logo

बीरगंजमा एकताकालागि दौड सम्पन्न ४२ किमी म्याराथानमा बिभागीय कब्जा

      2/29/2020 गते 00 00 मा प्रकाशित     2370   पटक पढिएको

वीरगञ्ज १७ फाल्गुण ।  एकतालागि दौड “बीरगंज म्याराथान”को उपाधी नेपाली सेनाका खगेन्द्र बहादुर भाटले जित्नु भएको छ । उहाँ त्रिभुवन आर्मी क्लबकासंग आवद्ध हुनुहुन्छ ।म्याराथानमा ४२ किलोमिटरको दौडको उपाधी भाट्ले जित्न सफल हुनु भएको हो ।

 

उहाँले नगद १ लाख २५ हजार रुपैया पुरस्कार प्राप्त गर्नु भयो । उहाँ नेपाली सेनामा अमरदार पदमा कार्यरत हुनुहुन्छ त्यसैगरी द्धितिय र तृतिय उपाधी पनि त्रिभुवन आर्मी क्लबकै सेनाले हात पार्न सफल भएका हुन् ।त्यस्तै २१ किलोमिटरको पुरुष र महिला तर्फ पनि सेनाकै खेलाडीहरू पहिला, दोस्रा र तेस्रा भए । भाटले २ घण्टा २१ मिनेट १५ सेकेन्ड, रोकायाले २ घण्टा २७ मिनेट ४९ सेकेन्डमा ४२ किलोमिटरको दूरी पार गर्दै क्रमशः प्रथम, द्वितीय र तृतीय हनु भयो ।


    ४२ किलोमिटरमा प्रथम भाटले २ लाख, द्वितीय रोकायाले १ लाख ५० हजार र तृतीय रिमालले १ लाख नगद पुरस्कारसहित शिल्ड र प्रमाणपत्र प्राप्त गर्नु भयो । ४२ किलोमिटरका खेलाडीहरू बाराको पिलुवाबाट कलैया हँुदै वीरगंजस्थित  सेनाको ब्यारेकमा पुगेका थिए । अन्य समूहको दौड वीरगंजबाट शुरू भएको थियो । सेना दिवसको अवसरमा एकतालागि दौडको आयोजना गरिएको थियो । 

 

 विजेताहरुलाई प्रदेश २ का मुख्यमन्त्री मोहमद लालबाबु राउत गद्दी र नेपाली सेनाका प्रधान सेनापति पुर्णचन्द्र थापाले पुरस्कार प्रदान गरी सम्मान गर्नु भयो  ।

सेनाले आयोजना गरेको वीरगञ्ज म्याराथान प्रतियोगिता मध्ये ४२ किलोमिटरको दौड बाराको पिलुवा स्थित नेपाली सेनाको बाहिनीबाट बिहान शुरु भएको थियो । पिलुवाबाट शुरु भएको दौड बाराकै कलैया, गढीमाई मन्दिर हुदै पुन कलैयाबाट वीरगञ्जको चण्डी प्रसाद गण सेनाको ब्यारेकमा आई समापन भएको थियो ।

त्यसैगरी २१ किलोमिटरको दौडमा महिला र पुरुष दुवै तर्फबाट त्रिभुवन आर्मी क्लबकै खेलाडीहरुले उपाधी हात पारेका छन । प्रथम, द्वितिय र तृतिय महिला तर्फ क्रमश राजपुरा पछाई, फुलमती राना र विन्दा श्रेष्ठ, र पुरुष तर्फ गजेन्द्र राई, दिपक अधिकारी र रामजी बस्नेत सफल हुनु भयो ।

२१ किलोमिटरको दौडका प्रथम, द्वितिय र तृतिय हुने विजेतालाई क्रमश ७५, ५० र ३५ हजार नगद सहित प्रमाणपत्र उपलब्ध गराई सम्मान गरिएको थियो । १० किलोमिटरको दौडमा सिभिलियन तर्फबाट पुरुष र महिला प्रथम, द्वितिय र तृतिय क्रमश, सागर श्रेष्ठ, दिनेश वोगटी, प्रिन्स कुमार गुप्ता, सकुन्तला ठगुन्ना, मन्जु राउत र शिला थापाले जित हासिल गर्नुभयो ।

त्यसैगरी विभागियबाट त्रिभुवन आर्मी क्लबकै महिला र पुरुष तर्फ प्रथम, द्वितिय र तृतियमा क्रमश पूर्ण लक्ष्मी न्यौपाने, सरस्वती भट्टराई, विर्सना कुमाल, कल्याण बानिया, गणेश ठकुरी र टंक कार्की भएका थिए । विजेताहरुलाई २०, १५ र १० हजारको दरले नगद र प्रमाण पत्र उपलब्ध गराई सम्मान गरिएको थियो ।

प्रतियोगितामा ४० बर्ष भन्दा माथिको ५ किलोमिटरको दौडमा प्रथम, द्वितिय र तृतियमा क्रमश जय नरेश सिंह, राजेश्वर कुमार र श्याम चौधरी हुनु भयो। उहाँहरुलाई  २०, १५ र १० हजार नगद र प्रमाण पत्र उपलब्ध गराई सम्मान गरिएको थियो ।

प्रतियोगितामा जेष्ठनागरिकहरुलाई समेत सहभागिता गराईएको थियो । ७० बर्ष भन्दामाथिका जेष्ठ नागरिकहरुको लागि १ किलोमिटरको दौड प्रतियोगिताको आयोजना गरिएको थियो । जसमा सन्तोष महतो प्रथम हुनु भाये। उहाँलाई नगद २५ हजार रुपैया सहित सम्मान गरिएको थियो । द्वितिय हुने अनिल मालाकार र तृतिय रमेश महतोलाई क्रमश २० हजार र १५ हजार रुपैया नगद उपलब्ध गराई सम्मान गरिएको थियो ।

वीरगञ्ज महानगरपालिकाको संयोजकत्व, भिजिट नेपाल २०२० प्रदेश २ र वीरगञ्ज उद्योग वाणिज्य संघको सह आयोजनामा गरिएको म्याराथान प्रतियोगितामा ५ हजार २ सय जनाले सहभागिता जनाएका थिए । जसमध्ये ४१ सय जनालाई निस्शुल्क टि सर्ट र टोपी उपलब्ध गराईएको थियो ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

समाज

पर्सागढीबाट जुवाडे पक्राउ सार्बजनिक शान्ति विरुद्दको कसुरमा मुद्धा चल्ने

वीरगंज । पर्सागढीको विरुवागुठीमा दिलमाया तामाङले सञ्चालन गरेकी गौरो कटेज खाजा पसलबाट चार जना ब्यक्तिहरु जुवा खेलीरहेको अवस्थामा पक्राउ परेका छन ।

महोत्तरीमा मोटरसाइकल दुर्घटनामा परि एसइ परिक्षा दिएर फर्किएका बिद्यार्थीको मृत्यु

बर्दिवास । महोत्तरीको जलेश्वर बर्दिबास सडकखण्डको बथनाहा मा मोटरसाइकल दुर्घटनामा परि तीन जना बिद्यार्थीको मृत्यु भएको छ ।

खेलकुद

नवौँ गोलबजार मेयर गोल्डकप फुटबल प्रतियोगितामाअ आज  चात्यासा फुटबल क्लब र विराटनगर भिड्ने

गोलबजार  । सिरहाको गोलबजार नगरपालिकाद्वारा आयोजित नवौँ गोलबजार मेयर गोल्डकप फुटबल प्रतियोगिताको दोस्रो दिनको खेलमा सलहेश युवा क्लब, सिरहा विजयी भएको छ।

गोलबजार मेयर गोल्ड कप चैत तेस्रो सातादेखि, बिजेताले ४ लाख ४४ हजार ४ सय ४४ रुपैया पुरस्कार पाउने

गोबजार ।  नवौँ संस्करणको मेयर गोल्ड कप फुटबल प्रतियोगिता चैत २३ देखि २९ गतेसम्म सञ्चालन हुने भएको छ । गोलबजार नगरपालिकाले पत्रकार सम्मेलनमार्फत प्रतियोगिताको तालिका सार्वजनिक गरेको हो ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.