logo

नारायणी उपक्षेत्रीय अस्पताल परिसरमा संचालित औषधि पसलहरुमा प्रशासनद्वारा सील

      1/12/2018 गते 00 00 मा प्रकाशित     1967   पटक पढिएको

वीरगन्ज, २८ पुस । नारायणी उपक्षेत्रीय अस्पतल परिसरमा सञ्चालनमा रहेका औषधि र खाजा पसलमा प्रशासनले शुक्रबार सील गरिदिएको छ । पटक–पटक अस्पताल व्यवस्थापन समितिले सटर खाली गरिदिन गरेको आग्रहलाई अटेर गरेपछि प्रशासनले १४ वटा सटरमा सील गरेको हो ।

प्रशासनले कडा सुरक्षा व्यवस्था गरेर सटरहरुमा लहा छाप लगाइदिएको छ । व्यवसायीहरुको औषधि र नास्ता पसलका समान सबै सटर भित्रै छ । प्रशासनले सटरमा सील लगाउने जानकारी पाएका औषधि तथा नास्ता पसलेहरुले शुक्रबार अबेरसम्म औषधि पसल खोलेका थिएनन् । यो सँगै अस्पताल र सटरवालाहबीच लामो समयदेखि चलिरहेको द्वन्द्वले नयाँ मोड लिने भएको छ ।

अस्पताल हाताभित्र नारायणी फार्मेसी, सुरभी मेडिकल हल, अर्याल मेडिकल, हाम्रो मेडिकल, श्रेष्ठ मेडिकल, रोशन फार्मेसी, शुभम मेडिकल, प्रभात मेडिकल, आफताब मेडिकल सँगै कृष्ण कोल्ड स्टोर, गुप्ता होटल लगायत १४ वटा पसल सञ्चालनमा छन् । अस्पताल हाताभित्र रहेका औषधि पसलहरूले मासिक २ हजारदेखि २० हजारसम्म भाडा तिर्ने गरेको लेखा शाखाले जनाएको छ ।

अस्पताल प्रशासनले सटरधनीहरुसँगको सम्झौता सकिएको भन्दै पटक पटक सटर खाली गर्न आग्रह गर्दै आएको थियो । तर सटरधनीहरुले अटेर गर्दै आएका थिए । पछिल्लो पटक अस्पतालले पुस २५ गतेसम्म सटर खाली गराउने अन्तिम म्याद दिएको थियो । पछिल्लो पटक स्वास्थ्य मन्त्रालयले अस्पताल भित्र रहेका औषधि पसलहरू हटाउन निर्देशन दिएको थियो ।

अस्पतालले आफ्नै औषधि पसल समेत स्थापना गरेर सेवा शुरु गरिसकेको छ । लामो समयदेखि अस्पताल प्रशासनले सटर खाली गराउने प्रयास गरे पनि औषधि व्यवसायीहरूले राजनीतिक दवाव दिनुका साथै अदालतमा मुद्दा दर्ता गरेर रोक्दै आएका थिए । तीन वर्षदेखि अस्पताल तथा सटरधनीहरुबीच विवाद चल्दै आएको थियो ।

अस्पतालमा आफ्नै औषधी पसल सञ्चालनमा आइसकेको अवस्थामा त्यसलाई व्यवस्थित र परिणाममूखी बनाउन अस्पताल हाताभित्र रहेका औषधि पसल हटाउनु स्वभाविक भएको अस्पताल प्रशासनको तर्क छ । औषधि व्यवसायीहरुले भने आपूmहरुलाई खाली गराउने समय नदिई सील लगाएर प्रशासनले अन्याय गरेको बताए ।

एक औषधि पसलले भने, ‘हाम्रो सम्झौता गरेको करार अवधि अझै बाँकी नै छ, सटर खाली गर्न समय समेत दिएन । सर्वोच्चले खाली गराउन दिएको आदेश अनुसार हामीले समय पाउनुपर्ने माग राखेर पुनरावेदनमा पनि मुद्दा दिएका छौं । त्यसको सुनुवाई यहि माघ १० गते छ ।” समय नदिईकन सिल गरिदियो ।”
 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

समाज

पर्सागढीबाट जुवाडे पक्राउ सार्बजनिक शान्ति विरुद्दको कसुरमा मुद्धा चल्ने

वीरगंज । पर्सागढीको विरुवागुठीमा दिलमाया तामाङले सञ्चालन गरेकी गौरो कटेज खाजा पसलबाट चार जना ब्यक्तिहरु जुवा खेलीरहेको अवस्थामा पक्राउ परेका छन ।

महोत्तरीमा मोटरसाइकल दुर्घटनामा परि एसइ परिक्षा दिएर फर्किएका बिद्यार्थीको मृत्यु

बर्दिवास । महोत्तरीको जलेश्वर बर्दिबास सडकखण्डको बथनाहा मा मोटरसाइकल दुर्घटनामा परि तीन जना बिद्यार्थीको मृत्यु भएको छ ।

खेलकुद

नवौँ गोलबजार मेयर गोल्डकप फुटबल प्रतियोगितामाअ आज  चात्यासा फुटबल क्लब र विराटनगर भिड्ने

गोलबजार  । सिरहाको गोलबजार नगरपालिकाद्वारा आयोजित नवौँ गोलबजार मेयर गोल्डकप फुटबल प्रतियोगिताको दोस्रो दिनको खेलमा सलहेश युवा क्लब, सिरहा विजयी भएको छ।

गोलबजार मेयर गोल्ड कप चैत तेस्रो सातादेखि, बिजेताले ४ लाख ४४ हजार ४ सय ४४ रुपैया पुरस्कार पाउने

गोबजार ।  नवौँ संस्करणको मेयर गोल्ड कप फुटबल प्रतियोगिता चैत २३ देखि २९ गतेसम्म सञ्चालन हुने भएको छ । गोलबजार नगरपालिकाले पत्रकार सम्मेलनमार्फत प्रतियोगिताको तालिका सार्वजनिक गरेको हो ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.