logo

नारायणी उपक्षेत्रीय अस्पताल परिसरमा संचालित औषधि पसलहरुमा प्रशासनद्वारा सील

      1/12/2018 गते 00 00 मा प्रकाशित     1900   पटक पढिएको

वीरगन्ज, २८ पुस । नारायणी उपक्षेत्रीय अस्पतल परिसरमा सञ्चालनमा रहेका औषधि र खाजा पसलमा प्रशासनले शुक्रबार सील गरिदिएको छ । पटक–पटक अस्पताल व्यवस्थापन समितिले सटर खाली गरिदिन गरेको आग्रहलाई अटेर गरेपछि प्रशासनले १४ वटा सटरमा सील गरेको हो ।

प्रशासनले कडा सुरक्षा व्यवस्था गरेर सटरहरुमा लहा छाप लगाइदिएको छ । व्यवसायीहरुको औषधि र नास्ता पसलका समान सबै सटर भित्रै छ । प्रशासनले सटरमा सील लगाउने जानकारी पाएका औषधि तथा नास्ता पसलेहरुले शुक्रबार अबेरसम्म औषधि पसल खोलेका थिएनन् । यो सँगै अस्पताल र सटरवालाहबीच लामो समयदेखि चलिरहेको द्वन्द्वले नयाँ मोड लिने भएको छ ।

अस्पताल हाताभित्र नारायणी फार्मेसी, सुरभी मेडिकल हल, अर्याल मेडिकल, हाम्रो मेडिकल, श्रेष्ठ मेडिकल, रोशन फार्मेसी, शुभम मेडिकल, प्रभात मेडिकल, आफताब मेडिकल सँगै कृष्ण कोल्ड स्टोर, गुप्ता होटल लगायत १४ वटा पसल सञ्चालनमा छन् । अस्पताल हाताभित्र रहेका औषधि पसलहरूले मासिक २ हजारदेखि २० हजारसम्म भाडा तिर्ने गरेको लेखा शाखाले जनाएको छ ।

अस्पताल प्रशासनले सटरधनीहरुसँगको सम्झौता सकिएको भन्दै पटक पटक सटर खाली गर्न आग्रह गर्दै आएको थियो । तर सटरधनीहरुले अटेर गर्दै आएका थिए । पछिल्लो पटक अस्पतालले पुस २५ गतेसम्म सटर खाली गराउने अन्तिम म्याद दिएको थियो । पछिल्लो पटक स्वास्थ्य मन्त्रालयले अस्पताल भित्र रहेका औषधि पसलहरू हटाउन निर्देशन दिएको थियो ।

अस्पतालले आफ्नै औषधि पसल समेत स्थापना गरेर सेवा शुरु गरिसकेको छ । लामो समयदेखि अस्पताल प्रशासनले सटर खाली गराउने प्रयास गरे पनि औषधि व्यवसायीहरूले राजनीतिक दवाव दिनुका साथै अदालतमा मुद्दा दर्ता गरेर रोक्दै आएका थिए । तीन वर्षदेखि अस्पताल तथा सटरधनीहरुबीच विवाद चल्दै आएको थियो ।

अस्पतालमा आफ्नै औषधी पसल सञ्चालनमा आइसकेको अवस्थामा त्यसलाई व्यवस्थित र परिणाममूखी बनाउन अस्पताल हाताभित्र रहेका औषधि पसल हटाउनु स्वभाविक भएको अस्पताल प्रशासनको तर्क छ । औषधि व्यवसायीहरुले भने आपूmहरुलाई खाली गराउने समय नदिई सील लगाएर प्रशासनले अन्याय गरेको बताए ।

एक औषधि पसलले भने, ‘हाम्रो सम्झौता गरेको करार अवधि अझै बाँकी नै छ, सटर खाली गर्न समय समेत दिएन । सर्वोच्चले खाली गराउन दिएको आदेश अनुसार हामीले समय पाउनुपर्ने माग राखेर पुनरावेदनमा पनि मुद्दा दिएका छौं । त्यसको सुनुवाई यहि माघ १० गते छ ।” समय नदिईकन सिल गरिदियो ।”
 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

हैदराबाद–बेंगलुरु जाँदै गरेको बसमा आगलागी, कम्तीमा २१ जनाको मृत्यु

वीरगंज ।  हैदराबादबाट बेंगलुरु जाँदै गरेको एक एयर–कन्डिसन्ड स्लीपर बसमा शुक्रबार बिहान आगलागी हुँदा २१ जनाको जलेर मृत्यु भएको र केही अन्य यात्रु घाइते भएका छन्। दुर्घटना कुर्नुल जिल्लाको चिन्नेतेकुरु गाउँ नजिकै राष्ट्रिय राजमार्ग ४४ मा बिहान करिब २ः ४५ बजे भएको हो।

तामिलनाडु भागदौडमा ३९ जनाको ज्यान गयो,प्रति परिवारलाई ३२ लाख राहत दिइने

नयाँ दिल्ली। शनिबार तमिलनाडुको करूरमा अभिनेता–नेता विजयको र्‍यालीमा भादौड मच्चिदा ३९ जनाको ज्यान गएको  छ ।  १ सय  भन्दा बढी घाइते भएका छन, जसको  उपचार बिभिन्न अस्पतालमा भइरहेको छ।

भारतको लद्दाखमा राज्यको माग र स्वायत्तताका लागि चर्कियो आन्दोलन,४ को मृत्यु,भाजपा कार्यालयमा आगजनी

लेह ।  लद्दाखमा राज्यको माग र छैठौँ अनुसूचीमा समावेश गर्नुपर्ने आन्दोलन तीव्र बनेको छ।

समाज

सामुदायिक रेडियो नारायणी एफएमको वार्षिकोत्सवका अवसरमा समाचार वाचन प्रतियोगिता, तिमिल्सीना भए प्रथम

वीरगन्ज । सामुदायिक रेडियो नारायणी एफएमले आफ्नो २०औं वार्षिकोत्सवका अवसरमा आयोजना गरेको समाचार वाचन प्रतियोगिता सफलतापूर्वक सम्पन्न भएको छ।

रौतहटमा दुर्घटनापछिको तनाव, क्षतिपूर्तिको माग गर्दै पूर्व–पश्चिम राजमार्ग अवरुद्ध

रौतहट । रौतहटको चन्द्रनिगाहपुरस्थित मोथियाही पुल नजिकै शनिबार दिउँसोदेखि मृतकका आफन्तले पूर्व–पश्चिम राजमार्ग अवरुद्ध पारेका छन्।

खेलकुद

एनपीएल सिजन–२ ,काठमाडौँ गोर्खाजको विजयी सुरुआत

काठमाडौं । दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट मा काठमाडौँ गोर्खाजले विजयी सुरुआत गरेको छ। जनकपुर बोल्ट्सले दिएको १३१ रनको लक्ष्य काठमाडौँले १८ ओभरमै ५ विकेट गुमाउँदै पूरा गर्‍यो।

ठोरी गोल्डकप–२०८२ ट्राइबेकरमा आयोजक प्रतिभा युवा क्लबको विजयी ,‘चौधरी म्यान अफ द म्याच’ र ‘बेस्ट किपर’ घोषित

ठोरी । स्व. रामबहादुर श्रेष्ठको स्मृतिमा आयोजित चौथो ठोरी गोल्डकप–२०८२ को उपाधि आयोजक प्रतिभा युवा क्लब, बिजयबस्तीले हात पारेको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.