logo

सिर्सिया खोला र औद्योगिक प्रदूषणको विषयमा संसदीय टोलीसँग जनप्रतिनिधिको छलफल 

      3/25/2021 गते 00 00 मा प्रकाशित     611   पटक पढिएको

 वीरगन्ज महानगरपालिकामा हुदै बग्ने सिर्सिया खोलाको प्रदुषण र परवानीपुरदेखि बिरगंज भन्सार सम्म संचालित उद्योग कलकारखानाको प्रदुषणको विषयमा बिहीबार संसदीय टोलीसँग छलफल सम्पन्न भएको छ ।

 

वीरगन्ज महानगरपालिकाका नगर प्रमुख विजय कुमार सरावगी सहित सिर्सिया नदिक्षेत्रमा पर्ने र त्यस वरिपरिका वडा अध्यक्ष र स्थानीय सुरक्षा अधिकारीहरुबीच छलफल भएको हो ।

 

छलफलमा संसदीय टोलीले सिर्सिया नदिको प्रदूषण र उद्योग कलकारखानाबाट हुने प्रदुषणको विषयमा जानकारी लिएका थिए ।

 

छलफल कार्यक्रममा प्रतिनिधिसभाका सांसद देवेन्द्र पौडेल (सुनील) कृष्णकुमार श्रेष्ठ (किसान),

प्रदीप यादव, प्रदेशसभा सदस्य करिमा वेगम, वीरगन्ज महानगरपालिकाका प्रमुख विजय कुमार सरावगी, पर्साका प्रमुख जिल्ला अधिकारी अस्मान तामाङ, जिल्ला समन्वय समितिका सभापति नेक महम्मद अन्सारी, पर्साका प्रहरी उपरीक्षक वेल बहादुर पाण्डे, सशस्त्र प्रहरी उपरीक्षक राजेन्द्र खड्का लगायतको उपस्थिति रहेको थियो ।  
 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

प्रवासी नेपाली मञ्च क्यानडाको अध्यक्षमा रमेश धिताल चयन

प्रवासी नेपाली मञ्च क्यानडाको अध्यक्षमा रमेश धिताल सहितको कार्यसमिति सर्वसम्मत चयन भएका छन ।

अभियन्ता चौधरीलाई ‘ग्लोबल एन्टी रेसिजम च्याम्पेनसिप अवार्ड’

वाशिङ्गटन डिसी । नेपालकी सामाजिक अभियन्ता उर्मिला चौधरीे ग्लोबल एन्टी रेसिजम च्याम्पेनसिप अवार्डद्वारा सम्मानित भएकी छिन ।

खेलकुद

क्रिकेटर  प्रविण र एसईईमा सर्वोत्कृष्ट  नतिजा ल्याउने  साह वीरगंज महानगरद्वारा सम्मानित

वीरगंज । नेपाली महिला टोलीलाई विश्वकप क्रिकेटसम्मको यात्रामा योगदान पु¥याउने वीरगंजकी क्रिकेट खेलाडी साना प्रविण र यस वर्षको एसईई परीक्षामा पर्सा जिल्ला प्रथम भएकी रिया साहलाई वीरगंज महानगरपालिकाले आइतबार एक कार्यक्रमकाबीच सम्मान गरेको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बिरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बिरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.