logo

श्रीपुरका प्रहरी निरीक्षक साहलाई इतिहास रच्न सफलता मिल्ने बीरगंजवासीको शुभेच्छा ,सम्मान सहित बिदाई

      4/13/2021 गते 00 00 मा प्रकाशित     928   पटक पढिएको

वडा प्रहरी कार्यालय श्रीपुरको १६ महिने सेवा पछि प्रहरी निरिक्षक दीपक साहको सरुवा भएको छ । कोरोना संक्रमणको बेला प्रहरी निरिक्षक साहले नागरिकको जीवन रक्षाकालागि निर्वाह गरेको भूमिका बीरगंजवासीले सदा स्मरण गर्ने छन ।

 

 

निरिक्षक साहको ब्यवसायीक दक्षता र नेपाल प्रहरीको निष्ठा अनुसारको कामका कारण उहाँ सदैब स्मरणमा रहने बीरगंज महानगरपालिका वडा नं ११ का वडाध्यक्ष प्रदुम्न सेढाईले बताउनु भयो । 
निरिक्षक साहको न सुझवुझपूर्ण नेतृत्वका कारण समाजले पनि उहाँलाई सम्मान गरेको छ । सरुवा भई जान लाग्नु भएका निरिक्षक साहको सम्मानमा 
सामुदायिक प्रहरी सेवा केन्द्र मुर्लीले कार्यक्रमको आयोजना गर्यो ।   

 

 

सोमबार श्रीपुरस्थित केन्द्रको कार्यालयमा आयोजित विदाई कार्यर्कम प्रहरी निरीक्षक साहको विदाई गरिएको हो । गत वर्ष मंसिर २९ गते वडा प्रहरी कार्यालय श्रीपुरको प्रमुखका रुपमा आउनु भएका  प्रहरी निरीक्षक साहको प्रहरी प्रधान कार्यालय काठमाडौँस्थित मानव बेचबिखन शाखामा सरुवा भएको छ ।

 


१६ महिनाको कार्यकालमा निरिक्षक  साहले जिल्लावासीको सेवामा निरन्तर इमान्दारिताका साथ काम गरेको भन्दै वक्ताहरुले प्रशंसा गरेका थिए । प्रहरी संगठन भित्र भविष्यमा राम्रो स्थानमा पुग्ने सम्भावना भएका साहलाई नेपाल प्रहरी संगठनमा इतिहास रच्नुहोस भँन्दै बीरगंजमा नागरिक अगुवाले शुभेच्छा ब्यक्त गरेका छन ।  

 


कोरोनाभाइरस महामारीको समयमा पनि आफ्नो ज्यानलाई जोखिममा राखेर जनताको सेवा गरेको बताउँदै अगुवाहरुले  आगामी दिन प्रहरी निरिक्षक साहलाई कार्तब्य पथमा ठुलो सफलता मिल्ने बिश्वास समेत ब्यक्त गरेका छन । 

 


सामुदायिक प्रहरी सेवा केन्द्र मुर्लीका अध्यक्ष राम कुमार सर्राफको सभापतित्वमा भएको कार्यक्रममा वडा नम्बर ११ का वडा अध्यक्ष प्रदुम्न  सेढाई, केन्द्रका सचिव दिलीप प्रधान, वीरगञ्ज युवा समाजका अध्यक्ष कमल चौगाई, नेकपा एमालेका युवा नेता अखलेश साहलगायत स्थानीय अगुवा, सञ्चारकर्मीलगायतको उपस्थिति रहेको थियो ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

हैदराबाद–बेंगलुरु जाँदै गरेको बसमा आगलागी, कम्तीमा २१ जनाको मृत्यु

वीरगंज ।  हैदराबादबाट बेंगलुरु जाँदै गरेको एक एयर–कन्डिसन्ड स्लीपर बसमा शुक्रबार बिहान आगलागी हुँदा २१ जनाको जलेर मृत्यु भएको र केही अन्य यात्रु घाइते भएका छन्। दुर्घटना कुर्नुल जिल्लाको चिन्नेतेकुरु गाउँ नजिकै राष्ट्रिय राजमार्ग ४४ मा बिहान करिब २ः ४५ बजे भएको हो।

तामिलनाडु भागदौडमा ३९ जनाको ज्यान गयो,प्रति परिवारलाई ३२ लाख राहत दिइने

नयाँ दिल्ली। शनिबार तमिलनाडुको करूरमा अभिनेता–नेता विजयको र्‍यालीमा भादौड मच्चिदा ३९ जनाको ज्यान गएको  छ ।  १ सय  भन्दा बढी घाइते भएका छन, जसको  उपचार बिभिन्न अस्पतालमा भइरहेको छ।

भारतको लद्दाखमा राज्यको माग र स्वायत्तताका लागि चर्कियो आन्दोलन,४ को मृत्यु,भाजपा कार्यालयमा आगजनी

लेह ।  लद्दाखमा राज्यको माग र छैठौँ अनुसूचीमा समावेश गर्नुपर्ने आन्दोलन तीव्र बनेको छ।

समाज

आर्थिक रूपमा कमजोर महिलालाई जिल्ला स्तरीय समितिबाट राहत सहयोग प्रदान

वीरगंज । पर्साको वीरगंजमा  घटेको एक दुःखद घटनापछि आर्थिक रूपमा अत्यन्त कमजोर अवस्थामा रहेकी एकल महिलालाई राहत स्वरूप नगद सहयोग प्रदान गरिएको छ।

थारू संस्कृति प्रवर्द्धनका लागि चौधरीको संयोजकत्वमा वीरगञ्जमा माघी मूल समारोह समिति गठन

पर्सा जिल्लाको वीरगञ्जमा थारू समुदायको महान् पर्व माघी (खिचडी) २०८२ लाई सभ्य, सुसंस्कृत र भव्य रूपमा मनाउने उद्देश्यले नयाँ मूल समारोह समिति गठन गरिएको छ।

खेलकुद

एनपीएल सिजन–२ ,काठमाडौँ गोर्खाजको विजयी सुरुआत

काठमाडौं । दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट मा काठमाडौँ गोर्खाजले विजयी सुरुआत गरेको छ। जनकपुर बोल्ट्सले दिएको १३१ रनको लक्ष्य काठमाडौँले १८ ओभरमै ५ विकेट गुमाउँदै पूरा गर्‍यो।

ठोरी गोल्डकप–२०८२ ट्राइबेकरमा आयोजक प्रतिभा युवा क्लबको विजयी ,‘चौधरी म्यान अफ द म्याच’ र ‘बेस्ट किपर’ घोषित

ठोरी । स्व. रामबहादुर श्रेष्ठको स्मृतिमा आयोजित चौथो ठोरी गोल्डकप–२०८२ को उपाधि आयोजक प्रतिभा युवा क्लब, बिजयबस्तीले हात पारेको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.