logo

मधेशमा आक्रमणको केन्द्रमा रहेका ओली एकै पटक राजनीतिको केन्द्रमा, घृणा मायामा रुपान्तरित

      6/4/2021 गते 00 00 मा प्रकाशित     1929   पटक पढिएको

मधेश हाम्रो हो भनेर जिम्मा लिएको ठान्नेहरुकोलागि सबैभन्दा घृणाका पात्र थिए के.पी.ओली । । ०७२ को मधेश आन्दोलनमा मुलुकको शासनको बागडोर थियो सुशील कोइरालाको हातमा तर आक्रमणको निशानामा थिए के.पी.ओली । ०७२ असोजमा के.पी.ओली प्रधानमंत्री भएपछि त कुरा बेग्लै हुने नै भयो ।

 

“के.पी ओली हाय हाय मार जुत्ता ढाय ढाय ” नारा यस्तै खालका थिए । ट्रयाक्टरको अगाडि के.पी.ओलीको तस्विर राखेर जुत्ताले हान्दै मितेरी पुल सम्म जाने उपक्रम निकै दिन चल्यो ।

 

०७२ को संबिधान प्रति असहमती राखेर आन्दोलनमा उत्रिएका मधेश केन्द्रीत दलले गाउँ गाउँ बाजा बजाएरु नेकपा एमालेलाई लखेटे एमालेको कार्यक्रम हुन दिएनन । एमालेका कुनै नेता बीरगंज आउने हल्ला के मात्र चल्थ्यो ।

 

लोकतानित्रक मधेशी मोर्चाको नाममा बिज्ञप्ति जारी हुन्थ्यो एमालेको कोही नेतालाई पर्सा जिल्ला प्रवेशमा निषेध गरिएको छ । प्रवेश गरे प्रतिकार गरिनेछ । यस्तै यस्तै । लोकतन्त्रको नाममा लोकतन्त्रको यस्तो हुर्मत लिइदा पनि कोही लोकतन्त्रवादीलाई लज्जाबोध भएन ।

 

 जसको लाठी उसको भैसी भन्ने मान्यता नै लोकतन्त्र हो भने जस्तो भयो । समयको गतीसंगै नेपाली राजनीतिमा घृणाको त्यो प्रवृति “माया” रुपान्तरण भयो ।

 

“अभि नही तो कभी नही” भन्नेहरु पालै पालो सत्तारोहण गरे । शायद त्यसैलाई भनिएको होला अभि नही तो कभी नही । मधेशका धुरन्धर बिद्वानहरुले के.पी.ओलीले त्यतीबेला दिएको अभिब्यक्तिलाई मधेशी स्वाभिमान संग जोडेर ब्याख्या मात्र गरेनन राजनीतिमा स्थायी शत्रु र मित्र हुदैनन भन्ने स्थापीत मान्यताको खिलाफमा गएर सामुदायिक रुपमा घृणालाई बढावा दिने काम गरे । 

 


जुन रुपमा के.पी.ओली मधेशमा आक्रमणको केन्द्रमा थिए आज तिनै के.पी. ओली मधेशको राजनीतिको केन्द्रमा छन जाहा घृणा होइन सम्मान देखिन्छ । उपेन्द्र यादवको सत्तारोहण अहिले महतोको नेतृत्वमा भएको सत्तारोहण त्यसकै अनुपम नमुना हो । 


राज्यले मधेश आन्दोलनका क्रममा समातिएका ,मुद्धा चलाइएका कार्यकर्ताहरुको मुद्धा फिर्ता लिने सम्झौता आन्दोलनकारी दलहरुसंग वा मोर्चा संग गरेको छ ।

 

त्यो सम्झौतालाई पालना गर्ने इमान्दार प्रयास बरु के.पी.ओलीले नै गरे । नागरिकताको बिषमा संबिधानले गरेको ब्यवस्थालाई अध्यादेश मार्फत भएपनि के.पी.ओलीले नै एने ल्याउने  आँट गर्दै मधेशी नागरिकको सम्मान र पहिचानको बिषयलाई सम्बोधन गरे ।

 

बिस्तारित मंत्रीमण्डलमा आधा आधीको हैसियतमा मधेश मंत्रीमण्डलमा समावेश भएको छ । आजको दिनमा आइपुग्दा सबै भन्दा घृणाको पात्रको रुपमा रहेका ओली सबै भन्दा प्रिय हुन सकेका छन । यो उनको राजनीतिको जीत हो । सत्ता त प्राविधिक कुरा हो । त्यसमा आज ओली अरु कोही भोली । 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु



सीमापारी/अन्तराष्ट्रिय

क्यानडामा रामकृष्ण ढकाल साँझ भब्य रूपमा सम्पन्न, बचत रकमबाट पशुपतिनाथ मन्दिरमा पुजा कार्यक्रम

टोरण्टो । असार १५ गते  ईन्टरनेशनल म्युजिक डे को अबसर पारेर क्यानडाको ब्राम्प्टन शहरमा आयोजना गरिएको “रामकृष्ण ढकाल साँझ“ भब्य रूपमा सम्पन्न भएको छ ।

राष्ट्रपति ट्रम्पको खुलासा  इजरायल र इरानबीच युद्धविरामको घोषणा

संयुक्त राज्य अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले सोमबार इजरायल र इरानबीचको युद्ध अन्त्य गर्न दुवै देशले युद्धविराममा सहमति गरेको घोषणा गर्नुभएको छ।

मगर संघ बेल्जियमको अध्यक्षमा कल्पना मगर निर्विरोध निर्वाचित

बेल्जियम । मगर संघ बेल्जियमको छैठौं अधिवेशन भव्य रूपमा सम्पन्न भएको छ। अधिवेशनले कञ्चनपुर, नेपाल घर भई हाल बेल्जियममा बसोबास गर्दै आएकी कल्पना मगरलाई अध्यक्ष पदमा निर्विरोध रूपमा निर्वाचित गरेको छ।

समाज

नेपाली कांग्रेसका नेता तथा संविधानसभा सदस्ययादवको निधन

कलैया। नेपाली कांग्रेसका नेता तथा संविधानसभा सदस्य रामअयोध्या प्रसाद यादवको निधन भएको छ ।

महिलालाई अनैतिक काममा लगाई आम्दानी खादै आएका साह पक्राउ

वीरगंज । मानव बेचबिखनमा संलग्न रहेको आरोपमा प्रहरीले बारा जिल्लाको कलैया उपमहानगरपालिका वडा नं १२ का २९ वर्षिय पवन साहलाई पक्राउ गरेको छ ।

खेलकुद

राष्ट्रपति रनिङ शिल्डमा वीरगंजको लगातार तेस्रो जीत

वीरगंज  । वीरगंज महानगरपालिकाले लगातार तेस्रो वर्ष राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा प्रथम स्थान हासिल गर्दै शिल्ड आफ्नो स्थायी स्वामित्वमा ल्याएको छ ।

एमाले नेता पटेलद्वारा  २५ लाखको लागतमा निर्माण हुने क्रिकेट मैदानको शिलान्यास

वीरगन्ज । नेकपा एमालेका सल्लाहकार शिव पटेलले क्रिकेट मैदान निर्माण कार्यका एक कार्यक्रमकावीच शिलान्यास गरेका छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.