logo

उपसभापति निधीको रबैयाबाट आजीत, सिंहले प्रतिनिधि सभा सदस्यबाट दिनु भयो राजीनामा

 इसीमाना सम्वाददाता     २०७८ सावन ६ गते ०८: ४५ मा प्रकाशित     2133   पटक पढिएको

काठमाण्डौ  /

नेपाली काङ्ग्रेसका नेता अमरेश कुमार सिंहले संघीय सांसद पदबाट राजीनामा दिनु भएको छ  ।  पार्टीको क्रियाशील सदस्यता वितरणमा धाँधली भएको भन्दै उहाँले राजीनामा दिनु भएको हो ।


सिंहले प्रदेश २ मा पार्टीका सदस्यहरुको न्यायको लडाईमा साथ दिदै राजीनामा दिएको बताउनु भएको छ । उहाँले पार्टी उपसभापति बिमलेन्द्र निधीका कारण प्रदेश २ मा पार्टी कमजोर अवस्थामा पुगेको र अव झनै रक्षात्मक हुने भन्दै निधीको रबैयाको बिरोध गर्नु भएको छ । 

 

प्रदेश २ मा पार्टीका उपसभापति विमलेन्द्र निधिले अवलम्बन गरेको नीति र व्यवहारले चिन्ताजनक स्थिति उत्पन्न गराएको राजीनामा पत्रमा उहाँले उल्लेख  गर्नु भएको छ । 

 

 यस्तो स्थितिमा पार्टीको एक जिम्मेवार सदस्यका रूपमा आफूले विशेष निर्णय लिनुपर्ने भएको सिंहले जिकीर गनुृ भएको छ । 

 नेता सिंहको राजीनामा जस्ताको तस्तै 

मिति  २०७८ श्रावण ६
सम्माननीय शेरबहादुर देउवाज्यू
प्रधानमन्त्री एवम् सभापति, नेपाली काङ्ग्रेस
विषय स् प्रतिनिधिसभाको सदस्य पदबाट राजीनामा ।
सभापतिज्यू,
नेपालमा कम्युनिष्ट नेतृत्वको सरकार असफल भएपछि नेपाली काङ्ग्रेसमा मुलुकका यावत समस्याहरूको समाधान खोज्ने चुनौती थपिएको महसूस मैले गरेको छु ।

 

सम्माननीय प्रधानमन्त्री शेरबहादुर देउवाज्यूको नेतृत्वमा राष्ट्रिय जिम्मेवारी कुशलतापूर्वक पूरा हुने विश्वास काङ्ग्रेसका आम कार्यकर्ता र समर्थकहरूले गरेका छन् ।

स्वस्थ आन्तरिक जीवनसहितको गतिशील पार्टीले मात्र मुलुकका समस्याहरूको समाधानका द्वार खोल्न सक्ने भएकोले हाम्रा प्रयासहरू त्यसतर्फ केन्द्रीत हुनुपर्ने मेरो ठम्याइ छ ।

 

तर महाधिवेशनको पूर्वसन्ध्यामा पार्टीको क्रियाशील सदस्यता वितरण, समायोजन र नवीकरणका क्रममा पार्टीभित्र उत्पन्न अवान्छित, अस्वाभाविक र भद्दा प्रवृत्तिले नेपाली काङ्ग्रेस चुस्त र गतिशील बन्ने मार्गमा अवरोध पैदा गरेको छ ।

 

खासगरी प्रदेश नं.२ मा उपसभापति विमलेन्द्र निधिले अवलम्बन गर्नुभएको नीति र व्यवहारले चिन्ताजनक स्थिति उत्पन्न गराएको छ । विगत दुई दशकदेखि प्रदेशमा काङ्ग्रेसको एकछत्र नेताका रूपमा निधिको उपस्थिति रहनु र यही दुई दशकभित्र काङ्ग्रेसको प्रभाव तथा हैसियत ह्रासोन्मुख हुनुलाई संयोग मात्र मान्न सकिँदैन ।

 

निष्ठावान, गतिशील र पार्टीप्रति समर्पित पुराना तथा युवा साथीहरूलाई समेट्न नखोज्ने, विपरीत छविका र पार्टीसँग अपरिचित व्यक्तिहरूलाई मनोमानी तरिकाले क्रियाशील सदस्यता वितरण गरी समायोजन र नवीकरणका नाममा निजी जत्था तयार गर्ने कपटी प्रयास भइरहेको तर्फ म सम्माननीय सभापतिज्यूको ध्यानाकर्षण गराउन चाहन्छु ।

 

पार्टीलाई आफ्नो काबुमा राख्ने निहीत उद्देश्यबाट प्रेरित भइ नेतृत्व तहकै जिम्मेवार नेताबाट गैह्रजिम्मेवार ब्यवहार प्रस्तुत हुँदा आम निष्ठावान कार्यकर्तामा निराशा बढेको छ र, प्रदेशमा काङ्ग्रेस पार्टीको स्थिति थप रक्षात्मक अवस्थामा पुग्ने खतरा पनि पैदा गराएको छ । यस्तो स्थितिमा पार्टीको एक जिम्मेवार सदस्यका रूपमा मैले विशेष निर्णय लिनुपर्ने भएको छ ।

बीपी कोइराला, गणेशमान सिंह र कृष्णप्रसाद भट्टराई जस्ता आदर्श नेताहरूको मार्गदर्शनअनुरुप पार्टीलाई सुदीक्षित गर्नुपर्नेमा सिद्धान्तहीन, विचारहीन, अराजक भीडमा रुपान्तरण हुने दुःखद स्थिति उत्पन्न भएकोले एक जिम्मेवार सदस्यका रूपमा मैले आफ्नो विशिष्ट दायित्व पूरा गर्नुपर्ने अवस्था आएको महसूस गरेको छु । आफ्नो पार्टीका निष्ठावान कार्यकर्ताहरूको संरक्षण गर्नु मेरो प्राथमिक दायित्व हो ।

 

कार्यकर्ताहरूको संरक्षण र तिनको स्वाभिमानको रक्षा गर्न नसक्ने नेतृत्वबाट राष्ट्रहितको वृहत्तर दायित्व पूरा हुनेमा आशङ्का उत्पन्न हुनु स्वाभाविक हो र, यो पाटोलाई मैले गम्भीर ढङ्गले आत्मसात गरेको छु ।

 

त्यसैले प्रतिनिधिसभाको सदस्य पदबाट राजीनामा दिएर एक जिम्मेवार नागरिकका रूपमा जनहितको संरक्षण गर्न सक्रिय हुनु मेरो मूल कर्तव्य बनेको छ ।

मधेसमा काङ्ग्रेसको प्रतिष्ठा र छवि रक्षा गर्दै ह्रासोन्मुख जनआस्था र विश्वास पुनर्स्थापना गर्न नागरिकको हैसियतमा मेरो भूमिका उपयोगी हुने भएकोले महामानव बीपी कोइरालाको स्मृति दिवसका दिन आजै प्रतिनिधिसभा सदस्य पदबाट राजीनामा गर्दछु ।

 

मेरो राजीनामालाई एउटा निष्ठावान र जिम्मेवार कार्यकर्ताको बाध्यकारी निर्णयका रूपमा ग्रहण गर्दै तत्काल स्वीकृत गरिदिनुहुनेछ भन्ने विश्वास लिएको छु । जय नेपाल !

 

डा. अमरेश कुमार सिंह
प्रतिनिधिसभा सदस्य
क्षेत्र नं. ४, सर्लाही

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

समाज

रुङ्गटा वेलफेयर सोसाइटीको सहयोगमा छपकैया स्थित  केन्द्रमा वाटर फिल्टर कूलर जडान

वीरगंज । वीरगञ्ज महानगरपालिका–छपकैया–२ स्थित सामुदायिक प्रहरी सेवा केन्द्रमा वाटर फिल्टर कूलर जडान  गरिएको छ ।

शिक्षिका मेनुका बुढाथोकीको बाघमोर्चामा अन्त्येष्टी, ठोरी गाउँपालिका शोकमा

वीरगंज । ज्ञान ज्योति माध्यमिक विद्यालय ध्याडडाकी शिक्षिका मेनुका बुढाथोकीको पार्थिव शरीर ठोरी गाउँपालिका बाघमोर्चा मा धार्मिक विधिअनुसार आइतवार विहान साढे आठ बजे अन्त्येष्टि गरिएको छ ।

खेलकुद

गोलबजार मेयर गोल्ड कप चैत तेस्रो सातादेखि, बिजेताले ४ लाख ४४ हजार ४ सय ४४ रुपैया पुरस्कार पाउने

गोबजार ।  नवौँ संस्करणको मेयर गोल्ड कप फुटबल प्रतियोगिता चैत २३ देखि २९ गतेसम्म सञ्चालन हुने भएको छ । गोलबजार नगरपालिकाले पत्रकार सम्मेलनमार्फत प्रतियोगिताको तालिका सार्वजनिक गरेको हो ।

वीरगञ्ज प्रिमियर लिगको तेस्रो संस्करणको ट्रफि सार्वजनिक

वीरगन्ज । वीरगञ्जमा ‘टिम आदर्शनगर’ को आयोजनामा हुने वीरगञ्ज प्रिमियर लिगको तेस्रो संस्करण (बीपीएल–३) ट्रफी सार्वजनिक गरिएको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.