logo

प्रधानमन्त्रीको बक्तब्यमा एमाले सचिव भट्टराईका १२ टिप्पणी

      २०७८ माघ ११ गते ०३: ३२ मा प्रकाशित     2118   पटक पढिएको
प्रधानमन्त्री शेरबहादुर देउवाले राष्ट्रका नाममा हिजो गरेको सम्बोधन शुरुदेखि अन्त्यसम्म पढ्दा र सुन्दा सरकार कोमामा रहेको विरामीको अवस्थामा पुगेको आभाष भयो । प्राण र उत्साहा नभएको वक्तव्य त्यसमाथी पनि कोरोना तेस्रोलहरले पुरै नागरिकलाई लपेटी रहेको र अबको केहि हप्ता अत्यन्तै भयावह अवस्था सिर्जना हुने प्रक्षेपण भईरहको सन्दर्भमा त्यसबाट आफ्ना नागरिकहरुलाई जोगाउनु, त्यसको असरका बिच अर्थतन्त्र र समाजिक जीवनलाई निरन्तरता दिने सन्दर्भमा वत्तव्य पुरै निराशाजनक रहेको छ । सरकारबाट आश गरेर होईन आफ्नै सक्रियता र पहलवाट आफ्नो ज्यानको रक्षा गर्नु बाहेक नागरिकसंग अर्को उपाय रहेन् ।
१. माघ ७ गतेवाट सार्वजनिक स्थलमा खोप कार्ड अनिर्वाय भनि आदेश जारी गर्ने सरकारले अहिले पनि ६०% नागरिकलाई खोप दिन सकेको छैन् । खोप–खोप र खोप भन्दै सत्तारोहण भएका प्रधानमन्त्रीले पौष सम्म दुई तिहाइलाई र चैत्र सम्ममा सबैलाई खोप दिन उहाँकै पूर्व घोषणा हावाखान पुगेको छ र आजको वक्तव्यमा त्यसको विश्वाशिलो आधार केही देखिदैन। बुस्टर डोज त झन कहिले सबैले पाउने हुन् अत्तोपत्तो छैन् ।
२. अहिले सम्म १८ वर्ष मुनिका वालवालिका मध्ये अधिकाशं खोप पाएर स्कूल कलेज शुचारु हुनुपर्नेमा त्यो शुरसार छैन् । त्यस उमेर समुहकालागी खोपको प्रबन्ध गर्ने कुनै कार्ययोजना छैन ।
३. प्रत्येक दिन ५ लाख व्यक्तिलाई खोप लगाउने घोषणा गरेको सरकारले मुस्किलले २ लाख पनि पुरा गर्न सकेको छैन् । खोप केन्द्रमा देखिएको भिडभाडले खोप केन्द्र संक्रमणको थलो बनी रहेका छन । खोप केन्द्रको बिस्तार गर्ने, नागरिकहरुलाई सहज र सरल ढंगले खोपप्राप्त गर्ने वातावारण बनाउने र बृद्धबृद्धा, गर्भवती महिला, बालबालिका, अपाङ्ग, र अशक्तहरुलाई घर–घरमै खोप सेवा पुर्याउने कार्ययोजना प्रधानमन्त्रीको वक्तव्यमा छैन ।
४. खोपको गुणस्तरियता, भण्डारण व्यवस्था, आपूर्ति व्यवस्थाका बारेमा विज्ञहरुबाट पट्क पट्क प्रश्न उठदै आएको छ त्यसको चित्तबुझ्दो जवाफ र योजना सुन्न पाईएन्न । गायव २४ लाख डोजको खोजिनिती गर्ने र गल्ती गर्नलाई कार्वाही गर्ने कुरा त झन छदैछन् । थप २० लाख डोज खोपको अभिलेख नै छैन ।
५. तेस्रो लहरमा आजका दिनमा करिब एकहजार स्वास्थ्यकर्मीहरु स्वयम सक्रमित भएका छन्। यो संख्या प्रत्येक दिन थपिंदै जानेछ । उनीहरुलाई उपचार गरी काममा फर्काउन, थप स्वास्थ्यकर्मीलाई संक्रमित हुनबाट जोगाउन, उनीहरुले पाउनु पर्ने जोखिम भत्ता उपलब्ध गराउन, स्वास्थ्यकर्मीहरुको मनोबल बढाउन र प्रयाप्त मात्रामा जनशक्तिको व्यवस्थामा कुनै योजना र प्रतिवद्धता प्रधानमन्त्रीको वक्तव्यमा देखिएन्
६. स्वास्थ्य जनशक्तिको थप प्रवन्ध र स्वास्थ्य पुर्वाधारमा कतै पनि प्रतिवद्धता देखिएन् । उल्टै अधिल्लो सरकारले बिनियोजन गरेको बजेट कटौती गरिएको छ ।
७. लाखौँ नागरिकले पाउनु पर्ने कोरोना बीमा बापतको रकम विमितहरुले कहिले पाउँछन? एक शब्द पनि बोलिएको छैन् ।
८. ट्रेसिङ, टेस्टिङ्, आईसोलेस, होल्डीङ, ट्रिट्मेन्ट जस्ता अनिवार्य दायित्वबाट सरकार भागिसकेको छ ।
९. कोरोनाबाट उत्पन्न नकारात्मक परिस्थितिबाट मुलुकको अर्थतन्त्रलाई कसरी जोगाउने र बैकल्पिक रोजगारीका माध्यमवाट तल्लो वर्गलाई रोजी–रोटीबाट बन्चीत हुन नदिने भन्ने बारेमा कुनै भरपर्दो योजना नै छैन् ।
१०. आजसम्म पिसिआर टेस्ट र उपचारमा मात्र नागरिकको तर्फबाट अरर्वौ अरब पैसा खर्च भैसकेको छ । अब सर्वसाधारणको खल्ती रित्तो भैसक्यो । संक्रमण र महामारीमा सरकारले खर्चको दायित्व वोक्नु पर्छ तर प्रधानमन्त्रीलेले कोरोनाको टेष्ट र उपचार निशुल्क गर्नु पर्ने संवैधानिक दायित्वलाई पुरै वेवास्था गर्नु भएकोछ ।
११. कोरोनाको बारेमा विज्ञहरुको राय अनुसार चल्ने, अध्ययन अनुसन्धान गर्ने , राजनीतिक समन्वय र परिचालन गर्ने, तिन तहका सरकारबिचमा कार्यमुलक सम्बन्ध स्थिापीत गर्ने र आम जनतालाई विश्वासमा लिने सवालमा सरकार पुरै असफल साबित भएको छ ।
१२. प्रधानमन्त्रीको वक्तव्यले थप लाजको पसारो भएको छ । यो बक्तब्य सरकार पुर्णत असफल भएको स्वयमको घोषण हो ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

हैदराबाद–बेंगलुरु जाँदै गरेको बसमा आगलागी, कम्तीमा २१ जनाको मृत्यु

वीरगंज ।  हैदराबादबाट बेंगलुरु जाँदै गरेको एक एयर–कन्डिसन्ड स्लीपर बसमा शुक्रबार बिहान आगलागी हुँदा २१ जनाको जलेर मृत्यु भएको र केही अन्य यात्रु घाइते भएका छन्। दुर्घटना कुर्नुल जिल्लाको चिन्नेतेकुरु गाउँ नजिकै राष्ट्रिय राजमार्ग ४४ मा बिहान करिब २ः ४५ बजे भएको हो।

तामिलनाडु भागदौडमा ३९ जनाको ज्यान गयो,प्रति परिवारलाई ३२ लाख राहत दिइने

नयाँ दिल्ली। शनिबार तमिलनाडुको करूरमा अभिनेता–नेता विजयको र्‍यालीमा भादौड मच्चिदा ३९ जनाको ज्यान गएको  छ ।  १ सय  भन्दा बढी घाइते भएका छन, जसको  उपचार बिभिन्न अस्पतालमा भइरहेको छ।

समाज

धनुषामा भएको घटनाको असर वीरगंजमा,सुरक्षा सर्तकर्ता बढाइयो

वीरगंज । टिकटकमा एकअर्काको धर्म–संस्कृतिलाई लक्षित गरी गरिएको अभद्र टिप्पणीका कारण मधेश प्रदेशमा तनाव बढेको छ। धनुषामा सुरु भएको घटनाको असर पर्साको वीरगञ्जसम्म देखिएको छ।

मानव सेवा आश्रमले दिएको सेवा समाजकालागि निकै अनुकरणीय रहेको छः मन्त्री पटेल

वीरगञ्ज । मधेस प्रदेशका भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री श्याम पटेलले मानव सेवा आश्रमले दिएको सेवा समाजकालागि निकै अनुकरणीय रहेको बताएका छन ।

खेलकुद

एनपीएल सिजन–२ ,काठमाडौँ गोर्खाजको विजयी सुरुआत

काठमाडौं । दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट मा काठमाडौँ गोर्खाजले विजयी सुरुआत गरेको छ। जनकपुर बोल्ट्सले दिएको १३१ रनको लक्ष्य काठमाडौँले १८ ओभरमै ५ विकेट गुमाउँदै पूरा गर्‍यो।

ठोरी गोल्डकप–२०८२ ट्राइबेकरमा आयोजक प्रतिभा युवा क्लबको विजयी ,‘चौधरी म्यान अफ द म्याच’ र ‘बेस्ट किपर’ घोषित

ठोरी । स्व. रामबहादुर श्रेष्ठको स्मृतिमा आयोजित चौथो ठोरी गोल्डकप–२०८२ को उपाधि आयोजक प्रतिभा युवा क्लब, बिजयबस्तीले हात पारेको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.