Wednesday, 9 July 2025, 9:19:01 pm

नेपाल नेत्रज्योती संघ पर्साको बार्षिक साधारणसभा सम्पन्न

      1/11/2018 गते 00 00 मा प्रकाशित     1452   पटक पढिएको


वीरगन्ज, २७ पुस । नेपाल नेत्रज्योती संघ पर्साको १७ औं बार्षिक साधारणसभा बिहीबार सम्पन्न भएको छ । वीरगन्जको होटल सुरजमा भएको साधारणसभाको प्रमुख अतिथि नेपाल नेत्र ज्योती संघका केन्द्रीय अध्यक्ष प्रा.डा.तीर्थ प्रसाद मिश्रले उदघाटन गरेका थिए ।

संघको पर्साकी कार्यवाहक अध्यक्ष मधु राणाको अध्यक्षतामा भएको कार्यक्रममा विशिष्ट अतिथि संघका कार्यक्रम निर्देशक शैलेस कुमार मिश्र, केन्द्रीय प्रवत्ता प्रा.डा. धनश्याम भट्टराई, महासचिव श्याम कुमार पोखरेल लगायतले संघको सफलताको शुभकामना व्यक्त गरेका थिए ।

कार्यक्रममा मन्तव्य व्यक्त गर्दै महासचिव पोखरेलले मानिसको शरिरमा भएको सबैभन्दा संवेदनशील अंग आखाँनै भएकोले दृष्टि स्पष्ट भए समाज पनि सही हुने धारणा राखे ।

कार्यक्रममा संघका सचिव मदन गुप्ताले बार्षिक प्रतिवेदन तथा कोषाध्यक्ष सुनिता पौडेलले आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए । कार्यक्रमको संचालन केडिया आखाँ अस्पतालका प्रशासकीय अधिकृत प्रकाश शर्माले संचालन गरेका थिए । 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु