वीरगन्ज, २२ पुस । नेपाल मगर बौद समाज सेवाले आयोजना गरेको सात दिने मगर पुरोहित ‘वाप्पा’ तालिम शनिवार सम्पन्न भएको छ । मकवानपुरको हेटौडामा पुस १५ गतेदेखि भएको तालिममा चितवन धादिङ मकवानपुर ३१ जना मगरहरु तालिममा सहभागी भएका थिए ।
तालिममा नेपाल मगर बुद्ध सेवा समाजका केन्द्रीय अध्यक्ष देउ बहादुर राना र बल बहादुर पल्ली मगरले प्रशिक्षण दिएको नेपाल मगर संघ मकवानपुरका जिल्ला सचिव रामकुमार थापा मगरले जानकारी दिए । शनिवार आयोजित समापन समारोहमां मुख्य प्रशिक्षक नेपाल मगर बौद्ध सेवा समाजका केन्द्रीय अध्यक्ष देउ बहादुर राना मगर, नेपाल मगर संघका केन्द्रीय उपाध्यक्ष कमल बहादुर पिठाकोटे मगर, नेपाल मगर संघका केन्द्रीय सल्लाहाकार विश्व आले मगर, नेपाल मगर युवा संघका केन्द्रीय अध्यक्ष अशोक सारु मगर, आदिवासी जनजाति महासंघ जिल्ला समन्वय परिषद मकवानपुरका जिल्ला अध्यक्ष तीर्थ बहादुर थापा, नेपाल मगर संघ मकवानपुरका जिल्ला अध्यक्ष शंकर थापा मगर, नेपाल मगर महिला संघकी केन्द्रीय सदस्य उर्मिला राना मगर लगायतको सहभागिता रहेको थियो ।
यसैबीच शनिवार नै नेपाल मगर बौद्ध सेवा समाजको मवानपुर समिति पनि गठन गरिएको छ । समाजको प्रथम अधिवेशनले ज्ञान बहादुर कालीकोटे मगरको अध्यक्षतामा एकजना महिला र दुईजना पुरुषलाई पछि मनोनित गर्ने गरी १३ सदस्यीय समिति गठन गरेको हो । समाजको उपाध्यक्षमा अकबर ठाडा मगर, सचिवमा राजु दर्लामी मगर र कोषाध्यक्ष इन्द्र बहादुर आले मगर लगायत रहेको मगर संघका सचिव थापाले जानकारी गराए । मगर बौद्ध सेवा समाज मकवानपुर तदर्थ समितिका अध्यक्ष शान्तध्वज राना मगरको अध्यक्षतामा अधिवेशन सम्पन्न भएको हो ।
तपाईको प्रतिक्रिया