logo

श्रमजीवी पत्रकार र आमसंचार माध्यमलाई पनि राहतको ब्यवस्था गर्न अध्यक्ष अर्यालको आग्रह

      4/1/2020 गते 00 00 मा प्रकाशित     756   पटक पढिएको

बीरगंज १९ चैत । 
न्युनतम पारिश्रमिक निर्धारण समितिका अध्यक्ष राजेन्द्र अर्यालले  सरकारले घोषणा गरेको राहत प्याकेजमा श्रमजीवी पत्रकार र आमसंचार माध्यमलाई नसमेटिएको चिन्ता ब्यक्त गनुृ भएको छ ।

 

उहाँले अहिलेको खराव र जोखिमपूर्ण अवस्थामा आफ्नो ज्याननै जोखिममा राखेर आम नागरिकलाई सुसूचित गर्ने,यो जोखिम बाट निकास दिलाउनका लागि कार्यस्थलमा अहोरात्र खटिरहेका पत्रकारहरुकालागि पनि राहतको ब्यवस्था गर्न माँग गर्नु भएको छ ।


 फ्रन्टलाईनमा रहेर काम गर्नु पर्ने  श्रमजीवी पत्रकारहरुको स्वास्थ सुरक्षाकालागि पनि सरकारले आवश्यक ध्यान दिन रहेको अध्यक्ष अर्यालले बताउनु भएको छ  । उहाँले आम संचार प्रतिष्ठानलाई समेत कार्यस्थलमा खटिएका श्रमजीवी पत्रकारहरुको  स्वास्थ्य सुरक्षा लगाएतका विषयमा  गम्भीर बन्न र आबश्यक प्रबन्ध मिलाउन आग्रह गर्नु भएको छ । 

उहाँले कतिपय श्रमजीवी पत्रकारहरुले समयमै पारिश्रमिक नपाउदा आर्थिक समस्या झेल्नुपरेको गुनासो आएकोले सम्बन्धित आमसन्चार प्रतिष्ठानका ब्यबस्थापनलाई यो घडीमा मानवीय हिसाबले समेत यो समस्याको समाधान गर्न अर्यालले आग्रह गर्नु भएको छ  ।

उहाँले  आमसन्चार माध्यम र श्रमजीवी पत्रकार हरुका लागि विशेष आर्थिक राहत प्याकेजको घोषणा गर्न सरकारसङ्ग आग्रह गर्दै सरकारले आमसन्चार उधोगलाई सरकारको प्राथमिकतामा राखी सेवा उद्योगका रुपमा मान्यता दिई नविकरण र कर छुट को ब्यबस्था मिलाउन जरुरी रहेको बताउनु भएको छ ।

 

अहिले खासगरी मोफसल र श्रमजीवीहरुले संचालन गरेका स्वरोजगार मुलक र साना लगानी का मिडिया थप आर्थिक संकटमा छन ।

 

उनिहरुका लागी पनि राज्यका तर्फबाट ठोसआर्थिक राहतको घोषणा आवश्यक भएको अर्यालले बताउनुभये । संकटको यो घडीमा आमसन्चार र श्रमजीवी पत्रकार थप जिम्मेवार र संबेदनशिल बन्दै सत्य  ,तथ्य ,सकारात्मक र  आशा जगाउने समाचार सप्रेषित गर्न समेत अध्यक्ष अर्यालले आग्रह गर्नु भएको छ ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

भाजपा साँसद निषाद कांग्रेसमा सामेल हुदै, बिजेपीलाई लाग्ने भयो धक्का

मुजफ्फरपुर । बिहार राज्यको एक प्रमुख शहर मुजफ्फरपुरबाट लोकसभा सिटमा भाजपाबाट बिजयी अजय निषादको टिकट काटिएको छ । सन २०२४को लोकसभा निर्वाचनकोलागि उनको टिकट काटिएको हो ।

राष्ट्रसंघको मुख्यालयमा नेपाल प्रर्दशनी हुने

न्यूयोर्क ।अमेरिकाको न्यूयोर्कमा रहेको संयुक्त राष्ट्रसंघको मुख्यालयमा नेपालको पर्यटन, कला र संस्कृति प्रबर्द्धनका लागि प्रदर्शनी गरिने भएको छ ।

केजरीवालको गिरफ्तारीको बिषयमा अमेरिका र जर्मनीको चासो ,निष्पक्ष, पारदर्शी र कानुनी प्रक्रियाको पालनाको अपेक्षा

नयाँदिल्ली । दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालको गिरफ्तारीबारे अमेरिकाको टिप्पणीप्रति कडा आपत्ति जनाउँदै भारतको विदेश मन्त्रालयले बुधबार एक वरिष्ठ अमेरिकी कूटनीतिज्ञलाई बोलाएको छ ।

खेलकुद

छ बल छ छक्का ऐरीले बनाए बिश्व रिकाँर्ड,कतार ३२ रनले पराजित

वीरगन्ज । ओमानमा जारी एसीसी प्रिमियर कपमा नेपालका अलराउन्डर दीपेन्द्रसिंह ऐरीले आफनो नाममा अर्को बिश्व रेकर्ड बनाएका छन ।

एसएस ईभेन्ट्स र नेकोसको संयुक्त आयोजनामा कर्पोरेट सुपर सिक्सेस हुने

वीरगंज । एसएस एभेन्ट्स प्रा.ली. र नेकोसको संयुक्त आयोजनामा कर्पोरेट सुपर सिक्सेस सिजन–७ आगामी वैशाखको अन्तिम सातादेखि सुरु हुने भएको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बिरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बिरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.