logo

रेडक्रस पर्साद्वारा कम्बल वितरण

      1/9/2018 गते 00 00 मा प्रकाशित     1858   पटक पढिएको

वीरगन्ज, २५ पुस । नेपाल रेडक्रस सोसाइटी पर्साको सहयोगमा अहिले तराईमा चलिरहेको शीतलहरका कारण विभिन्न स्थानमा प्रभावितहरुको लागि कम्बल वितरण कार्यलाई मंगलबार पनि जारी राखेको छ ।

पर्सा जिल्लाका विभिन्न स्थानीय तहका वृद्ध, असहाय, बालबालिका, महिलाहरुलाई जाडो छल्ने न्यानो कम्बल वितरण गरिएको हो । यहि क्रममा मंगलबार पर्साको जगरनाथपुर गाउँपालिका वडा २ देखि ६, मसिहानी , बिजवनिया, जानकिटोला,

औराहामामा एकसय ३० थान कम्बल, जीराभवानीपुर गाउँपालिका वडा ४ सुपौली भवानीपुरमा ५० थान कम्बल, बहुदरामाई नगरपालिका वडा–४ बहुअरि पिडरीमा ३८ थान गरि जम्मा दुईसय १८ थान कम्बल बितरण गरेको छ ।

रेडक्रस पर्साका सभापति फुलमहम्मद मियाँको सभापतित्वमा भएको कार्यक्रममा पर्साका निमत्त प्रमुख जिल्ला अधिकारी दुर्गादत्त पौडेलले  शीतलहर पीडितहरुलाई कम्बल बितरण गरेका थिए ।

कम्बल बितरण कार्यक्रममा जगरनाथपुर गाउँपालिकाका प्रमुख जालिम मियाँ, पूर्व सांसद जयप्रकाश थारु, शाखा अधिकृत उदयराज शर्मा, पत्रकार महासघका सचिव युवराज खड्का, रेडक्रस पर्साका सहायक राजन श्रीवास्तव, जिल्ला प्रशासन कार्यालय पर्साका नायब सुब्बा कृष्ण थपलिया, प्रहरी प्रतिनिधि, सशस्त्र प्रहरी प्रतिनिधि, स्थानीय बासिन्दाहरुको रोहबरमा सो कम्बल बितरण गरिएको हो ।

कम्बल बितरण गर्दै सहभागीहरुलाइ जाडोबाट वच्न र बचाउन अपनाउनु पर्ने उपायहरुको बारेमा समेत निमित्त प्रमुख जिल्ला अधिकारी  दुर्गादत्त पौडेलले जनचेतना जगाएका थिए । 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

समाज

पर्सागढीबाट जुवाडे पक्राउ सार्बजनिक शान्ति विरुद्दको कसुरमा मुद्धा चल्ने

वीरगंज । पर्सागढीको विरुवागुठीमा दिलमाया तामाङले सञ्चालन गरेकी गौरो कटेज खाजा पसलबाट चार जना ब्यक्तिहरु जुवा खेलीरहेको अवस्थामा पक्राउ परेका छन ।

महोत्तरीमा मोटरसाइकल दुर्घटनामा परि एसइ परिक्षा दिएर फर्किएका बिद्यार्थीको मृत्यु

बर्दिवास । महोत्तरीको जलेश्वर बर्दिबास सडकखण्डको बथनाहा मा मोटरसाइकल दुर्घटनामा परि तीन जना बिद्यार्थीको मृत्यु भएको छ ।

खेलकुद

नवौँ गोलबजार मेयर गोल्डकप फुटबल प्रतियोगितामाअ आज  चात्यासा फुटबल क्लब र विराटनगर भिड्ने

गोलबजार  । सिरहाको गोलबजार नगरपालिकाद्वारा आयोजित नवौँ गोलबजार मेयर गोल्डकप फुटबल प्रतियोगिताको दोस्रो दिनको खेलमा सलहेश युवा क्लब, सिरहा विजयी भएको छ।

गोलबजार मेयर गोल्ड कप चैत तेस्रो सातादेखि, बिजेताले ४ लाख ४४ हजार ४ सय ४४ रुपैया पुरस्कार पाउने

गोबजार ।  नवौँ संस्करणको मेयर गोल्ड कप फुटबल प्रतियोगिता चैत २३ देखि २९ गतेसम्म सञ्चालन हुने भएको छ । गोलबजार नगरपालिकाले पत्रकार सम्मेलनमार्फत प्रतियोगिताको तालिका सार्वजनिक गरेको हो ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.