ईसीमाना सम्वाददाता
बीरगंज १२ साउन ।
बिशाल मेमोरियल फाण्डेशनको पहिलो साधारण सभाले अनिल कुमार कलवारलाई अध्यक्षमा चयन गरेको छ । त्यस्तै बरिष्ठ उपाध्यक्षमा शुलभजंग राणा, प्रथम उपाध्यक्षमा म.नेजामुदिन दितिय उपाध्यक्षमा बालकृष्ण डंगोल रहेका छन ।
त्यस्तै महासचिवमा निशान्त कुमार लामिछाने,सचिवमा बिनोद परियार र कोषाध्यक्षमा मुकेश सिंह रहेका छन । त्यस्तै सदस्यहरुमा अजित राई ,बिकास नेपाली,नविन बिक्रम साह,दिपक साह कानु अनिल श्रेष्ठ,शौकत अली र अशोक गुप्ता लगायतका रहेका छन ।
यस अघि साधारण सभाको अखिल नेपाल फूटवल सं एन्फाका अध्यक्ष कर्मा छिरिङ शेर्पाले उद्धघाटन गरेका थिए । उनले खेलकुदकालागि कुनै जमाना नामी रहेको बीरगंजमा फेरी खेलकुद त्यसमा पनि फूटवललाई फाउण्डेशनले गती दिने बिश्वास ब्क्यक्त गरे ।
उनले नेपाली फूटवलको संस्थापनको बिरुद्धमा रहेर फाउण्डेशनले महत्वपूर्ण काम गरेको भन्दै शेर्पाले अव संघको वािषर््क क्यालेण्डरमा मेमोरियलको कामलाई पनि उल्लेख गर्ने बचन दिए ।
रुपक पाण्डेको अध्यक्षतामा भएको पहिलो साधारण सभामा नेपाली फूटवल क्षेत्रको बिकासमा योगदान दिने फिफा रेफ्री गजेन्द्रमा सिंह ,खेलाडी बिनोद परियार लगायतलाई कार्यक्रममा सम्मान गरिएको थियो ।
कार्यक्रममा अखिल नेपाल फूटवल संघका उपाध्यक्ष पंकज नेम्वाङ,उपेन्द्रमान सिंह,महासचिव इन्द्रमान तुलाधर नेपाल पत्रकार महासंघ प्रदेश २ का अध्यक्ष दीपेन्द्र चौहान,उपाध्यक्ष के.सी.लामिछाने पर्सा अध्यक्ष श्याम बन्जारा नेशनल मेडिकल कलेजका प्रवन्ध निर्देशक बसरुदिन अन्सारी लगायतको सभागिता रहेको थियो । बिनोद परियारले स्वागत गरेको कार्यक्रमको संचालन भने हेमन्त तमाङले गरेका थिए ।
तपाईको प्रतिक्रिया