logo

फोरस्टार क्लब रंगपुर छैठौ परसवागोल्डकपको सेमी फाइनलमा प्रवेश

      10/30/2018 गते 00 00 मा प्रकाशित     1097   पटक पढिएको

सेढवा १३ कार्तिक
पर्सा जिल्लाको सर्वाधिक पुरस्कार राशी रहेको छैठौ परसवा फूटवल प्रतियोगिताको आज सम्पन्न खेलमा गादीमाई फोर स्टार रगंगपुर फूटवल क्लब बिजयी भएको छ ।

यो जीतसंगै रंगपुर प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । गादीमाईले   नव जागृत यूवा क्लब दा प सुगौलीलाई पराजित गर्दै सेमी फाइनलमा प्रवेश गरेको हो ।

 

रंगपुरले सुगौलीलाई ० को बिरुद्ध १ गोलले पराजित ग¥यो  गादीमाई फोर स्टार क्लब रंगपुरका जर्सी नं १३ का पवन उरावले दोश्रो हाफमा गरेको गोल नै निर्णयक भएको थियो। रंगपुरले गरेका गोल अफ साइड भएको भन्दै सुगौलीका फिल्ड क्याप्टेनले करिब दश मिनेट खेल रोकेका थिए।

 

खेलको भिडियो रेकर्डिङ हेरेर आयोजक समितिले गोल भएको निर्माण गरेपछि पुन खेल शुरु भएको थियो ।सुगौली पाचौ परसवा  गोल्डकपको उपविजेता रहेका थियो । सुगौलीको यात्रा भने आजको हरसंगै सकिएको छ ।

 

आजको खेलमा मैन अफ  दि म्याचको उपाधि रंगपुरका जर्सी नं ३ का रवि पौडेल घोषित भए र उनीहरुलाई जिराभवानी गा पा का वडा नं ४ का अध्यक्ष सुभाष राउत थारुले चेक र ट्रफी प्रदान गरे। 


रंगपुरले सेमिफाइनलमा बीरगंज यूनाइटेडसंग सामना गर्ने छ। 

भोली देखि सेमी फाइनल चरणको खेल हुनेछ र भोलीको पहिलो सेमिफाइनल खेल यूवा प्रगति समाज नेपाल सेढवा र न्यु पञ्चम यूवा क्लब  रंगपुरबीच हुने आयोजक समितिले जनाएको छ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

प्रवासी नेपाली मञ्च क्यानडाको अध्यक्षमा रमेश धिताल चयन

प्रवासी नेपाली मञ्च क्यानडाको अध्यक्षमा रमेश धिताल सहितको कार्यसमिति सर्वसम्मत चयन भएका छन ।

अभियन्ता चौधरीलाई ‘ग्लोबल एन्टी रेसिजम च्याम्पेनसिप अवार्ड’

वाशिङ्गटन डिसी । नेपालकी सामाजिक अभियन्ता उर्मिला चौधरीे ग्लोबल एन्टी रेसिजम च्याम्पेनसिप अवार्डद्वारा सम्मानित भएकी छिन ।

खेलकुद

एनपिएल ,अनिलको अर्द्धशतकीय पारीको मद्दतमा जनकपुर बोल्ट्स लगातार विजयी

काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपिएल) जनकपुर वोल्ट्स आफ्नो दोस्रो खेलमा पनि लगातार विजयी भएको छ । कप्तान अनिलकुमार साहको अर्द्धशतकीय पारीको मद्दतले जनकपुर वोल्ट्सले कर्णाली याक्सलाई आठ विकेटले पराजित गरेको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बिरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बिरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.