनमा सहभागिता जनाउँदै ज्यान गुमाउनेहरूलाई सहिद घोषणा नगरिने स्पष्ट पारेका छन्।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.