logo

छपकैया क्षेत्र शिल ,छुट्टै कोभिड अस्पताल संचालनमा ल्याउन चिकित्सकको सुझाव

      4/12/2020 गते 00 00 मा प्रकाशित     1636   पटक पढिएको

बीरगंज ३० चैत । 

तीन जना भारतीय नागरिकमा कोराना भाइरसको संक्रमण देखिएपछि उनीहरुले आश्रय लिदै आएको बीरगंजको छपकैया क्षेत्रलाई शिल गरिएको छ ।

 

बीरगंज महानगरपालिकाको वडा नं २ छपकैयाको यतिम खाना र घुसुकपुरमा रहेको  मस्जिदमा उनीहरुले आश्रय लिएका थिए ।

 

मुस्लिम समुदायमा धर्म प्रचार गर्न हिड्ने समुहलाई जमाती भनिन्छ । जमातीको समुहमा रहेका धर्म प्रचारहरुले नमाज पढने तरिकाहरु सिकाउने गर्दछन । उनीहरुमा कोरोना भाइरसको संक्रमण पाइएपछि बीरगंज र यस आसपासको क्षेत्रमा चिन्ता बढेको छ । 

नेपाल प्रहरी शसस्त्र प्रहरी र नेपाली सेनाको समेत संलग्न रहेको टोलीले छपकैया क्षेत्रमा अध्ययन गरि छपकैया क्षेत्रलाई शिल गरेको छ । त्यो क्षेत्रमा जमातीहरुसंगको सम्बन्ध सम्र्पकका बिषयमा गहन खोजी शुरु गरेको छ । मस्जिदमा  आएकाहरुको ट्राभल्स हिस्ट्रीका बारेमा पनि अनुसन्धान शुरु गरिएको स्थानीय प्रशासनले जनाएको छ । 

यसैवीच बीरगंजमा कोभिड अस्पताल संचालनका बिषयमा सरोकारवालावीच छलफल भइरहेको छ । बीरगंजमा कोरोना भाइरसको सक्रमण देखा परेपछि चिकित्सकहरुले पनि छुट्टै अस्पताल संचालनकोलागि  सुझाव दिएका छन । नारयणी अस्पताललाई नै कोभिड अस्पतालको रुपमा बिकास गर्ने सम्मको छलफल भएको तर निष्कर्षमा नपुगिएका एक जना सहभागिले जनाएका छन ।


 जनरल र कोभिड–१९ का बिरामीलाई एकै ठाउँमा राखेर उपचार गर्दा समस्या आउन सक्ने प्रति चिकित्सकहरुले सजग गराएका छन  । नारयाणी अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. मदन उपाध्यायले छिटो भन्दा छिटो कोरोना विशेष अस्पताल सञ्चालन गर्नुपर्ने बताउनु भयो ।

प्रदेशले निर्णय गरेको कोभिड अस्पताल छिटो भन्दा छिटो सञ्चालन गर्नुपर्छ । त्यसो गर्न नसके स्थानीय प्रशासनले कुनै अस्पताललाई खाली गराएर पनि कोभिड अस्पताल बनाउनुपर्ने उहााको धारणा रहेको छ ।

कोरोना संक्रमित तीन जना भारतीय हाल नारायणी अस्पतालको आइसोलेसन वार्डमा उपचाररत छन् ।

तीनजना भारतीय जमातीलाई कोरोना संक्रमण भएको पुष्टि हुनासाथ वीरगञ्जमा सरोकारवाला निकाय ले सक्रियता देखाएका छ। जमातीमा रहेकाहरुको कन्टयाक्ट ट्रेसिङमा  स्थानीय प्रशासनले ध्यान केन्द्रित गरेको जनाएको छ । 


कोरोनाले छपकैया क्षेत्रमा समुदाय नै प्रभावित हुन सक्नेतर्फ ध्यान दिँदै आसपासको ठाउँ शील गर्ने र छिटोभन्दा छिटो स्क्रिनिङ र टेष्ट गर्नुपर्ने नारायणी अस्पतालका  चिकित्सक डा . उदयनारायण सिंह को भनाई छ  । 

नारायणी अस्पतालमा एउटा मात्रै भेन्टिलेटर छ । चारवटा आईसीयूको प्रबन्ध छ भने आइसोलेसन वार्ड २५ बेडको छ । नारायणी अस्पतालमा ३ सय थान र्‍यापिड टेष्ट किट आएको छ, जिल्ला जनस्वास्थ्य कार्यालय र नेशनल मेडिकल कलेजलाई १ र १ सय थान र्‍यापिड टेष्ट किट प्रदान गरिएको छ ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

हैदराबाद–बेंगलुरु जाँदै गरेको बसमा आगलागी, कम्तीमा २१ जनाको मृत्यु

वीरगंज ।  हैदराबादबाट बेंगलुरु जाँदै गरेको एक एयर–कन्डिसन्ड स्लीपर बसमा शुक्रबार बिहान आगलागी हुँदा २१ जनाको जलेर मृत्यु भएको र केही अन्य यात्रु घाइते भएका छन्। दुर्घटना कुर्नुल जिल्लाको चिन्नेतेकुरु गाउँ नजिकै राष्ट्रिय राजमार्ग ४४ मा बिहान करिब २ः ४५ बजे भएको हो।

समाज

चितवनमा रगतको चरम अभाव, रेडक्रस सोसाइटीद्वारा रक्तदान गर्न अपिल

चितवन । चितवन  जिल्लामा रगतको चरम अभाव भएको छ । यससंगै नेपाल रेडक्रस सोसाइटी चितवन शाखाले रक्तदानका कार्यक्रम गरिदिन अपिल जारी गरेको छ ।

उपकार सेवाको सहयोग घरमै ह्वीलचेयर

वीरगंज । पोखरिया नगरपालिकाको वडा नं ६ सिर्सियाका एक बिरामीलाई “कुइन ज्वैलर्स काठमाडौं” को सहयोगमा ह्वीलचेयर प्रदान गरिएको छ।

खेलकुद

नारायणी रङ्गशालाको प्याराफिट पुनर्निर्माण कार्यको  सचिव शिवजी गुप्ताले गरे शिलान्यास

वीरगञ्ज । वीरगञ्जस्थित नारायणी रङ्गशालाको प्याराफिट पुनर्निर्माण कार्यको मधेश प्रदेश खेलकुद परिषदका सदस्य सचिव सचिव शिवजी गुप्ताले शिलान्यास गरेका छन ।

एनपीएल सिजन–२ ,काठमाडौँ गोर्खाजको विजयी सुरुआत

काठमाडौं । दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट मा काठमाडौँ गोर्खाजले विजयी सुरुआत गरेको छ। जनकपुर बोल्ट्सले दिएको १३१ रनको लक्ष्य काठमाडौँले १८ ओभरमै ५ विकेट गुमाउँदै पूरा गर्‍यो।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.