logo

पोखरियाका वडाध्यक्षद्वारा पत्रकारलाई अपशब्द र कुटपिटको धम्की , प्रेस चौतारी पर्साद्वारा भर्त्सना

 इसीमाना सम्वाददाता     २०८३ कार्तिक १६ गते ०७: ३६ मा प्रकाशित     177   पटक पढिएको

वीरगन्ज ।  पर्साको पोखरिया नगरपालिकाका वडा नं. ४ का वडाध्यक्ष लक्ष्मण साह कानुले पत्रकारलाई सार्वजनिक मञ्चबाटै अपशब्द प्रयोग गर्दै कुटपिटको धम्की दिएको घटनाप्रति प्रेस चौतारी नेपाल, पर्साले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।

 

प्रेस चौतारी पर्साका अध्यक्ष निरञ्जन साहद्वारा सोमवार जारी विज्ञप्ति अनुसार, पोखरिया नगरपालिकाको १२ औं नगरसभाको खुला मञ्चमा गत शुक्रवार वडा नं ४ का वडाध्यक्ष कानुले सोही वडाको सतवरियामा रहेको श्री नेपाल राष्ट्रिय कन्या माध्यमिक विद्यालयको कर्मचारी नियुक्ति तथा व्यवस्थापन सम्बन्धी विषयमा समाचार प्रकाशन गरेको भन्दै प्रेस चौतारी पर्साका सदस्य एवं फेमस नेपाल सन्देश पत्रिकाका प्रकाशक पत्रकार शैलेश साह कानुमाथि अपशब्द प्रयोग गर्दै कुटपिट गर्ने धम्की दिएका थिए।

 

पत्रकारले सार्वजनिक सरोकारका विषयमा समाचार सम्प्रेषण गर्नु आफ्नो व्यावसायिक धर्म र संवैधानिक अधिकार हो।

 

 समाचार प्रति कुनै असहमति वा आपत्ति भए त्यसको खण्डन गर्ने, प्रमाणसहित आफ्नो धारणा सार्वजनिक गर्ने तथा कानुनी उपचार खोज्ने वैधानिक बाटाहरू हुँदाहुँदै सार्वजनिक कार्यक्रममै पत्रकारलाई अपशब्द प्रयोग गर्ने तथा कुटपिटको धम्की दिने कार्य प्रेस स्वतन्त्रता र अभिव्यक्ति स्वतन्त्रताको मान्यता विपरीत रहेको हाम्रो ठहर छ बिज्ञप्तिमा उल्लेख छ ।

 

प्रेस चौतारीले घटनाको निष्पक्ष छानबिन गरी सत्यतथ्य सार्वजनिक गर्न, पत्रकार शैलेश साह कानुको सुरक्षाको प्रत्याभूति गर्न तथा दोषीमाथि प्रचलित कानुन अनुसार आवश्यक कारबाही गर्न सम्बन्धित निकायसँग जोडदार माग गरेको छ।

 

साथै प्रेस स्वतन्त्रताको सम्मान गर्दै पत्रकारलाई निर्भीक र स्वतन्त्र रूपमा समाचार सम्प्रेषण गर्ने वातावरण निर्माण गर्न सबै जनप्रतिनिधि तथा सरोकारवालालाई आग्रह समेत गरेको छ।

तपाईं हामीसंग फेसबुक र ट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

पत्रकार धम्काउने जर्मनी दूतावासका प्रथम सचिवलाई कारबाही गर्न पत्रकार महासंघ युरोपको माग

वीरगंज । जर्मनीको बर्लिनस्थित नेपाली राजदूतावासका प्रथम सचिव रन्जन यादवले पत्रकार दीपेन्द्र गजुरेललाई धम्की दिएको आरोप लगाउँदै उक्त घटनाको निष्पक्ष छानबिन गरी कारबाही गर्न माग गरिएको छ।

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समाज

कृषि अनुसन्धानमा नयाँ गति थप्दै मधेशको निर्देशनालय, पूर्वाधार र राजस्व वृद्धिमा देखियो उपलब्धि

वीरगञ्ज । कृषि क्षेत्रको अनुसन्धान, उत्पादन वृद्धि र आधुनिक प्रविधिको विस्तारलाई केन्द्रमा राख्दै बाराको परवानीपुरस्थित कृषि अनुसन्धान निर्देशनालय, मधेश प्रदेशले आफ्नो गतिविधि तीव्र बनाएको छ।

वन व्यवस्थापन समितिका पदाधिकारी माथि गम्भिर आरोप , घुस मागेको सञ्चालक साहको दाबी,आरोप अतिरन्जीत, अध्यक्ष गद्धी

वीरगन्ज ।एक जना सःमिलकाका संचालकले साझेदारी बन उपभोक्ता समिति र बन सुरक्षाकर्मीले घुस माँगेको आरोप लगाएका छन ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.