भुटानी शरणार्थी समस्यालाई आफ्नै थाँतथलो फर्काउन नेपाल र भुटान बीच सन् १९९० देखि सन् २००३ सम्म १५औ चरणका वार्ता र संवाद भएपनि भुटानी पक्षको गैरजिम्मेवारीपनको कारण शरणार्थीहरुको थाँतथलो फिर्ती अभियान सदाको लागि बन्द भयो र संयुक्त राष्ट्रसंघको पहलमा तेस्रो देश पुनर्वास हुन बाध्य भए। जसअनुसार अमेरिका, क्यानडा, अष्ट्रेलिया, न्यूजील्यान्ड, यूके, डेनमार्क, नेदरल्यान्ड र नर्वेमा एक लाख तेह्र हजार भन्दा बढी शरणार्थीहरूको पुनर्वास भयो ।
पहिलो चरणको प्रमाणीकरणको क्रममा केही शरणार्थीहरु छुटेको हुँदा सरकारद्वारा सहसचिव बालकृष्ण पन्थीको अध्यक्षतामा बनाएको भुटानी शरणार्थी समस्या समाधान कार्यदलले ४२९ जना छुटेको भनी सरकारलाई प्रतिवेदन बुझायो । तर बालकृष्ण पन्थीको कार्यदलले दिएको प्रतिवेदनमा आफूहरु छुटेको भन्दै धेरै निवेदन पर्न थालेपछि सरकारले फेरि थप अनुसन्धान गरी नामावली संकलनको काम थालेको थियो । हो, यही बाट सुरु हुन्छ नक्कली भुटानी शरणार्थी प्रकरण काण्डको काहॅानी ।
सरकारले थप अनुसन्धान गरी भुटानी शरणार्थीको नामावली संकलनको काम थाले पछि पूर्व परराष्ट्रमन्त्री सुजाता कोईरालाका स्वकीय सचिव मोरङ घर भई हाल ललितपुर निवासी केशव दुलालको दिमागमा नक्कली शरणार्थीको मास्टरप्लान तयार हु्न्छ । यो योजना दुलालले सवैभन्दा पहिलो पटक हाई प्रोफायलका नेता संग राम्रै हिमचिम हुने ललितपुरकै सानु भण्डारीलाई सुनाए । भण्डारीले दुलालको योजना अनुसार निकै ठुलो रकम कुम्ल्याउन सकिने भएकोले तनमनका साथ लाग्ने निर्णय भयो ।
सानु भण्डारीले तत्काली उपप्रधानमंन्त्री टोप बहादुर रायमाझी संग व्यक्तिगत सम्बन्ध राम्रो भएका कारण नक्कली भुटानी शरणार्थीको ग्राण्डडिजाईन टोपबहादुर रायमाझीलाई सुनाई ठुलै धनराशी हत्याउन सकिने ब्रिफिङ गरे । यो आफ्नो मन्त्रालय मातहत नभए पनि यो योजनालाई जसरी भएपनि फत्ते गर्न आफू तम तयार भएको संकेत दिए । त्यसपछि टोप बहादुर रायमाझीले नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने धन्दाबारे गृहमंन्त्री राम बहादुर थापाको सुरक्षा सल्लाकार डा. इन्द्रजित राईलाई जानकारी गराएका थिए ।
उपप्रधानमंन्त्रीले नै भने पछि नक्कली शरणार्थी प्रकरणमा डा।इन्द्रजित राईको पनि सजिलै संग इन्ट्री भयो । डा.इन्द्रजित राईले राम बहादुर थापालाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने धन्दाबारे सविस्तार जानकारी गराए पछि नक्कली शरणार्थीको नाईके केशव दुलालको नै डिजाईनमा गृहमंन्त्री राम बहादुर थापा बादलले गृहसचिव प्रेम कुमार राईलाई पूर्नबास गर्न बाकीँ रहेका भुटानी शरणार्थी पहिचान कार्यदल टोली गठन गर्न निर्देशन दिई कार्यदल गठन गरियो ।
त्यसपछि नक्कली भुटानी शरणार्थी बनाएर पैसा असुल्ने गिरोहहरुको सर्वप्रथम ढोका खुल्यो ।अव, गिरोहका नाईकेहरुले पैसा बुझाउन सक्ने नक्कली शरणार्थी बन्न चाहानेको खोजी देश ब्यापीरुपमा सुरु गर्यो । जसअनुसार पुर्वमा सागर राई, पश्चिममा सन्देश शर्मा र पॅाचथरमा टंक गुरुङलाई दलाल नियुक्त गरियो ।
मुख्य योजनाकारको निर्देशन अनुशार नै १० लाख देखि ५० लाख सम्म एकमुष्ट वा किस्तावन्दीमा रकम जम्मा गर्दै मंन्त्रालयका सचिव देखि मंन्त्री र नेताको श्रीमतती देखि छोराछोरी सम्मलाई गिरोहले पैसा बुझाउन थाल्यो । संयोगवस यसै समयमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) आन्तरिक विवादमा फस्न गयो ।
एमाले र माओवादी अलग अलग भयो । तर टोप बहादुर रायमाझी र राम बहादुर थापा एमालेमा नै बसेर मंन्त्री पदलाई निरन्तरता दिए । तर त्यो पनि धेरै दिन टिक्न सकेन । अदलातको आदेश अनुसार केपी ओलीको सरकार बर्खास्त भई शेर बहादुर देउवाको सरकार बन्न गयो । त्यस पछि गृहमंन्त्री भए बालकृष्ण खाण ।
सरकारको फेरबदल पछि दलालहरु संग आफ्नो पैसा फिर्ता माग गरे । तर दलालहरुले पैसा सेटिङमा बुझाएको कारणले फिर्ता गर्न नसकिने बताए पछि पीडितले अख्तियार दुरुपयोग अनुसन्धान आयोग, काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालय लगायतका निकायमा उजुरी दिए । त्यसैको बोधार्थ गृहमन्त्रालय सम्म आई पुग्यो ।
सरकार परिवर्तन भए संगै गृहसचिव टेक नारायण पाण्डे पनि भखरै सरुवा भई आएका थिए । गृहसचिव पाण्डेले पस्डितहरुको फाईल हेरे पछि गिरोहका नाईकेहरु संग सम्पर्क गरी यस विषयमा के कसो भएको हो भनेर जानकारी लिन थाले । गिरोहको नाईके केशव दुलाल र सानु भण्डारीले पहिलेका गृहमन्त्री, गृहसचिव, गृहमन्त्रीका सुरक्षा सल्लाहकार, एमालेका नेता लगायतले पैसा बुझेको तर सरकार बिघटन भएकोले काम अधुरो नै भएको बताउदै तपाईले यसलाई टुङ्ग्याई दिन सक्नुभयो भन्ने ठुलै रकम हात लाग्ने भने पछि गृहसचिव पाण्डे पनि लोभमा फसे ।
तर गृहसचिव पाण्डेले मंन्त्रीलाई पनि पैसा दिनु पर्नेशर्त राख्दै मंन्त्रालयको काम सवै आफूले मिलाई दिने जिम्मेवारी लिए । गृहसचिव पाण्डेले मंन्त्री खाण संग कुराकानी गरेपछि नक्कली शरणार्थी गिरोहको डिजाइनररनाईके केशव दुलाल र सानु भण्डारीबाट पहिलो पटक आफू र मंन्त्रीलाई भनेर १ करोड २५ लाख गृहसचिव पाण्डेले लिए । यो पटक पनि काम सोचे जस्तो छिटोछरीतो हुन सकेन । सरकार पनि परिवर्तन भयो ।
पीडीत नक्कली भुटानी शरणारथीहरु अव दिनप्रतिदिन निरास हुदै आफूहरु ठगीमा परेको निष्कर्ष मा पुगे । पीडीतहरुले आफू ठगीमा परेको उल्लेख गर्दै काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयमा जाहेरी दिएपछि यो प्रकरणको छताछुल्ल भएर अनुसन्धान सुरुवात भएको हो । प्रहरीले यस काण्डमा अहिले सम्म ठुलो माछा भनिएका पूर्व गृहमंन्त्री बालकृष्ण खाण सहित १२ जना लिई नियन्त्रणमा सकेको छ । तर यस नक्कली धन्दाको पहिला ढोका खोली दिने गृहमंन्त्री बादल र तत्कालीन गृहसचिव हाल अख्तियार दुरुपयोग अनुसन्धान आयोगका आयुक्त प्रेम राई लाई भने अहिले सम्म नियन्त्रण लिएको छैन । हुनत बाहिर चर्चा भए अनुसार डा. इन्द्रजित राईले यसवारे केही बोल्न नै तयार नभएको र सवै कुरा अदलातमा मात्र बोल्ने जिद्वी लिए प
छि प्रहरीलाई थापा र राईलाई पक्राउ गर्न गार्ह्रो भएको अनुमान गर्न सकिन्छ । यदपि नेपाल प्रहरी माथि अहिले ठुलो विश्वास अनि भरोसा छ ।
यो प्रकरण रोकिनु हुदैन अनि रोकिने छाटकाट पनि देखिदैन । पूर्व उपप्रधानमंन्त्री टोप बहादुर रायमाझीलाई पक्राउ पुर्जी त छदैछ । त्यती मात्र नभई यो प्रकरण बालकोट देखि बुढानिलकण्ठ तर्फ तिर सोझि रहेको देखिन्छ ।
साच्चीकै शरणार्थी काण्डले लहरो तान्दा पहरो थर्किएको हो की ?
सरकार योजनावद्व नै लागि रहेको हो ? ब्यापक चर्चा भई रहेको छ । जेहोस नक्कली शरणार्थी काण्ड फाईल खोल्ने हिम्मत गर्यो त्यो ज्यादै सहरानीय छ । यस काण्डालाई निष्कर्षमा पुराउन प्रहरीलाई त्यती सहज नभएको हुदा नागरिक स्तरवाट ब्यापक सहयोग र साथ जरुरी छ ।
अनुसन्धानलाई दवाव र प्रभाव पार्न खोज्ने जोकोहीलाई नागरिक स्तरवाट खबरदारी गर्नुपर्छ । किनभने यि सव कारणले गर्दा हाम्रो देशमा स्थायित्व छैन । स्थानीय तह देखि संघिय सम्म जताततै विकृति, मनपरितन्त्र, नातावाद रकृपावाद, पैसाको चलखेल, विसंगति झांगिएको छ। संस्थागत रुपमा नै राजनीतिमा भ्रष्टाचार मौलाएको छ । बिचौलियातन्त्रले राजनीतिलाई निली दिएको छ ।
राजनीतिक जनता र सिद्वान्तको लागि नभएर व्यापारीकरण र व्यवसायीकरणमा परिणत भई सकेको छ । आफ्नै देशको नागरिकलाई अनागरिक बनाएर बेच्न समेत तयार भए ।
हामीले जस्लाई विश्वास गर्यो, जस्लाई भरोसा गरेर अभिभावक ठानेका थियौं । यो भन्दा जघन्य अपराध के हुन सक्छ ? त्यसैले हामीले यस्ता विकृति , विसंगती, भ्रष्ट तथा बेतिथिको अन्त्य गर्न निरन्तर खवरदारी गर्नै पर्छ । राजनीति सेवा हो । राजनीति कमाई खाने भाडो होईन र हुनदिनु हुदैन । त्यसैले राजनीतिलाई शुद्विकरण गर्नै पर्छ ।
संगठित ठगी, मानव बेचविखन, मानवता विरोधी अपराध भएकोले यसमा जो कोही परेपनि यो हाम्रो पार्टी मान्छे, यो मेरो मान्छे भनेर रोईकाराई गर्नु जरुरी म देख्दिन ।
एउटा बोल्दै नबोलेर संरक्षण गरेको जस्तो लाग्ने अर्को कार्वाही पनि गरे जस्तो गर्ने अनि हरेक दिन छट्पटाउदै उल्टोसुल्टो कुरा गरेर अनुसन्धान माथी नै धारे हात गर्ने न्याय प्रेमी नेपाली जनतालाई अलि शोभनीय लागि रहेको छैन । पार्टी, संगठन अनि सम्पुर्ण राजनीतिक दाउमा राखेर छटपटाउनुकाु अर्थ बुझि नसक्नु छ ।
अव, प्रहरीलाई दवाव र प्रभाव होईन निष्पक्ष अनुसन्धानमा सहयोग गरौ । संयुक्त राष्ट्रसङ्घको शरणार्थी हेर्ने निकाय यूएनएचसीआरले समेत चिन्ता ब्यक्त गरेको छ । यसले गर्दा संसारभर भ्रष्टहरुको देश भनेर भन्न थालिसके । अव समय आएको छ लागेको कलंकलाई सफा गरेर शुद्विकरण गरेर संसारमा नेपाल भ्रष्ट होईन केही नेता भ्रष्ट्र भएको र त्यसलाई धोई पखाली सफा गरेर कानुनी कठघरामा उभ्याएर भ्रष्टचार मुक्त देश भनेर गौरवका साथ चिनाऔँ ।
तपाईको प्रतिक्रिया