logo

माघी (खिचडी) पर्व यसबर्ष पनि पर्सामा भव्य रुपमा मनाउने

      1/13/2018 गते 00 00 मा प्रकाशित     1822   पटक पढिएको

वीरगन्ज, २९ पुस । थारुहरु समुदायले मनाउने माघी (खिचडी) पर्व यसबर्ष पनि पर्सामा भव्य रुपमा मनाउने भएका छन । हरेक बर्ष मनाउदै आएको थारुहरुको सांस्कृतिक पर्व माघी (खिचडी) यसबर्ष पनि भव्य रुपमा मनाउने तयारी गरेको हो ।

माघी मूल समारोह समितिको आयोजना तथा नेपाल आदिवासी जनजाति पत्रकार महासंघ पर्साको संयोजनामा आज होटल कुमु प्यालेसमा पत्रकार सम्मेलन गरेर पर्सामा रहेका थारु समुदायका विभिन्न संघ संस्थाहरुले संयुक्त रुपमा माघी पर्व मनाउन लागेको जानकारी दिएको हो ।

माघीको लागि सम्पूर्ण तयारीहरु भएको र यसबीचमा विभिन्न कार्यक्रमहरुको आयोजना गर्ने पनि पत्रकार सम्मेलनमा जानकारी गराएको छ । विगतका बर्षहरुमा माघी पर्वलाई थारुहरुले अधिकारको आन्दोलनको रुपमा मनाउदै आएकोमा यसबर्ष भने वीरगन्जलाई राजधानी बनाउने आन्दोलनको समर्थन गर्दै पर्सामा भव्य रुपमा मनाउने भएको छ ।

पत्रकार सम्मेलनमा कार्यक्रमको बारेमा जानकारी दिदैं मेलमिलाप थारु परिवार पर्साका अध्यक्ष मनोज चौधरीले थारुहरुको सांस्कृतिक पहिचान र मानव जीवन रक्षाको लागि भोली बिहान रक्तदान कार्यक्रम तथा साँझ ६ बजे दीप प्रज्जवलन कार्यक्रम रहेको जानकारी दिए ।

त्यस्तै माघ १ गते वीरगन्जको घण्टाघरबाट थारु भेषभूषा र झाँकी सहितको ¥याली वीरगन्जको स्वीमिङ्गपुलमा पुगेर भव्य समारोहको आयोजना गरी सम्पन्न हुने पत्रकार सम्मेलनमा जानकारी गराएको छ ।

कार्यक्रममा बोल्दै थारु कल्याणकारिणी सभा पर्साका कार्यवाहक अध्यक्ष नन्दकिशोर पंजियारले थारुहरु विभिन्न आन्दोलनमा संलग्न रहेपनि अहिले सम्म राज्यको विभेदमा परिरहेको र थारुको आफ्नो छुट्टै पहिचान भएपनि विभिन्न आन्दोलनमा थारुलाई मधेसी भनिएको प्रति आपत्ति जनाए ।

माघी (खिचडी) मा थारु समुदायमा नाचिने, समाचकेवा, घाटो, झम्टा, थारुपूर्वी नाच मुख्य आकर्षण रहने प्रमुख अतिथि माघी मूल समारोह समितिका संयोजक परमानन्द चौधरी थारुले जानकारी दिए । त्यस्तै थारु परिकारहरुमा घोंगी, कैकरा, माछा, परेवा, हाँस, कुखुरा, चिचर, लाही, तील आदि पनि राखिने पत्रकार सम्मेलनमा जानकारी गराईएको छ ।

कार्यक्रममा माघी पर्व आयोजक मूल समारोह समितिका प्रचार प्रसार संयोजक एवं सामाजिक अभियन्ता प्रकाश थारु, नेपाल आदिवासी जनजाति पत्रकार महासंघ, पत्रकार महासंघ पर्साका सचिव युवराज खड्का, नेपाल आदिवासी जनजाति पत्रकार महासंघ पर्साका सचिव नीरज पिठाकोटे लगायतको पनि उपस्थिति रहेको थियो ।

नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) पर्साका उपाध्यक्ष जगत राईको अध्यक्षतामा भएको पत्रकार सम्मेलनमा स्वागत पुनम चौधरीले गरेकी थिईन् भने, संचालन विजया ओझैयाले गरेकी थिईन् ।  

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

तामिलनाडु भागदौडमा ३९ जनाको ज्यान गयो,प्रति परिवारलाई ३२ लाख राहत दिइने

नयाँ दिल्ली। शनिबार तमिलनाडुको करूरमा अभिनेता–नेता विजयको र्‍यालीमा भादौड मच्चिदा ३९ जनाको ज्यान गएको  छ ।  १ सय  भन्दा बढी घाइते भएका छन, जसको  उपचार बिभिन्न अस्पतालमा भइरहेको छ।

भारतको लद्दाखमा राज्यको माग र स्वायत्तताका लागि चर्कियो आन्दोलन,४ को मृत्यु,भाजपा कार्यालयमा आगजनी

लेह ।  लद्दाखमा राज्यको माग र छैठौँ अनुसूचीमा समावेश गर्नुपर्ने आन्दोलन तीव्र बनेको छ।

प्रवासी नेपाली मंच स्लोभाकियाको अध्यक्षमा रुद्र किसन चयन

बेल्जियम । प्रवासी नेपाली मन्च स्लोभाकियाले रुद्र किसनलाई मन्चको अध्यक्ष चुनेको छ । मन्चको प्रथम अनलाइन भेलाले किसनको अध्यक्षतामा नयाँ कार्यसमिति चुनेको हो। भेलाले  ३१ सदस्यीय कार्यसमिति सर्वसम्मत चयन गरेको हो।

गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद बेल्जियमको अध्यक्ष नेपाल सर्वसम्मत

बेल्जियम । गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद बेल्जियमको १० औं राष्ट्रीय महाधिबेशनले लोकेन्द्र नेपाललाई अध्यक्षमा सर्वसम्मत चयन गरेको छ ।

समाज

झालर बाल्ने क्रममा वीरगञ्जमा करेन्ट लागेर किशोरको मृत्यु

वीरगञ्ज ।  वीरगञ्ज महानगरपालिका–१, छपकैया निवासी १७ वर्षीय पीयूष साहको शनिबार साँझ झालर बत्ती जडान गर्ने क्रममा करेन्ट लागेर मृत्यु भएको छ।

पर्सा प्रहरीद्वारा १२ लख मूल्य बराबरको पटकाजन्य पदार्थ नष्ट

वीरगन्ज । जिल्ला प्रहरी कार्यालय पर्साले चाडपर्वको सुरक्षालाई संवेदनशील मानेर विभिन्न समयमा नियन्त्रणमा लिएका ठूलो परिमाणका अवैध पटाकाजन्य पदार्थहरू नष्ट गरेको छ।

खेलकुद

वीरगंज युनाइटेडलाई टाइब्रेकरमा हराउँदै प्रतिभा युवा क्लब फाइनलमा प्रवेश

ठोरी ।स्व. रामबहादुर श्रेष्ठको स्मृतिमा जारी चौथो ठोरी गोल्डकप–२०८२ अन्तर्गत हिजो सम्पन्न दोस्रो सेमिफाइनल खेलमा आयोजक प्रतिभा युवा क्लब बिजयबस्तीले वीरगंज युनाइटेडलाई रोमाञ्चक टाइब्रेकरमा पराजित गर्दै फाइनलमा स्थान सुनिश्चित गरेको छ।

वीरगन्ज युनाइटेड र आयोजक प्रतिभा युवा क्लबबीचको रोमाञ्चक सेमिफाइनल बराबरीमा, ट्राइबेकरबाट भोली  निर्णय हुने

वीरगन्ज । स्व. रामबहादुर श्रेष्ठको स्मृतिमा जारी चौथो ठोरी गोल्डकप फुटबल प्रतियोगिताको अन्तिम सेमिफाइनल खेल आज साँझ अत्यन्तै रोमाञ्चक रूपमा सम्पन्न भएको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.