logo

लायन्स क्लब अफ वीरगञ्ज संस्कृति गोल्डद्वारा विद्यार्थीलाई आँखा दानबारे सचेतना

 इसीमाना सम्वाददाता     २०८३ भदौ १८ गते ०२: २५ मा प्रकाशित     73   पटक पढिएको


वीरगञ्ज। लायन्स क्लब अफ वीरगञ्ज संस्कृति गोल्ड र तेरापन्थ युवक परिषद्को संयुक्त आयोजनामा परवानीपुरस्थित डी.ए.भी. आर.बी. केडिया स्कुलमा “भिजन फर भिजनलेस २.०” (Vision for Visionless 2.0) नामक आँखा दान सचेतना कार्यक्रम सम्पन्न भएको छ।

कार्यक्रममा सहभागी विद्यार्थी तथा शिक्षकहरूलाई आँखा दानको महत्त्व, आँखा दान गर्ने प्रक्रिया, दानका लागि आवश्यक कानुनी तथा चिकित्सकीय पक्ष र आँखा दानले दृष्टिविहीन व्यक्तिको जीवनमा ल्याउन सक्ने सकारात्मक परिवर्तनका विषयमा जानकारी गराइएको थियो।

‘कसैको सुन्दर भोलिका लागि कारण बन्नुहोस्’ भन्ने मूल नाराका साथ आयोजित कार्यक्रममा वक्ताहरूले मृत्यु पश्चात् गरिने आँखा दानले कुनै दृष्टिविहीन व्यक्तिलाई संसार हेर्ने अवसर प्रदान गर्न सक्ने भएकाले यसलाई सामाजिक सेवाको महत्वपूर्ण माध्यमका रूपमा लिनुपर्नेमा जोड दिए।

कार्यक्रमका प्रमुख अतिथि लायन्स इन्टरनेशनल डिष्ट्रिक्ट ३२५ एस नेपालका डिष्ट्रिक्ट गभर्नर लायन रामबिहारी पाण्डेले आँखा दान केवल एउटा सामाजिक कार्य नभई मानव जीवनमा नयाँ उज्यालो भर्ने महान् मानवीय कार्य भएको बताए।

 

 उनले भने, “हामीले जीवनभर प्राप्त गरेको दृष्टि मृत्युपछि पनि कसैको जीवनमा उज्यालो बन्न सक्छ। त्यसैले आँखा दानसम्बन्धी भ्रम हटाउँदै युवापुस्तादेखि नै यसको महत्त्वबारे सचेतना फैलाउन आवश्यक छ।” उनले विद्यार्थीहरू स्वयं सचेत हुनुका साथै आफ्नो परिवार र समुदायमा समेत आँखा दानको सन्देश पुर्‍याउन आग्रह गरे।

कार्यक्रममा लायन्स इन्टरनेशनलका पाष्ट मल्टिपल काउन्सिल चेयरपर्सन लायन डा. रमेश अग्रवालले आँखा दानसम्बन्धी जनचेतनाको कमीका कारण धेरै मानिसमा अझै पनि विभिन्न भ्रम रहेको उल्लेख गर्दै यस्ता सचेतनामूलक कार्यक्रमलाई निरन्तरता दिनुपर्ने बताए।

 

उनले भने, “आँखा दान गर्न डराउनुपर्ने कुनै कारण छैन। सही जानकारी र वैज्ञानिक प्रक्रियामार्फत गरिने आँखा दानले दृष्टिविहीन व्यक्तिको जीवनमा अमूल्य परिवर्तन ल्याउन सक्छ।”

 

त्यसैगरी लायन्स क्लब अफ वीरगञ्ज संस्कृति गोल्डकी अध्यक्ष लायन खुश्बु अग्रवालले क्लबले सामाजिक उत्तरदायित्व अन्तर्गत स्वास्थ्य तथा जनचेतनामूलक कार्यक्रमलाई प्राथमिकतामा राख्दै आएको बताइन्।

 

उनले “दृष्टिविहीन व्यक्तिको जीवनमा उज्यालो ल्याउने उद्देश्यले सुरु गरिएको ‘भिजन फर भिजनलेस’ अभियानलाई आगामी दिनमा पनि निरन्तर विस्तार गरिने” जानकारी दिइन्।

 

तेरापन्थ युवक परिषद्का अध्यक्ष सुनिल दुगडले पनि आँखा दानसम्बन्धी सचेतना घर–घर र समुदायस्तरसम्म पुर्‍याउन विद्यार्थीहरूको भूमिका महत्वपूर्ण हुने बताएका थिए। उनले युवाहरू सामाजिक परिवर्तनका संवाहक भएकाले यस्ता अभियानमा उनीहरूको सक्रिय सहभागिता आवश्यक रहेको उल्लेख गरे।

 

कार्यक्रममा विद्यार्थी तथा शिक्षकहरूले आँखा दानसम्बन्धी विभिन्न जिज्ञासा राखेका थिए। आयोजकहरूले सहभागीहरूलाई आँखा दानसम्बन्धी सही जानकारी लिन तथा समाजमा फैलिएका भ्रम र गलत धारणाको अन्त्य गर्न आग्रह गरेका थिए।

May be an image of one or more people, television, newsroom and text that says 'In the hall of DAV, tradition meets transformation where ancient wisdom empowers modern minds. SHGN नेत्रदान VISIPN रदान tember 2026 CHOCE YANIPUR YANIPUR TYP T01:20 80 S KEDIASCHOOL'

सोही अवसरमा कार्यक्रमका विशिष्ट अतिथि लायन्स इन्टरनेशनलका पाष्ट मल्टिपल काउन्सिल चेयरपर्सन लायन डा. रमेश अग्रवालले क्लबकी अध्यक्ष लायन खुश्बु अग्रवाललाई उत्कृष्ट कार्यक्रम गरे वापत लायन्स इन्टरनेशनल प्रेसिडेन्ट पिनबाट सम्मानित गरेका थिए ।

 

कार्यक्रममा अन्तर्राष्ट्रिय नेत्र दानका सह-प्रभारी लोकेश जम्मार, नेत्र दान चिकित्सा अधिकारी हरिकान्त साह, नेत्र दान संयोजक सौरभ भटोरिया, पंकज वैद्य, डी.ए.भी. आर.बी. केडिया स्कुलका प्रिन्सिपल राकेश मिश्रा,  विद्यालयका विद्यार्थी, शिक्षक, लायन्स क्लबका पदाधिकारी लायन आयुषी तुल्स्यान, लायन सोनी अग्रवाल, लायन कविता अग्रवाल, लायन रन्जना टेकरिवाल, लायन नितु चौरसिया लगायत क्लबका अन्य सदस्यहरू, तेरापन्थ युवक परिषद्का प्रतिनिधिहरूको उल्लेख्य सहभागिता रहेको थियो।

 

आयोजकका अनुसार “Vision for Visionless 2.0” अभियानको मुख्य उद्देश्य आँखा दानसम्बन्धी जनचेतना अभिवृद्धि गर्दै मृत्यु पश्चात् आँखा दान गर्ने संस्कारलाई समाजमा प्रोत्साहन गर्नु हो।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

पत्रकार धम्काउने जर्मनी दूतावासका प्रथम सचिवलाई कारबाही गर्न पत्रकार महासंघ युरोपको माग

वीरगंज । जर्मनीको बर्लिनस्थित नेपाली राजदूतावासका प्रथम सचिव रन्जन यादवले पत्रकार दीपेन्द्र गजुरेललाई धम्की दिएको आरोप लगाउँदै उक्त घटनाको निष्पक्ष छानबिन गरी कारबाही गर्न माग गरिएको छ।

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समाज

वीरगन्जको सौन्दर्यकरण जोगाउन इन्टरनेट र केवुलका अब्यवस्थित तार ब्यवस्थित गरिदै

वीरगन्ज । वीरगन्ज महानगरपालिकाले नगरभित्र अव्यवस्थित रूपमा छरिएका इन्टरनेट तथा टिभी केवलका तारहरू व्यवस्थापन गर्ने भएको छ। महानगरपालिकाले आगामी आज बिहीबारदेखि पहिलो चरणको तार व्यवस्थापन अभियान सञ्चालन गर्ने निर्णय गरेको हो।

बाढीपीडितलाई ठोरी गाउँपालिकाको ११ लाख सहयोग

वीरगञ्ज । ठोरी गाउँपालिकाले भाद्र १० गते भोटेकोशीमा आएको बाढीबाट प्रभावित बाढीपीडितका लागि ११ लाख सहयोग गर्ने निर्णय गरेको छ।

खेलकुद

ठोरीमा भदौ ६ देखि ७ ए–साइड फुटबल प्रतियोगिता संचालन हुने

वीरगंज । ठोरी गाउँपालिका–३, नयाँबस्ती ब्रह्मनगरमा रहेको आईटी कलेज खेल मैदानमा चौथो संस्करणको ७ ए–साइड फुटबल प्रतियोगिता आयोजना हुने भएको छ ।

नारायणी रंगशालाको स्तरउन्नतीकालागि १५ करोड बिनियोजन

वीरगंज । नेपालकै महत्वपूर्ण रंगशलाको रुपमा रहेको वीरगंजको नारायणी रंगशालाको र त्याहा रहेको बहुउद्धेश्यीय कर्भडहलको स्तरउन्नतीकोलागि १२ करोड ५० लाख रुपैयाँ बजेट विनियोजन भएको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.