बीरगंज २२ पुष । गते नेपाल रेडक्रस सोसाइटी पर्साको सहयोगमा हालै चलिरहेको शितलहरीका कारण गाउपालिका नगरपालिकामा तथा महानगरपालिकामा समेत विभिन्न समयमा जाडोबाट वच्नका लागि कम्वल वितरण गर्ने कार्य भईरहेको छ ।
पर्सा जिल्लाका वृद्ध, असहाय, बच्चा, महिलाहरुलाई जाडोको कारणले जीवन जोगाउन अति कठिनाई भईरहेको हुदाँ कम्बल वितरण गर्न कार्य भईरहेको हो । त्यसैक्रममा आज बहुदरमाइ नगरपालिकाका विभिन्न वडा र पिडारीगुठी गरि १ सय ३३ थान कम्बल तिरण गरिएको छ ।
रेडक्रस पर्साका सभापति फूल महम्मद मियाको अध्यक्षतामा पर्साका सहायक प्रजिअ दुर्गादत्त पौडेलले कम्बल बितरण गरेका हुन ।
कार्यक्रममा उपशाखाका सभापति हासिम अन्सारी, कार्यक्रम अधिकृत उमेश मिश्र, वडा अध्यक्ष एवं प्रतिनिधि, रेडक्रस सहायक राजन श्रीवास्तव, प्रहरी प्रतिनिधि लगायतको सहभागिता रहेको थियो
तपाईको प्रतिक्रिया