logo

श्रीपुरका प्रहरी निरीक्षक साहलाई इतिहास रच्न सफलता मिल्ने बीरगंजवासीको शुभेच्छा ,सम्मान सहित बिदाई

      4/13/2021 गते 00 00 मा प्रकाशित     1024   पटक पढिएको

वडा प्रहरी कार्यालय श्रीपुरको १६ महिने सेवा पछि प्रहरी निरिक्षक दीपक साहको सरुवा भएको छ । कोरोना संक्रमणको बेला प्रहरी निरिक्षक साहले नागरिकको जीवन रक्षाकालागि निर्वाह गरेको भूमिका बीरगंजवासीले सदा स्मरण गर्ने छन ।

 

 

निरिक्षक साहको ब्यवसायीक दक्षता र नेपाल प्रहरीको निष्ठा अनुसारको कामका कारण उहाँ सदैब स्मरणमा रहने बीरगंज महानगरपालिका वडा नं ११ का वडाध्यक्ष प्रदुम्न सेढाईले बताउनु भयो । 
निरिक्षक साहको न सुझवुझपूर्ण नेतृत्वका कारण समाजले पनि उहाँलाई सम्मान गरेको छ । सरुवा भई जान लाग्नु भएका निरिक्षक साहको सम्मानमा 
सामुदायिक प्रहरी सेवा केन्द्र मुर्लीले कार्यक्रमको आयोजना गर्यो ।   

 

 

सोमबार श्रीपुरस्थित केन्द्रको कार्यालयमा आयोजित विदाई कार्यर्कम प्रहरी निरीक्षक साहको विदाई गरिएको हो । गत वर्ष मंसिर २९ गते वडा प्रहरी कार्यालय श्रीपुरको प्रमुखका रुपमा आउनु भएका  प्रहरी निरीक्षक साहको प्रहरी प्रधान कार्यालय काठमाडौँस्थित मानव बेचबिखन शाखामा सरुवा भएको छ ।

 


१६ महिनाको कार्यकालमा निरिक्षक  साहले जिल्लावासीको सेवामा निरन्तर इमान्दारिताका साथ काम गरेको भन्दै वक्ताहरुले प्रशंसा गरेका थिए । प्रहरी संगठन भित्र भविष्यमा राम्रो स्थानमा पुग्ने सम्भावना भएका साहलाई नेपाल प्रहरी संगठनमा इतिहास रच्नुहोस भँन्दै बीरगंजमा नागरिक अगुवाले शुभेच्छा ब्यक्त गरेका छन ।  

 


कोरोनाभाइरस महामारीको समयमा पनि आफ्नो ज्यानलाई जोखिममा राखेर जनताको सेवा गरेको बताउँदै अगुवाहरुले  आगामी दिन प्रहरी निरिक्षक साहलाई कार्तब्य पथमा ठुलो सफलता मिल्ने बिश्वास समेत ब्यक्त गरेका छन । 

 


सामुदायिक प्रहरी सेवा केन्द्र मुर्लीका अध्यक्ष राम कुमार सर्राफको सभापतित्वमा भएको कार्यक्रममा वडा नम्बर ११ का वडा अध्यक्ष प्रदुम्न  सेढाई, केन्द्रका सचिव दिलीप प्रधान, वीरगञ्ज युवा समाजका अध्यक्ष कमल चौगाई, नेकपा एमालेका युवा नेता अखलेश साहलगायत स्थानीय अगुवा, सञ्चारकर्मीलगायतको उपस्थिति रहेको थियो ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

पत्रकार धम्काउने जर्मनी दूतावासका प्रथम सचिवलाई कारबाही गर्न पत्रकार महासंघ युरोपको माग

वीरगंज । जर्मनीको बर्लिनस्थित नेपाली राजदूतावासका प्रथम सचिव रन्जन यादवले पत्रकार दीपेन्द्र गजुरेललाई धम्की दिएको आरोप लगाउँदै उक्त घटनाको निष्पक्ष छानबिन गरी कारबाही गर्न माग गरिएको छ।

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समाज

वन व्यवस्थापन तथा काठ उपभोगसम्बन्धी झन्झटिला नियमलाई सरल बनाउन पहल आवश्यक छः  वनमन्त्री चौधरी

बीरगंज ।मधेश प्रदेश सरकारका वन तथा वातावरणमन्त्री शंकरप्रसाद चौधरीले एउटा रुख काट्दा कम्तीमा दशवटा रुख रोप्ने नीति अवलम्बन गर्न साझेदारी वन उपभोक्ता समूहलाई सुझाव दिएका छन।

यस वर्षको सुबोध स्मृति पत्रकारिता  पुरस्कारबाट पत्रकार गौतम पुरस्कृत हुने

वीरगञ्ज । प्रतीक दैनिकले प्रदान गर्दै आएको सुबोध स्मृति पत्रकारिता पुरस्कार यस वर्ष वीरगञ्जका पत्रकार महेशचन्द्र गौतमलाई प्रदान गर्ने निर्णय गरेको छ ।

खेलकुद

नारायणी रंगशालाको स्तरउन्नतीकालागि १५ करोड बिनियोजन

वीरगंज । नेपालकै महत्वपूर्ण रंगशलाको रुपमा रहेको वीरगंजको नारायणी रंगशालाको र त्याहा रहेको बहुउद्धेश्यीय कर्भडहलको स्तरउन्नतीकोलागि १२ करोड ५० लाख रुपैयाँ बजेट विनियोजन भएको छ ।

मधेस प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता शुरु ,पूर्वमन्त्री जयसवालले गरे उद्धघाटन

सिमरा । मधेस प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता मंगलबारदेखि सिमरामा सुरु भएको छ । राष्ट्रिय स्तरको राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा सहभागी हुने खेलाडी छनोट गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको हो ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.