logo

सपथ नखादै जनतासँग जान छाडे जनप्रतिनिधि, ११ जना मध्य एकजना कार्यक्रममा उपस्थित

      1/13/2018 गते 00 00 मा प्रकाशित     2563   पटक पढिएको

वीरगन्ज, २९ पुस । शनिबार वीरगन्जको माईस्थानमा रिपोर्टस क्लब नेपालले ‘वीरगन्जलाई प्रदेशिक राजधानी बनाउने सम्बन्धमा नवनिर्वाचित प्रदेशसभा सदस्यहरुको योगदान र भूमिका’ विषयक कार्यक्रमको आयोजना गरेको थियो ।

प्रदेशसभामा निर्वाचित र समानुपातिकमा परेका प्रदेशसभा सदस्यहरुरलाई बोलाईएकोमा जम्मा एकजना प्रदेशसभा सदस्य मात्रै उपस्थित भए । जनताको भावना र जनताको चाहाना पूरा गर्छौ भनेर निर्वाचनमा भोट माग्न गएका उम्मेदवारहरुलाई जनताले भोट दिएर प्रदेशसभा सदस्यमा पठाएका जनप्रतिनिधिहरुले प्रदेशसभा सदस्यको सपथ नखादै जनतालाई धोका दिएका छन् ।

अहिले वीरगन्जलाई प्रादेशिक राजधानी बनाउनुपर्ने चौतर्फी दबाव बढीरहँदा प्रदेशसभाको राजधानी कहाँ राख्ने भन्ने निर्णयाक तहमा पुगेका प्रदेशसभा सदस्यहरु भने जनताले प्रश्न गर्ने सार्वजनिक स्थानमा उपस्थित नभएर जनमतलाई अपमान गरेका छन् । पर्साबाट ८ जना निर्वाचित र ३ जना सामानुपातिक गरी ११ जना प्रदेशसभा सदस्यमा भएका छन् ।

तर, बिहान ११ बजे राखिएको कार्यक्रममा दिउँसो ४ बजे सम्ममा जम्मा एकजना मात्रै प्रदेशसभा सदस्य उपस्थित भए । पर्सा क्षेत्र नम्बर ४ को ‘क’ बाट निर्वाचित प्रदेशसभा सदस्य शंकर चौधरी कार्यक्रममा उपस्थित भए । अन्य कुनैपनि प्रदेशसभा सदस्यहरु कार्यक्रममा उपस्थित भएनन् । प्रदेशसभा सदस्यहरु कार्यक्रममा उपस्थित नभएपछि कार्यक्रममा सहभागि सर्वसाधारणहरुले भने आक्रोश व्यक्त गरे । हामीले जिताएर पठाएको नेताहरु अहिले नै हामीलाई धोका दिए ।

वीरगन्ज महानगरपालिका वडा नम्बर १७ अलौका युवा छठु साहले भने, “यीनिहरु सेटीङ्गमा लागेका छन् । वीरगन्जलाई प्रादेशिक राजधानी बनाउनुपर्छ भनेर यति आन्दोलन हुँदा समेत आउदैनन् । मधेस आन्दोलनमा हामी ढोल तासा बजाएर नाकामा आयौं तर अहिले हाम्रो अगाडि नेता आएनन् । यो हाम्रो मतको अपमान हो ।”

मधेस आन्दोलनको बेला नाकामा आउँदा राजेन्द्र महतो र उपेन्द्र यादवले मेरै सामने वीरगन्जलाई राजधानी बनाउछौं भने भनेका थिए । तर, अहिले किन बोल्दैनन् ? राजेन्द्र महतो किन जनकपुरलाई राजधानी बनाउछौं भनिरहेको छ ? उनको आक्रोशपूर्ण प्रश्न थियो । कार्यक्रममा अर्का युवा अलौकै अमर यादवले कार्यक्रममा उद्योगी व्यवसायी पनि नआएको भन्दै पर्सामा चारवटै क्षेत्रमा प्रतिनिधिसभामा मधेसी दलहरुले जितेका छन् तर राजेन्द्र महतो एक्लैले जनकपुरलाई राजधानी बनाउछु भन्न सक्छ भने पर्साका नेताहरुले किन भन्न सक्दैनन् ? उनको प्रश्न थियो ।

उनले आक्रोशित हुदै भने, “हामीलाई उल्लु बनाएका छन् । नाकामा गएर हामी पनि बसेका थियौं । हामीले फोरमलाई भोट हालेर जितायौं । तर, अहिले वीरगन्जलाई राजधानी बनाउने साझा मुद्दामा किन कोही आएनन् ? अब जनताले चिनेर राखेका छन् नेताज्यूहरु याद राख्नुस् ।” बिहान ११ बजे बोलाईएको कार्यक्रममा आउछु भन्दै दिउँसो ४ बजे सम्म पनि जनप्रतिनिधिहरु नआएपछि जनता आक्रोशित भएका थिए ।

प्रदेश नम्बर २ का मुख्यमन्त्रीका दावेदार लालबाबु राउत गद्दी काम विशेषले पश्चिमतिर जाने जानकारी गराएको भएपनि अरु जनप्रतिनिधिहरुले भने आउछु भनेर झुक्याएको कार्यक्रम आयोजक रिपोटर्स क्लब नेपाल मधेस प्रमुख कन्हैया गुप्ताले बताए ।       

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

हैदराबाद–बेंगलुरु जाँदै गरेको बसमा आगलागी, कम्तीमा २१ जनाको मृत्यु

वीरगंज ।  हैदराबादबाट बेंगलुरु जाँदै गरेको एक एयर–कन्डिसन्ड स्लीपर बसमा शुक्रबार बिहान आगलागी हुँदा २१ जनाको जलेर मृत्यु भएको र केही अन्य यात्रु घाइते भएका छन्। दुर्घटना कुर्नुल जिल्लाको चिन्नेतेकुरु गाउँ नजिकै राष्ट्रिय राजमार्ग ४४ मा बिहान करिब २ः ४५ बजे भएको हो।

समाज

पर्सामा मतदान प्रतिशत उच्च रहेको प्रराम्भिक अनुमान, यकिन बिवरण आउन केही समय लाग्ने

वीरगञ्ज ।  प्रतिनिधि सभाको निर्वाचनमा पर्सा जिल्लामा ६५ प्रतिशत मत खसेको प्रारम्भिक अनुमान गरिएको छ ।

कञ्चनपुरमा निर्वाचन प्रहरीको मृत्यु

कञ्चनपुर । कञ्चनपुरमा निर्वाचन प्रहरीको मृत्यु भएको छ । जिल्लाको पुनर्बास नगरपालिकामा खटिएका निर्वाचन प्रहरीको आज उपचारका क्रममा मृत्यु भएको हो ।

खेलकुद

एनपीएल सिजन–२ ,काठमाडौँ गोर्खाजको विजयी सुरुआत

काठमाडौं । दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट मा काठमाडौँ गोर्खाजले विजयी सुरुआत गरेको छ। जनकपुर बोल्ट्सले दिएको १३१ रनको लक्ष्य काठमाडौँले १८ ओभरमै ५ विकेट गुमाउँदै पूरा गर्‍यो।

ठोरी गोल्डकप–२०८२ ट्राइबेकरमा आयोजक प्रतिभा युवा क्लबको विजयी ,‘चौधरी म्यान अफ द म्याच’ र ‘बेस्ट किपर’ घोषित

ठोरी । स्व. रामबहादुर श्रेष्ठको स्मृतिमा आयोजित चौथो ठोरी गोल्डकप–२०८२ को उपाधि आयोजक प्रतिभा युवा क्लब, बिजयबस्तीले हात पारेको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.