logo

वीरगन्ज साईक्लिङ क्लबद्वारा प्रहरीलाई स्वास्थ्य सामग्री हस्तान्तरण

      4/23/2021 गते 00 00 मा प्रकाशित     499   पटक पढिएको

वीरगन्ज, १० बैशाख । जिल्ला प्रहरी कार्यालय पर्सा र जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्सालाई वीरगन्ज साईक्लिङ क्लबले कोरोना संक्रमणबाट बच्नका लागि स्वास्थ्य सामग्रीहरु हस्तान्तरण गरेको छ । वीरगन्ज साईक्लिङ क्लबको टोलीले जिल्ला प्रहरी कार्यालय पर्सा र ट्राफिक प्रहरी कार्यालय पर्सामा गएर स्वास्थ्य सामग्रीहरु हस्तान्तरण गरेको हो ।

जिल्ला प्रहरी कार्यालय पर्सालाई सात थान पीपीई, ४५ लिटर सेनिटाईजर, दुई हजार मास्क, स्टिम भेपोराईजर ३० पीस, २०० एमएलको सेनिटाईजर २० पिस र ४ पिस थर्मल गन गरी कूल ५० हजार रुपैया बराबरको सहयोग सामग्री प्रहरी उपरीक्षक बेल बहादुर पाण्डेलाई हस्तान्तरण गरिएको क्लबका अध्यक्ष सञ्जय अग्रवालले जानकारी दिनुभयो ।

त्यस्तै जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्सालाई १० लिटर सेनिटाईजर, १ हजार पिस मास्क, २०० एमएलको सेनिटाईजर ५ पिस गरी कूल १० हजार बराबरको स्वास्थ्य समाग्री ट्राफिक प्रहरी कार्यालयका प्रमुख प्रहरी निरीक्षक सुमन कार्कीलाई हस्तन्तरण गरिएको अग्रवालले बताउनुभयो । सामग्री हस्तान्तरण टोलीमा सञ्जय अग्रवाल, अनुप अग्रवाल र नुतन सरावगीको सहभागिता रहेको थियो । 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

प्रवासी नेपाली मञ्च क्यानडाको अध्यक्षमा रमेश धिताल चयन

प्रवासी नेपाली मञ्च क्यानडाको अध्यक्षमा रमेश धिताल सहितको कार्यसमिति सर्वसम्मत चयन भएका छन ।

अभियन्ता चौधरीलाई ‘ग्लोबल एन्टी रेसिजम च्याम्पेनसिप अवार्ड’

वाशिङ्गटन डिसी । नेपालकी सामाजिक अभियन्ता उर्मिला चौधरीे ग्लोबल एन्टी रेसिजम च्याम्पेनसिप अवार्डद्वारा सम्मानित भएकी छिन ।

खेलकुद

क्रिकेटर  प्रविण र एसईईमा सर्वोत्कृष्ट  नतिजा ल्याउने  साह वीरगंज महानगरद्वारा सम्मानित

वीरगंज । नेपाली महिला टोलीलाई विश्वकप क्रिकेटसम्मको यात्रामा योगदान पु¥याउने वीरगंजकी क्रिकेट खेलाडी साना प्रविण र यस वर्षको एसईई परीक्षामा पर्सा जिल्ला प्रथम भएकी रिया साहलाई वीरगंज महानगरपालिकाले आइतबार एक कार्यक्रमकाबीच सम्मान गरेको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बिरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बिरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.