logo

गादीलाई फूटवलका माध्यमले पनि चिनिने बनाउने छौःअध्यक्ष गैरे

      7/21/2018 गते 00 00 मा प्रकाशित     1442   पटक पढिएको

कलैया ५ असार
पटेर्वा सुगौली गाउँपालिकाको वडा नं २ मा  वडा स्तरीय फूटवल छानौट प्रतियोगिता सम्पन्न भएको छ । 
वडा नं २ को १४ वटा टोलका खेलाडीहरुको  ७ वटा टोलीका वीचमा प्रतिस्पर्धा भएको छ । 


प्रतियोगिता अनिवार सम्पन्न फाइनल खेलमा थरघट्टी गाउृँ प्रथम भएको छ । थरघट्टीमा आदीवासी जनजाती घाँगड जातिको मात्र बसोवास रहेको छ । 


बेलवा प्रतियोगिताको उपबिजेता भएको छ । यो प्रतियोगीताबाट उत्कृष्ट देखिएका खेलाडीहरुको सहभागितामा वडास्तरीय एउटा फूटवल टिम तयार गर्ने उद्देश्यका साथ प्रतियोगिता संचालन गरिएको वडाध्यक्ष बिजय गैरेले जानकारी दिए ।

 

गाउँपालिकाको आर्थिक सहयोगमा वडा कार्यालयको संयोजनमा प्रतियोगिता संचालन गरिएको हो ।
वडा स्तरीय फूटवल टोलीको नाम भने साउन १५ गते घोषणा गरिने गैरेले बताए । 

 


खेलको माध्यमले पनि गादीको पहिचानलाई स्थापित गर्ने गरि फूटवल टिम तयार पार्न लागेको गैरेको भनाई छ ।

प्रतियोगितामा समभावना भएका राम्रा खेलाडीहरु देखा परेको सचिव देवीचरण न्यौापनेले जानकारी दिए । 
प्रतियोगिता संचालन अवधीभर स्थानीय अगुवाहरु र जनप्रतिनिधिहरुले निकै परिश्रम गरेका थिए ।
 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

प्रवासी नेपाली मञ्च क्यानडाको अध्यक्षमा रमेश धिताल चयन

प्रवासी नेपाली मञ्च क्यानडाको अध्यक्षमा रमेश धिताल सहितको कार्यसमिति सर्वसम्मत चयन भएका छन ।

अभियन्ता चौधरीलाई ‘ग्लोबल एन्टी रेसिजम च्याम्पेनसिप अवार्ड’

वाशिङ्गटन डिसी । नेपालकी सामाजिक अभियन्ता उर्मिला चौधरीे ग्लोबल एन्टी रेसिजम च्याम्पेनसिप अवार्डद्वारा सम्मानित भएकी छिन ।

खेलकुद

क्रिकेटर  प्रविण र एसईईमा सर्वोत्कृष्ट  नतिजा ल्याउने  साह वीरगंज महानगरद्वारा सम्मानित

वीरगंज । नेपाली महिला टोलीलाई विश्वकप क्रिकेटसम्मको यात्रामा योगदान पु¥याउने वीरगंजकी क्रिकेट खेलाडी साना प्रविण र यस वर्षको एसईई परीक्षामा पर्सा जिल्ला प्रथम भएकी रिया साहलाई वीरगंज महानगरपालिकाले आइतबार एक कार्यक्रमकाबीच सम्मान गरेको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बिरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बिरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.